Friday, April 17, 2015

२०७१ - मधेश राजनितीको अलमलमा वितेको बर्ष


 
विस २०७१ को सुरुमै मधेशी पार्टीहरुको नेतृत्वमा व्यापक अन्योलता थियो । जुन २०७२ मा आई पुग्दा पनि घटनु भन्दा झनै वढेको देखिन्छन । २०७० को मंसीरमा भएको दोस्रो संविद्यानसभामा नराम्ररी पराजय भोगे पछि मधेशी नेतृत्वहरु तिरमिराएका थिए, पार्टीहरुमा दोस्रो तहका र युवा पंक्तिहरु माझ रहेको व्यापक अन्तिुष्टि सतहमा आउने खतरा पलाएको थियो । त्यही भएर होला विजय गच्छदार वाहेकका मधेशी नेतृत्वहरु पार्टी एकिकरणको नाममा आफना नेता कार्यकर्तालाई भुलाई राखे भने गच्छदार केही महिनाका लागी मौन व्रत बसे । 
 
२०७१ को सुरुवात संगै मधेशी पार्टीहरु विच एकिकरण नहुने कुराको स्विकारोक्ति मधेशी नेतृत्वहरु वाटै हुन थाले र सुरु भयो विकल्पको खाजीमा के गर्ने भनेर । कतिपयले नभए तत्कालै मधेशी पार्टीहरु मोर्चा बनाउन पनि सुझाए तर त्यो त्यती वेलै साकारमा आएन । वरु असारको दोस्रो हप्तामा गच्छदार सहितका केही प्रमुख मधेशी पार्टीहरु र एमाओवादी विच मोर्चाबन्दीको घोषणा भयो ।

 
दोस्रो संविद्यानसभामा नराम्ररी पराजय व्योहोरेका मधेशी पार्टीहरुले समानुपातिकमा गरेको सिफरिसले पुरै मधेशलाई थप आक्रोश तुल्याउने वाहेक अरु केही गरेका थिएन  । मधेशी नेतृत्वहरुको ईमान्द्यारिता नराम्ररी छतातुल्ल गरिएको समानुपातिक प्रकरणले फोरम नेपालमा सार्वजनिक गाली गलौचकै वातावरण सम्म सिर्जना गर्न पुग्यो भने महन्थ ठाकुरको इमान्दारिताको ताजलाई राम्ररी उजागर गर्यो । राजेन्द्र महतो परिवारिक चपेटमा नराम्ररी फस्न पुगे ।

यही परिपेक्ष्यमा भएको एमाओवादी संगको मोर्चाबन्दीले  े मधेशी पार्टीहरुको वारेमा मधेश मै कतिपय ठाउमा आफुहरु विच एकिकरण गर्न नसकेको भन्दै र एमाओवादी संग गएको भन्दै आलोचना पनि भयो । तर केही पछि मंसीर ८ गते आएर मधेशी पार्टीहरुले मधेशी मोर्चालाई पुर्न जिवीत गरे । मधेशी मोर्चाको पुर्नगठन भएको घोषण गरिएको औपचारिक विज्ञप्तिमा उल्लेख गरिएको कि संघियता सहितको नयां संविद्यान नआए सम्म मधेशी मोर्चाका घटकहरु सरकारमा सहभागी हुने छैन भनेर ।
 
मधेशी पार्टीहरु भित्र यी र यस्ता गतिविधी एकता तिर चलीरहदा सदभावना पार्टीका उपाध्यक्ष समेत रहेका सभासद संजय साह २०७१ को पहिलो महिना मै जनकपुर बमकाण्डको अभियोगमा पक्राउ परे । मधेश क्षेत्रमा सक्रिय सशस्त्र समुहहरुको कतिपय नाईकेहरु धमाधम पक्राउ परे पछि संजय साहको पोल खुलेको थियो । जनकपुर क्षेत्रमा नामुद अपराधीको छवी भएका संजय साह जनकपुर बम काण्डमा मुछिए पछि नेपाल वाट भागेर दिल्ली पुगेर लुकी छिपी बस्न थालेका थिए । तर प्रहरीकोे उच्च अपरेशनका कारण उनलाई दिल्लीवाट नेपाल प्रहरीले समातेर जनकपुरमा सार्वजनिक गरे ।
 
