Sunday, April 5, 2015

संघियताको सकसमा मधेश


 
संघियताको मुद्धामा अवरुद्ध राजनिती गतिरोधको सवै भन्दा सकसपुर्ण अवस्था तराई मधेशका जिल्लाहमा देख्न पाईन्छ । सतारुढ दलहरुको संघियता सम्बन्धी अवधारणालाई अस्वीकार गर्ने मधेशी पार्टीहरुको कदममा एमाओवादी मिसिए पछि यसले थप वातावरणलाई तताई दिएको छ । पछिल्लो समयमा एमाओवादी तथा मधेशी पार्टीहरुको मोर्चाले आन्दोलन स्वरुप विभिन्न विरोध कार्यक्रमहरु गर्न थाले पछि त झनै मधेशमा माहौल अर्कौ देखिन्छ । तराई मधेशका जिल्लहरुमा मधेशी पार्टीहरु तथा एमाओवादी नेताहरु आन्द्योलन वाहेक अरु कुरा गर्न रुचाउदैनन भने काग्रेस एमालेका मधेशी स्थानिय नेताहरु उनीहरु कुराहरुमा मुसु मुसु मुस्कुराई रहेको देखिन्छन । पहाडी समुदायका मानिसहरु खिन्न देखिन्छन ।


संघियताको सकस



द्योस्रो संविद्यानसभाको पहिलो निर्धारित मितीमा प्रमुख दलहरु विच विवादित देखिएका मुख्य वुद्धा थिए संघियता र संघियतामा पनि तराई मधेशका पांच जिल्लाहरु भ्mापा, मोरड, सुनसरी र कैलाली कन्चनपुर । सतारुढ दलहरु काग्रेस एमाले यी र्पाच जिल्लालाई पहाडसंग जोडने प्रस्तावमा अडिग छन भने मधेशी पार्टीहरु तराई मधेशका यी पांच जिल्ललालाई मधेश प्रदेशमै राख्नु पर्ने अडानमा छन । एमाओवादी अहिले सम्म मधेशी पार्टीहरुकै वटम लाईनमा देखिन्छन । विपक्षीदलहरुको सन्दर्भमा केन्द्रमा देखिएको यो अवस्था जिल्लागत रुपमा पनि यही अवस्था देखिन्छ । तर सतारुढ दलहरुको हकमा अली फरक देखिन्छन । काग्रेस एमालेमा लागेका स्थानिय मधेशी नेताहरु मधेशी पार्टीहरुको लाईन संग मिल्दो जुल्दो कुरा गर्छन भने पहाडी समुदायका नेताहरुले सतारुढ पार्टीहरुको वटम लाईनको अनुसार ।
 
एमओवादी मोरडका अध्यक्ष गोपी अछामी भन्छन, पहाडी समुदायको साथीहरु माझ एमओवादी भित्र पनि फरक मत चाही नदेखिएका होईन, तर हामी पार्टी पछिल्लो केन्द्रीय निती अनुसार मधेशी पार्टीहरु संग एक स्वरमा बोली रहेका छौ । एमाओवादीले पुर्वका झापा, मोरड र सुनसरीलाई कोचिला प्रदेशको रुपमा पार्टी भित्र संरचना विकास गरेका थिए र संघियतामा पनि त्यही अवधारणा अघि सारेका थिए ।
 
एमाओवादी नेता अछामी भन्छन, तर दोस्रो संविद्यानसभामा मधेशी पार्टीहरु संग बनेको गठवन्धन संगै पार्टीले अख्तीयार गरेको नितीमा पार्टीको स्थानिय संरचना पुर्ण रुपमा प्रतिवद्ध छन, र हामी त्यही अनुरुप मधेशी पार्टीहरुका सार्थीहरु संग आन्द्योलनमा हाथो मालो गर्दै अघि वढीरहेका छौ ।
 
