Monday, April 13, 2015

अब हामीले पनि प्रचण्डलाई उपयोग गर्न सक्नु पर्छ - उपेन्द्र यादव

मधेशीहरुले छुटै संघर्षको वाटोमा जानै पर्छ
एमाओवादी र मधेशी पार्टीहरु सम्मलीत ३० दलीय गठवन्धन ले आन्द्योलन फिर्ता लिए पछि मधेशी पार्टीहरु त्याहा वाट वाहिरिने चर्चाले यती वेला नेपालको राजनिती तातिएको छ । र यसको केन्द्रमा देखिएका छन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव । यादव संग आज विहान दलानले गरेको कुराकानीको सम्पादित अंश -





 
तपाईहरु ३० दलीय मोर्चाको बैठक अस्ती वहिष्कार नै गनुृ भयो त ? किन ?
-  होईन, हामीले ३० दलीय मोर्चाको बैठक बहिष्कार गरेका होईन । बैठकमा चाही नगएका मात्र
हो ।

अनि किन बैठकमा जानु भएन त ?
- विश्वासको ठुलो संकट देखियो । जनता हामीलाई विश्वास गरेर आन्दा्लनमा होमिएको बेला एक्कासी प्रचण्डजीले आन्द्योलनको कार्यक्रम फिर्ता लिएर काग्रेस एमालेको अगाडी आत्मसमर्पण गर्नु भयो । यसले हामीले ठुलो अविश्वास उहां प्रति मात्रै पैदा भएको हो ।

त्यसो भए अब तपाईहरु अब के गर्नु हुन्छ ?
- प्रचण्डजीले मधेशीहरुलाई पटक पटक धोका दिदै आउनु भएकै हो । यस पटक चाही उहा आफैले म खुटा कमाउर्दिन भन्नु भयो, त्यही भएर हामी संगै अगाडी वढेका हौ । मधेशीहरुलाई आफनो वाटो थाहा छ । कसैले देखाउनु पर्दैन । अब मधेशीहरु आफनो वाटोमा अघि वढने छ ।

त्यो बाटो अब कस्तो हुने छ ?
- होईन, हामी स्पष्ट छौ । विना संघर्ष मधेशीहरु लाई याहा केही मिल्ने वाला छैन । त्यसैले हाम्रो एक मात्र वाटो संघर्षको छ ।

त्यसो भए अब ३० दलीय मोर्चा वाट वाहिरिएर मधेशी पार्टीहरुले छुटै आन्दोलन गर्छन त ?
- अहिले सवै कुरा प्रष्ट भईसकेको छैन । हामी आन्तरिक छलफलमा अहिले व्यस्त छौ । केही दिन भित्र सवै कुरा प्रष्ट हुनेछ ।


 मधेशी मोर्चामा पनि त एकमत छैन नि ?
- होईन, अहिले सम्म मधेशी मोर्चा ३० दलीय गठवन्भन भित्र सहकार्यको अवस्थामा थियो । र जब ३० दलीय गठवन्धनसंग सहकार्यको कुरा रहदैन, त्यस पछि हामी आफनो छुटै वाटो लिन्छौ नि ।


तर मधेशी मोर्चाकै एक घटक विजय गच्छदार त प्रचण्ड संग पुरै हौसिएका छन नि ?
- को को संग छन, त्यो हाम्रो लागी सरोकार कै विषय होईन । हाम्रो वाटोमा को को हुन्छ, त्यो सवै हामी मिलेर अघि वढछौ ।
 
संघियताको सन्दर्भमा अहिले मधेशमा ३ प्रदेशमा बनाउने गरी कुराकानी मुख्य दलहरु विच चलीरहेको आईरहेको छ, जसमा एमाओवादी र गच्छदार समेत सामेल छ भन्छन नि ?
 

 - त्यो दिवास्वप्नमा रमाउनेहरुलाईै अहिले नै म केही भन्दिन । तर एएटा कुरा स्पष्ट छ । विगतको सम्झौ विपरित मधेशलाई खण्ड अण्डमा विभाजित गर्न हामीले दिदैन र त्यो कुनै पनि हालतमा स्विकार्यमा हुने छैन ।


अन्तमा, तपाई र प्रचण्ड विचको सम्बन्ध पटक पटक विवादमा तानिन्छ, कुरो के हो ?
- होईन, प्रचण्डजी आजको मितीमा पनि मेरो नजरमा क्रान्तिकारी नै हुनुहुन्छ । तर उहांले एैनमौकामा आएर हामीलाई धोका दिनु हुन्छ । त्यसैले वेला वेलामा यो देखिएको हो । वा भनौ उहांले अरुलाई प्रयोग गर्न जान्न्ु हुन्छ कि । तर त्यसले उहालाई पनि समस्यामै पार्ने गरेको म देख्छू । अब उहांले सक्नु भयो भने हामीलाई अझै प्रयोग गर्न सक्नु हुन्छ । वा अब हामीले उहांलाई प्रयोग गर्न सक्नु पर्छ ।


No comments:

Post a Comment