वडो अनौठौ संयोग मान्नु पर्छ एउटा कुख्यात अपराधी जसले मधेश राजनितीमा दबदबा बनाईसकेका थिए, उनको यही बर्ष मधेश राजनितीवाट पतन भए । अर्को तर्फ अमेरिका वाट पढेर आएर प्रख्यात वैज्ञानिक सिके राउतको अघोषीत रुपमा मधेश राजनितीमा उदय भयो । 
 
गएको भदौमा राउतलाई प्रहरीले मोरडवाट पक्राउ गरे पछि उनी मधेश राजनितीको क्षेत्रमा उच्च चर्चाको बिषय बन्न पुगे । राउतलाई प्रहरीले पक्राउ गरेर राज्य विपल्लवको मुद्धामा लगाएका छन । मंसीर पहिलो साता धरौटिमा रिहा भएका राउत अहिले मधेशका जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन । 
सिके राउत प्रकरणको चर्चा र मधेशी मोर्चा पुर्नजीवित भएको समाचार पनि यो बर्ष मधेश राजनितीको क्षेत्रमा व्यापकता पायो । विशेष गरी एमाले अध्यक्ष ओली संगको विशेष लन्च मिटिंगले मोर्चा सरकारमा जाने थालेको आकंलन राजनिती वृतमा छायो । तर मोर्चाले औपचारिक रुपमै नयां संविद्यान जारी नभए सम्म आफुहरु सरकारमा नजाने घोषणा गरे ।
 
सम्रगमा सन २०७१ को मधेश राजनिती सुरु देखि नै अलमलमा तिवेको देखिन्छ । तर पनि संजय साहको पतन भएको केही महिना पश्चात सिके राउतको उदयले एउटा तप्का उत्साहित भएको देखियो । जो तप्का मधेश राजनितीमा विकल्पको खाजीमा थियो । यद्यपी तत्कालै राउत पनि मधेशी पार्टीहरुको विकल्पमा मधेशी शक्तिको रुप्मा आफुलाई उभ्याउन साम्र्थय राख्दैनन ।
 
मधेशी नेतृत्वहरु माथी सन २०७१ को पुर्व सन्धयामै लागेको संक्रमण यो बर्ष भरी उत्कर्ष मै पुगेको देखिए । बर्षको अन्त तिर केही थप नाकारात्मक माहौल देखिए पछि मधेश राजनिती थप अन्योल ग्रस्त हुन पुगेका छन । खासगरी एमाओवादी संग आन्द्योलनमा होमिएको मधेशी मोर्चा र प्रचण्ड विच खटपट हुन थाले पछि । २०७१ को चैतमा संयुक्त रुपमा घोषणा गरिएको बन्द मधेशी पार्टीहरु चाहना विपरित प्रचण्डले फिर्ता लिए पछि मधेशी पार्टीहरु विच नाया तरड उत्पन्न गराई दिएको छ । मधेशी पार्टीहरुको विचमा समेत यसले तीव्र ध्रवीकरणको वातावरण बनाई दिएको देखिन्छ । उपेन्द्र यादव र राजेन्द्र महतो मधेशी पार्टीहरु छुटै आन्द्योलनमा होमिनु पर्छ भनेर लागी रहेका भने एकता तिर अन्य मधेशी पार्टीहरु मौन देखिन्छन ।
 
तर जानकारहरुको बुझाई वर्तमान मधेशी नेतृत्वहरु प्रति तीव्र असन्तुष्ट रहेको मधेशी समुदाय नयां नेतृत्व सहितको विकल्पको खाजीमा भौतारिरहेको छ । जुन अझै केही समय सम्म जारी नै रहने छ ।

No comments:

Post a Comment