Sunday, March 29, 2015

तरंगीत कलैया

कलैयाको कथा 



 
कलैया - पुजा साहको बलत्कार पछि कलैयामा भएको बेटी बचाउ आन्दोलन होस वा यस अघि कलैयामा भएको कलैया बचाउ आन्द्योलन वा त्यस अघि सिम्रौनगढ घटना होस यी तीनै ओटै घटनाले कलैया पछिल्लो ८ महिना यता तरंगित छन । र यी सबैमा कलैया वाट प्रतिनिधित्व गर्ने कुनै न कुनै नेताहरु आन्द्योलनका अगुवाई गरिरहेको देखिन्छ । तर कलैयाको मुख्य चौकमा अचेल एउटा व्यानर झुण्डिएको छ र त्यसमा लेखिएको छ, — बाराको कलैयामा भएको विभिन्न दुखद घटनाहरुमा हाम्रा भाग्य विद्याता सभासदहरुको जागरुक्ता खोई ?

सबैमा कुरामा राजनिती

छापामार शैलीमा पुजा साहको शब  कलैया पुग्नु भन्दा अगावै नै त्याहाको माहौल ताती सकेको थियो । कलैयामा पुजा शबलाई चौकमा ओरालियो र त्यही शव सहित आन्द्योलनमा सुरु भयो । सुरुमा कलैयामा पुजाको शब पुग्दा प्रहरी प्रशासन र पुजाको परिवार विच एक खाले समझदारी भयो, जस अनुसार सिडियो र एसपी मिलेर पुजाको क्रिया खर्चका लागी २५ हजार रुपैया तत्काल दिने र ठोस क्षतीपुर्तीका लागी गृह मन्त्रालय संग आग्रह गर्ने । साथै पछिल्लो समयमा कलैयामा वढदै गएको असुरक्षा प्रती प्रशासनिक पहल गर्ने लगायतका कामहरु थियो । यो पहलमा थिईन पुर्व राज्य मन्त्री तथा फोरम लोकतान्त्रिकका नेतृ कलावती पासवान । पासवान भन्छिन, हामीले शबलाई राखेर परिवार र आफन्तलाई थप पिडा दिने पक्षमा थिएनौ । दाहसंस्कार गरेर आन्द्योलन जारी राख्दै प्रशासन संग कुरा गरेर अघि वढनु पर्छ भन्ने पक्षमा हामी थियौ । जुन कुरामा पुजाको परिवारजनहरु सहमत थिए । जिल्ला प्रशासनमा सहमती हुनै लाग्दा  कलैया क्षेत्र वाटै प्रतिनिधित्व गर्ने फोरम नेपालका नेता प्रमोद गुप्ता त्याहा छिरेर शब चौकमा लगेर बजार बन्द्य गराउन पुगे । चौकमा कोण सभा भयो र त्यही घोषणा गरियो बेटी बचाउ संघर्ष समितीको । गुप्ताले १० लाख रुपैया क्षतीपुर्ती नदिए सम्म पुजाको दाह संस्कार नगर्ने घोषणा गरे । कलैया पुरै तनावमा परिणत भयो ।
 
कलावती पासवान पनि कलैया क्षेत्र वाट पतिनिधित्व गर्छिन । उनी भन्छिन, आखिर चार शब राखेर मैलै सुरु प्रशासन संग गरेकौ कुरामा गुप्तामा सहमती जनाए तर शबलाई त्यसरी राखेर परिवार र आफन्तलाई के बितेको होला ? जिल्ला प्रहरी कार्यलय कलैयाका अधिकारीहरु पनि पुजाका परिवारले शबलाई दाहसंस्कार गर्ने पक्षमा रहेको तर केहीले १० लाखको लोभ देखाएर भडकाएको बताउछन ।
 
