Wednesday, April 15, 2015

सदभावनाको २५ बर्षे नालीबेली

३ बैशाख मा सदभावना पार्टीको २५ औ बार्षीकोत्सव 



सदभावना पार्टीका मुख्य संस्थापकहरु गजेन्द्र नारायण सिंह, रामजनतिवारी, श्यामलाल मिश्रा र रामचन्द्र मिश्रा



०४७ सालमा गठन हुन भन्दा पहिला नै सदभावना पार्टी सदभावना परिषदको रुपमा सक्रिय थिए । सदभावना परिषद मुख्य गरी हर्क गुरुडको रिर्पोटको विरोधमा ०४० सालमा स्थापना गरिएको थियो । रिर्पोटको कार्यन्यवयन हुन नदिने उदेश्यका साथ तत्कालिन काग्रेसमा सक्रिय नेताहरु गजेन्द्र नारायण सिंह, रामजनम तीवारी, श्यामलाल मिश्रा लगायतका नेताहरुले काग्रेस परित्याग गरेर सदभावना परिषद नामक अभियानकारी संस्थाको स्थापना गरेका थिए ।
 
०४६ मा प्रजातन्त्र आए संगै मधेशीहरुको नागरिकताको सवालमा काठमाडौमा विरोध रयाली गरेर चर्चा कमाएका सदभावना पार्टी पहिलो निर्वाचन ०४७ मा ६ सिट हाथ पारेका थिए । प्रतिनिधी सभाको कुल सिट २०५ मध्ये ६ सिट मा एउटा सप्तरीवाट र अरु नवलपरासी, रुपन्देही र कपिवस्तूवाट जितेका थिए सदभावनाले । सप्तरीवाट अध्यक्ष गजेन्द्र नारायण सिंह जितेका थिए । त्यस लगत्तै भएको स्थानिय निर्वाचनमा सदभावना पार्टी सप्तरीको राजविराज नगरपालिकाको मेयर सहित सवै पदहरु हत्याएका थिए । तर त्यस पछि भएको दोस्रो प्रतिनिधीसभाको चुनावमा सदभावनाले जम्मा ३ सिट जित हाथ पारे । कारण थियो निर्वाचन पुर्व नै सदभावना भित्र विग्रह देखियो र अन्तोगत्वा विभाजन हुन पुगे सदभावना पार्टी । विभाजनको कारण थियो सदभावनाले राष्टिय सभामा मनोनितमा पाएको १ सिटको मनोयन । तराई काग्रेसको महासचिव भएर पनि धेरै जुनियर गजेन्द्र नारायण सिंहलाई अध्यक्ष बनाएका रामजनम तिवारीलाई सिंहले अवमुल्यन गर्दै त्याहा रामेश्वर राय यादवलाई मनोनित गर्नु नै विभाजनको मुख्य कारण थियो ।

सिंहले राष्टियसभामा यादवलाई मनोनित गरेपछि राम जनम तिवारीको नेतृत्वमा नेपाल सदभावना पार्टी आर गठन गरियो । जसमा मुख्य गरी श्यामलाल मिश्रा, महानन्द ठाकुर, भाग्य नाथ गुप्ता लगायतका नेताहरु थिए । यही फुटको असरले होला दोस्रो प्रतिनिधीसभाको लागी भएको निर्वाचनमा सदभावना पार्टी ३ सिटमा खुम्चिन पुगे । तर त्यो फुटले नेताहरुमा चेत आएन वरु निर्वाचन लगत्तै फेरी सदभावना फुटन गयो ।
दोस्रो प्रतिनिधीसभाको निर्वाचन लगत्तै सार्वजनिक लेखा समितीको अध्यक्ष बन्ने दाउमा हृदेश त्रिपाठीले रामेश्वर रायको अगुवाई गरेर सदभावना पार्टी फोडन पुगे । पार्टी फुटे लगतै त्रिपाठी सार्वजनिक लेखा समितीको सभापति भए । नेपाल समाजवादी दल नाम दिएको उक्त पार्टीको अध्यक्ष रामेश्वर राय यादव थिए भने महासचिव त्रिपाठी र प्रवक्तामा राजेन्द्र महतो ।

