Thursday, April 23, 2015

विशेष अदालत द्धारा सिके राउतलाई सफाई

पढनुस राउतको पछिल्लो सबै घटनाक्रमहरुको समय विवरण  सहित 


 
 विशेष अदालतल्े सिके राउतलाई राज्य विप्लवको मुद्धामा विहिवार सफाई दिएका छन । सरकारले दाबी गरेको अनुसार राज्य विप्लवको मुद्धामा अथेष्ट प्रमाण नदेखिएको भन्दै अदालतले राउतलाई सफाई दिएको छ । नेपाल सरकारले गएको २२ असोजमा राउत विरुद्ध विशेष अदालतमा राज्य विप्लवको मुद्धा दायर गरेका थिए । गएको भदौ २८ गते मोरड प्रहरीले राउतलाई रंगैली नजिकै एउटा कार्यक्रममा सहभागी भएर फर्किरहेको बेलामा पक्राउ गरेको थियो । मोरड प्रहरीले पक्राउ गरेपछि २ असोजमा उनलाई काठमाडौ ल्याएर विशेष अदालतमा उपस्थित गराएका थिए । विशेष अदालतको पहिलो सुनवाईले राउतलाई ५० हजार धरौटिमा रिहा गर्न आदेश दिएका थिए । तर राउतले धरौटि तिर्न नमाने पछि उनलाई डिल्लीवजार जेल जलान गरिएको थियो । सार्क सम्मेललाई लक्षित  गरेर राउत मंसीर ८ गते धरौटि तिरेर रिहा भएका थिए । रिहा भए पछि काठमाडौ सहित मधेशका अनेकन ठाउमा उनी सभा लगायतका कार्यक्रमहरु गदै आएका थिए । जस क्रममा प्राय जसो ठाउमा प्रहरी संग दोहरो भिडन्त समेत भयो ।

राउत पक्राउ परे पछि कहिले के भयो ?

०७१ भाद्र २८ गते शनिबार    - मोरंगको रंगेली नजिक आमतोलामा आदिवासी संथालहरूको सांस्कृतिक छातामेलालाई प्रमुख अतिथिको रूपमा संबोधन गरेर फर्किने बेलामा राती ७/३० बजे बाटोबाटै प्रहरीद्वारा बिना पक्राऊ पूर्जी गिरफ्तार
   

भाद्र ३१ गते मंगलबार    - जिप्रका मोरंगमा बयान
   
 
असोज २ गते बिहीबार    - काठमाडौं आगमन, विशेष अदालतमा उपस्थित गराइयो
   
 
असोज ३ गते शुक्रबार    - सर्वोच्च अदालतमा उपस्थित
   
 
असोज ५ गते आइतबार - सर्वोच्च अदालतमा उपस्थित र हिरासतमा शारीरिक र मानसिक यातना दिएको र अभिव्यक्ति स्वतन्त्रता हनन भएको कुरालाई लिएर आमरण अनशन शुरु
   
 
असोज ८ गते बुधबार    - सर्वोच्चमा रिट खारेज
 
असोज १५ गते बुधबार    - नेपाल सरकारसँग वार्ता, अभिव्यक्ति स्वतन्त्रताको लागि सरकारद्वारा लिखित प्रतिबद्धता जाहेर, ४८ घंटा भित्र हिरासतमुक्त गर्ने आश्वासन
   
 
असोज २२ गते बुधबार    - विशेष अदालतमा राज्य-विप्लव को मुद्दा दायर, जन्मकैदको माग
   
 
असोज २८ गते मंगलबार - विशेष अदालत द्वारा ५०,००० धरौटी खुलाइएको, डा राउतद्वारा धरौटी दिन अस्वीकार,  डिल्लीबजार जेल चलान
 
मंसीर ८ गते सोमबार    -  जेलबाट धरौटीमा रिहा
   
मंसीर १० गते बुधबार    - काठमाडौंको आमसभा गर्ने क्रममा राउत लगायत ४०० जति मधेशीहरू पक्राऊ मंसीर 

१२ गते शुक्रबार    - हिरासतबाट रिहा
   
 
मंसीर १६ गते मंगलबार- जनकपुर आमसभा, प्रहरी हस्तक्षेप, स्टेज बिथोलियो, मंदिरप्रांगनमा कार्यक्रम गर्न दिइएन, सडकमैं शान्तिपूर्ण कार्यक्रम सम्पन्न
   
 
मंसीर १७ गते बुधबार    - विशेष अदालतमा पेशी, काठमाडौं
   
 
मंसीर १८ गते बिहीबार    - सप्तरी राजबिराजमा आमसभा
   
 

मंसीर १९ गते शुक्रबार    - बारा सिमरौनगढमा आमसभा सम्पन्न
   
 
पुस ४ गते शुक्रबार - नवलपरासीको परासीबजारमा सभा   
 
पुस ७ गते सोमबार-    रूपन्देहीको पडरिया बजारमा आमसभालाई सम्बोधन, सभापछि स्थानीय स्कूलमा वृक्षारोपन कार्यक्रम
   
पुस ८ गते मंगलबार    - कपिलवस्तु तौलिहवामा आमसभा
   
पुस १३ गते आइतबार    - महोत्तरी जलेश्वरको आमसभामा जानलाग्दा पिपराबाटै उठाइयो,  राती हिरासतमुक्त
   
पुस १४ गते सोमबार    - जलेश्वरमा पुनस् आयोजित सभाको क्रममा विहानै  राउत लगायत १९ जना प्रहरी हिरासतमा, पछि राजविराजको घरमा लगेर छोडिएको
   

पुस १९ गते शनिबार    - विराटनगरको सभाको १९ गते राउतलाई सभास्थलबाटै उठाइयो,
 
पुस २४ गते विहीबार    - पर्सा वीरगंजको माईस्थानमा गर्न खोजिएको सभामा प्रहरी संग दोहरो झडप
राउतलाई बल प्रयोग गरेर गिरफ्तार, बारा पिलुवाको सशस्त्र क्याम्पमा राखियो, राती १२ बजे सप्तरी राजविराजमा लगेर छोडियो,
 

पुस २५ गते शुक्रबार    - नेपाल सरकार र प्रहरीको दमनको प्रत्युत्तरमा राउतद्वारा फुल आन्दोलनु शुरु
   

पुस २७ गते आइतबार    - विशेष अदालतमा पेशी, काठमाडौंस साक्षी बयान
 
फाल्गुन १० गते - अर्को पेशी दिइएको
 
चैत्र ८ गते - अर्को पेशी
 
०७२ बैशाख ६ गते - अर्को पेशी
 
०७२ बैशाख १० गते सरकार द्धारा माग गरिएको राज्इ विप्लवको मुद्धामा राउतलाई सफाई    






No comments:

Post a Comment