नेताहरुको आ आफनै दाउ  
एउटा परिवारको बच्चा बलात्कार पछि मृत्युवरण गरे पछि परिवारमा के वित्छ होला, त्यो कसैका लागी भन्नु पर्ने विषय होईन तर त्यो मनोविज्ञानमा पनि आ आफना राजनिती रोटी सेक्ने काम चाही हुने गरेको कलैयाको पछिल्लो सवै घटनामा देखिन्छ । बेटी बचाउ समितीका सदस्य समेत रहेकी पिंकी यादव भन्छिन, यसमा याहाका स्थानिय प्रशासन मुख्य जिम्मेवार छन । पिकी त पछिल्लो समयमा कलैया क्षेत्रमा वढेको वलत्कार लगायतका घटनाको मुख्य जिम्मेवार पनि स्थानिय प्रशासनलाई देख्छन । उनी भन्छिन, प्रहरीले पैसा खाएर गलत काममा लागेका मानिसहरुको मनोवल वढाउछन अनि राजनिती संरक्षणको आधारमा उनीहरुलाई कुनै कारवाही गर्दैन, अनि कसरी असुरक्षित नबनुन कलैया ।
 
ऋपराध अनुसन्धान शाखाका प्रमुख समेत रहेका जिल्ला प्रहरी कार्यलय कलैयाका प्रहरी निरिक्षक हरि कृष्ण खत्रीका अनुसार पछिल्लो समयमा स्थानिय नेताहरु र त्यसमा पनि पार्टी पार्टीहरु विच भईरहेको अनेकन वदलाको भावनाले यस्ता घटनाहरुलाई थप राजनितीको चपेटामा पारिरहेको छ । राजनिती दलका नेताहरु ऋा आफना  मागहरु भन्द्या पनि अरु विरुद्ध वढी लक्षित भईरहेको देखिन्छ, खत्री भन्छन ।
 
कलैयामा पछिल्लो समयमा भएको सबै घटनाहरु द्याहोरो झडप र भिडन्तहरु भएको देखिन्छ । केही समय अघि मात्रै सेवा केन्द्र विस्तारको नाममा भएको कलैया बचाउ आन्द्योलन होस वा केही महिना पुर्व सिम्रौनगढ आन्द्योलनमा कसीकसाउ भडपहरु भएको देखिन्छ । यस्ता घटनाहरुको वारे स्थानिय प्रशासन र स्थानिय नेताहरुको भनाई चाही एक अर्का विरुद्धको देखिन्छ । नेताहरु भन्छन, प्रशासन अनावश्य वल प्रयोग गरेर जनताको माग दबाउन खोज्छन भने प्रहरी अधिकारीहरु भन्छन, आन्द्योलनको नाममा जताभावी तोडफोड गर्ने गराउने प्रवृति देखिन्छ ।
 
आखिर किन पछिल्लो ८ महिना यता कलैयामा यस्ता घटनाहरु वृद्धि भईरहेको देखिन्छ त, तराई मधेश लोकतान्त्रिक पार्टीका वारा अध्यक्ष नवल किशोर सिंह भन्छन, पछिल्लो समयमा राज्यका निकायहरु र मधेशी नागरिक विच वैमनस्याता वढदै गईरहेको देखिन्छ, जव सम्म यसको उपचार हुन सकेन भने यस्ता प्रवृतिहरु झन झन वढदै जाने छ । सिंहले कलैयामा स्थानिय प्रशासनको व्यहवार पुर्ण रुपेण असफल देखिरहेको आरोप लगाउछन ।
 
समस्या जाहा भए पनि पछिल्लो समयमा कलैयामा भईरहेको गतिविधीले अनेकन कुराहरुको संकेत समेत गरिरहेको कतिपय स्थनिय अगुवाहरुको भनाई छ । त्यसैले यस्तो घटनाहरुको वाहिररु रुप भन्दा पनि प्रवृतिलाई आत्म साथ गरेर राज्य प्रभावकारी बन्नु उपयुक्त हुन्छ । अन्यथा तरल देखिरहेको मधेश र तरंगीग कलैयाको राजनितीले कुनै  दुर्घटना ननिम्तयाउला भन्न सकिन्न । 

No comments:

Post a Comment