 दोस्रो प्रतिनिधी सभाको अन्ततिर फेरी आउदा आउदै त्रिपाठी सहित उक्त समुह सिंहसंग पार्टी एकिकरण गरेर सदभावना मै फर्केको देखिन्छ र तेस्रो प्रतिनिधी सभाको निर्वाचनमा सदभावना पार्टीले फेरी ५ ओटा हाथ पार्यो । तेस्रो प्रतिनिधी सभामा राम्रै सिट हाथ पारे पनि सदभावना पार्टी त्याहा लागातार आरालो लागेको देखिन्छ । ०५८ मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले कदमको केही महिना नबित्दै गजेन्द्र नारायण सिंहको निधन हुन गयो । ०५८ माघ १० गते सिंहको निधन पश्चात तत्कालिन अवस्थामा बद्री मंडल राजाको कदमको स्वागत गरे भने भरत विमल यादवहरु सात दलीय आन्दोलनमा होमिए ।
 
बद्री मंडल राजाको तत्कालिन कदमको स्वागत गरेर मन्त्री भएपछि सदभावना पार्टीमा विवाद चुलियो र पार्टीको महाधिवेशन राजविराजमा डाकियो । ०५९ सालमा भएको राजविराज महाधिवेशनले गजेन्द्र नारायण सिंहकी वयोवृद्ध पत्नी आन्नदीदेवी सिंहलाई सदभावनाको अध्यक्ष बनाउदै सात दलीय आन्दोलनमा होमिने निर्णय गरियो । त्यही महाधिवेशन स्थलवाटै बद्री मंडल पार्टीवाट अलग भएर छुटै सदभावना पार्टीको गठन गरे जसलाई लक्ष्मणलाल कर्ण लगायतका केही नेताहरुले धाप दिएका थिए । आनन्दी देवीको तर्फवाट सात दलमा सहभागी भए भरतविमल यादव ।
 
दोस्रो लोकतान्त्रिक आन्दोलन आन्दोलन सफल भएसंग बद्री मंडल पार्टीवाट राजिनामा दिएर निस्क्रिय भएका लक्ष्मण लाल कर्णहरुले पार्टी एकिकरणको प्रस्ताव गरे ।
 
यता दोस्रो जनआन्दोलत पछि सदभावना वाट हृदेश त्रिपाठी हुदै राजेन्द्र महतोले मन्त्री पडकाई सकेका थिए । जनआन्दोलन लगतैको सरकारमा त्रिपाठी मन्त्री भएका थिए भने उनले पहिलो मधेश आन्दोलनको क्रममा राजिनामा दिए । त्यस पछि आन्नदी देवीको सिफरिसमा राजेन्द्र महतो मन्त्री बन्न भ्याए । मन्त्री भएका कारण तत्कालिन अवस्थामा महतो केही शक्तिशाली देखिएका थिए र उनले नै एकिकरणको प्रक्रिया अघि वढाए जसको विरोधमा उत्रिए सदभावनाका केही प्रमुख नेताहरु ।
 