मधेशी जनअधिकार फोरम नेपालका मोरडवाट प्रतिनिधित्व गर्ने एक जना प्रभावशाली केन्द्रिय सदस्य जयराम यादव भन्छन, संघियताको सन्दर्भमा विवादमा देखिएका पांच जिल्लहरुको सन्दर्भमा स्थानिय स्तरमा काग्रेस एमाले संग पनि छलफलहरु चाही चलीरहेको तर त्याहा प्रष्ट रुपमा दुई धार देखिने गरेको छ । यादव भन्छन, काग्रेस, एमालेका मधेशी सार्थीहरुले छुटै भेटघाट हुदा आन्दोलनलाई अघि वढाउन समेत हौसाउने गर्छन । तर पहाडी साथीहरुले हामीलाइ सम्झाउने प्रयास गर्ने गरेको देखिन्छ ।
 
जय प्रकाश गुप्ता नेतृत्वको तराई मधेश राष्टिय अभियानका मोरड संयोजक सलीम अन्सारीको बुझाई फोरम नेपालका नेता यादव र एमाओवादी नेता अछामी भन्दा अली फरक छन । अन्सारीका अनुसार, काग्रेस एमालेका पहाडी नेताहरु प्रतिकारको तयारीमा जुटेका छन । उनी भन्छन, मधेशमा संघियताको लागी एक चोटी फेरी आन्द्योलनको स’निश्चितता देखिसकेका याहाका पहाडी समुदायहरु त्यसको प्रतिकार कसरी गर्ने वारेमा तयारी गर्दै छन, जसमा स्थानिय प्रहरी प्रशासन देखि काग्रेस, एमालेका केही वरिष्ठ नेताहको खुलायाम समर्थन देखिन्छन ।  पहिलो मधेश आन्द्योलनताका विराटनगरमा युवा आन्दोलनकारीको रुपमा चर्चीत अन्सारी भन्छन, पहिलो मधेश आन्द्योलनमा पनि त्यही भएको थियो । याहाका पहाडी समुदायहरुका एउटा जमातले त हामीलाई आन्दोलन गर्ने भनेर लखेटेकै हुन , फेरी पनि त्यही हुने वाला छ, उनी भन्छन ।
 
पुर्वका झापा, मोरड र सुनसरी लाई पुर्वका अन्य कयौन जातीय संगगठनहरुले समेत आ आफनै रुपमा संघियताको खाकामा प्रस्तुत गर्ने गर्छन भने पश्चिमका कैलाली कन्चनपुरलाई अखण्ड सुदुर पश्चिमको रुपमा छुटै व्याख्या गर्ने गरेको पाईन्छ ।
 
पछिल्लो समयमा झापा, मोरड र सुनसरी बचाउ संघर्ष अभियान थालेका सदभावना पार्टीका केन्द्रिय प्रवक्ता संतोष मेहता पुर्वको तीन जिल्लाका लागी त्यस्तो कुनै विवाद अव नरहेको दाबी गर्छन । मेहताका अनुसार पुर्व तीन जिल्लाहरुलाई विभिन्न जातीय प्रदेश बनाउने घोषणा गरेका सवै संगठनहरु पछिल्लो समयमा पुर्वका युवा मधेशी नेताहरुले थालको अभियानमा समर्थन जनाई सकेको छ । झापा, मोरड, सुनसरीलाई मधेश प्रदेश मै राख्नु पर्ने धारणा पुर्वका १७ ओटा विभिन्न जातीय संगठनहरुले लिखित रुपमै संघर्ष समितीमा समर्थन जनाएको मेहताको भनाई छ ।
 
झापा, मोरड, सुनसरी बचाउ संघर्ष समितीमा सक्रिय फोरम नेपालका केन्द्रिय सदस्य संजय सिंह भन्छन, काग्रेस, एमाललेको एउटा तप्काको सोचाईका कारण मात्रै संघियतामा समस्या बल्झीरहेको छ । मोरडवाटै प्रतिनिधित्व गर्ने सिंह भन्छन, बर्ष देखि मधेशीहरुको भोटमा केन्द्रमा शासक बनेकाहरु आज मधेश प्रदेशमा बस्न नरुचाउनु नै मुख्य समस्याको जड हो । यो नैतिक रुपले समेत अत्यन्तै ठुलो बईमानी प्रवृति भएको सिंहको भनाई छ । उनी भन्छन, मधेशी भोटले जित्दा लाज नलाग्ने तर मधेश प्रदेशवाट आफु प्रतिनित्वि गर्छु भनेर केही काग्रसी, एमालेका पहाडी नेताहरुलाई पाच्य छैन । मधेशी नागरिकहरु यो कुरालाई स्विकार गर्ने पक्षमा नरहेको सिंहको भनाई छ ।