त्रिपाठी, भरत विमल यादव, श्याम सुन्दर गुप्ता लगायतका नेताहरु राजाको पक्षमा लागेकाहरु संग पार्टी एकिकरण नगर्ने अडान लिए । केही प्रमुख नेताहरुको अडानको वावजुद महतोले आनन्दीदेवीको  हस्ताक्षर गराएर एकिकरणको निर्णय गराउन पुगे । र विशेष महाधिवेशनको विरगंजमा आव्हान गरे । जुन महाधिवेशनलाई त्रिपाठी, भरतविमल यादव, श्याम सुन्दर गुप्ता लगायतका नेताहरुले वहिष्कार गरे । विरगंज महाधिवेशनले राजेन्द्र महतो अध्यक्ष भएर आए भने त्रिपाठी र भरत विमल यादव सदभावनाको राजनितीवाट टाढिए । श्यामसुन्दर गुप्ता भने निर्वाचन आयोगमा उजुरी लिएर गए । निर्वाचन आयोगले महतोले दाबी गरेको बहुमत लाई सशरीर उपस्थित हुन निर्देशन गरे । निर्वाचन आयोगमा महतोले बहुमत केन्द्रीय सदस्यहरुलाई उपस्थिती गराउन नसके पछि उनी मन्त्रीवाट राजिनामा दिएर छुटै सदभावना पार्टीको गठन गरे । आयोगले श्याम सुन्दर गुप्तालाई वैद्यानिकता दिए । पार्टीको वैद्यानिकता पाए संगै सदभावनाको तर्फ वाट श्याम सुन्दर गुप्ता मन्त्री हुन गए । अध्यक्ष चाही आनन्दीदेवी नै थिए ।
 
राजेन्द्र महतो छुटै सदभावना पार्टी बनाएर जसमा अनिल झा, लक्ष्मण लाल कर्णहरु सहभागी भए । यता गुप्ताको साथमा खुशीलाल मंडल, सरीता गिरी, देवेन्द्र मिश्र लगायतका नेताहरु थिए । त्रिपाठी तमलोपा तिर लागे भने भरतविमल यादव राजनितीवाट निस्क्रििय भए ।
 
पहिलो संविद्यानसभाको निर्वाचन लगतै गुप्ता, खुशीलाल मंडल र सरिता गिरी विच झगडा सुरु भयो । विवाद चर्किदै गए पछि श्याम सुन्दर गुप्ता, खुशीलाल मंडल र सरीता गिरीले १ महिनाकै अवद्यीमा छुटा छुटै महाधिवेशन गरेर नया नया पार्टी बनाएर अधिकारिकताका लागी निर्वाचन ओयोग देखि अदालत सम्म पुगे । गुप्ताले रुपन्देहीमा, मंडलले जनकपुरमा र गिरीले लहानमा महाधिवेशन गरेका थिए ।
 
त्यस पछि पनि गुप्ता संग रहेका देवेन्द्र मिश्र लगायतहरुले उनी विरुद्ध लागे भने सरिता गिरी संग रहेका विकास तिवारी छुटै फेरी सदभावना पार्टी खोले । मंडल चाही विस्तारै राजनितीवाट अल्लगीए ।
यता मन्त्री बन्ने किचलो ले पहिलो संविद्यानसभामा राम्रो हैसियत बनाएका राजेन्द्र महतोको सदभावना पनि दुई पटक विभाजन हुन गयो । अनिल झा र राम नरेश रायले मन्त्री बन्ने लोभमै छुटा छुटै सदभावना पार्टी बनाउन तिर लागे ।
 
यसरी टुक्रा टुक्रामा विभाजित भएको सदभावना पार्टी अहिले ससना गुट उपगुटमा समिती छ । राजेन्द्र महतो, राम नरेश राय, सरीता गिरी, विकास तिवारी, भाष्कर गुप्ता र अनिल झाको नेतृत्वमा अहिले पनि ६ ओटा सदभावना पार्टी कुनै न कुनै रुपमा अस्तीत्वमा देखिन्छ ।
 
हालै अनिल झा र सरीता गिरी नेतृत्व विचको सदभावना पार्टी विच एकिकरण पनि भएको छ । जुन वर्तमान सन्दर्भमा कतिपय फलदायी होला त्यो अहिले नै भन्न सकिन्न ? यद्यपी अहिले पनि राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले नै मुख्यगरी सदभावनाको विरो थामेको देखिन्छ । तर यसमा पनि व्यापक सुधारको खाचो छ ।

No comments:

Post a Comment