 

मधेशी नेतृत्वलाई आन्द्योनका लागी दबाब


गएको ८ माघको सेरोफेरोमा दलहरु विच संघियताको पनि विवाद मिल्यो भनेर फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले मिडियामा बोले पछि झापाका नेता गिरी नारायण राजवंशीले सदभावना पार्टीका नेता लक्ष्मण लाल कर्णलाई विराटनगरको विच चौकमा साथीहरु जम्मा गराएर फोन गरे र भने, कर्णज्यू वार्ताहरु तपाई पनि सहभागी हुदै आउनु भएको छ, गच्छदारले हिजो सवै कुरा मिल्न लाग्यो भनेर समाचार आएका छन, यदी संघियतामा तलमाथी भयो भने गच्छदार सहित सबै मधेशी पार्टीहरुका अध्यक्षलाई काठमाडौ वाट मधेश नझर्न सुझाई दिनु होला अन्यथा जे पनि हुन सक्छ । संघियता हाम्रो मुद्धा हो, हामी त्यसलाई आफै सल्टाई लिन्छु ।
 
त्यही कुरा गच्छदारले थाहा पाए पछि आफु विरुद्ध लागेको आशंका मधेशी पार्टीहरु भित्रै गरेका थिए । तर विराटनगरका स्थानिय मधेशी नेताहरुका अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सवै मधेशी पार्टीहरुका अध्यक्ष तथा शिर्ष नेताहरुलाई नझुक्न तथा गलत सहमती गर्न आशयको सन्देश मोबाईल वाट पठाईएको छ । यदी त्यसो गरिए नेतृत्वहरुको विरुद्धमा उत्रिने चेतावनी समेत दिइएको जिल्ला स्तरका नेताहरु बताउछन ।
फोरम नेपाल भित्र प्रभावशाली देखिने नेता जयराम यादव भन्छन, स्थानिय स्तरमा मधेशी नेता, कार्यकर्ता देखि आम मधेशी समुदाय वार कि पारको आन्द्योलन गर्ने मुडमा छन, केन्द्रवाट अहिले भईरहेको गतिविधीलाई झारेटारे भन्ने गर्छन ।
 
लहान स्थित पत्रकार राकेश झाको बुझाई पनि त्यस्तै छ, उनी भन्छन, मधेशी पार्टीहरुका नेतृत्वहरुलाई मधेशी नागरिकहरुले व्यापक आलोचन अझै पनि गर्दै छन तर संघियताको लागी आन्दोलोनमा जानुको विकल्प छैन भन्ने स्वर व्यापक छ ।
 
फोरम नेपालका पर्सा अध्यक्ष प्रदीय यादवले मधेश पुरै आन्द्योलित भईसकेको दाबी गर्छन । उनी भन्छन, तपाई मधेशका सहर देखि गाउ सम्म जाहा जानुस आन्दोलनकै चर्चा हुन्छ ।
 
पर्सा लगायतका मध्य मधेशका जिल्लहरु आन्द्योलनको नेतृत्व गरीरहेका तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलको बुझाई आन्द्योलन विना संघियता सहितको संविद्यान नआउने निश्चित छ । सोनल भन्छन, संघियता सहितको नयां संविद्यान जारी गराउनका लागी पनि आन्द्योलनको विकल्प छैन । मधेशमा वर्तमान सतारुढ गठवन्धन सरकारका पछिल्ला गतिविधीले अत्यन्तै आक्रोश उत्पन्न गराएको सोनलको बुझाई छ । उनी भन्छन, एका तिर संविद्यानमा संघियतालाई बल्झाउनु ठुलो दुश्प्रयास भईरहेको छ भने अर्को तिर प्रहरी प्रशासनको दमन, यी सबैले मधेश आक्रोशको ज्वलाले जलीरहेको छ ।

No comments:

Post a Comment