Sunday, March 22, 2015

पकौडा किन्न गएकी पूजा कहिल्यै फर्किइनन्.....

कलैयाको कथा - १


गरीबको घरमा विपत्ति आइपर्यो भने कस्तो होला ? बलात्कारपछि हत्या गरिएकी बालिका पूजा साहको परिवारलाई सोधे हुन्छ, गरीबी र महाविपत्तिको संयुक्त पीडा । पूजाका पिता कान्ति बाल अस्पतालको त्यो घडी सम्झँदै भन्छन् - म घरीघरी त्यही मेसीनमा हेर्थें । त्यहाँ पूजा थिइन् । मेसीनमा ० प्रतिशतको संकेत देखिँदैथ्योे । मेसिन टुइँटुइँ कराइरहेको थियो ।’

 
बाराको कलैया बजारमा फुटपाथे पसल थापेर गुजार्दै आएका ३५ बर्षीय नारायण साह कलवार र प्रमिलादेवी कलैया- ८ का बासिन्दा हुन् । सामान्य आर्थिक अवस्थाका उनीहरु बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म बजारमै हुन्छन्, व्यापार गर्छन् । रात परेपछि मात्रै उनीहरु घरमा फर्केर आराम गर्छन् ।
 
कलवार परिवारका चार सन्तानमध्ये ६ वर्षीया पूजाको बलात्कारपछि हत्या भयो । अब यो परिवारमा आमा बुबासहित १२ वर्षीय दीपक साह, ८ वर्षीया आरती साह, र ३ वर्षीय सुरज साह छन् ।
 
कान्छा छोराबाहेक सबै स्थानीय निजी विद्यालयमा अंग्रेजी माध्यममा पढ्दैछन् । नारायणका तेस्रो सन्तानसँगै दोस्रीे छोरी पूजा युकेजीमा पढ्दै थिइन् । दिनभरि बाबुआमाले मेहनत गरेर छोराछोरीको पढाइमा ध्यान दिइरहेका थिए, दिइरहेका छन् ।

त्यो कालो रातको पीडा

कसैले बजारमा पूजालाई देखेर कुनै धनी साहुजीको बच्चा ठानेर उठाएर लग्यो कि र, या भोलि कसैले पूजालाई ल्याइदेला कि भन्ने पनि मेरो मनमा लाग्यो
 
अरु दिनजस्तै कलवार दम्पती गत फागुन ८ गते आफ्नो कामकाज गर्दै थिए । उनीहरु कलैया बजारको पसलमै रहेका बेला विद्यालयबाट फर्केकी पूजा पनि पसलमा आइपुगिन् । साँझ ५ बज्न लागेको थियो । पूजाले आमासँग पकौडा किनेर खानका लागि पैसा मागिन् । आमाले उनलाई १५ रुपैयाँ दिइन् ।
 
आमाले दिएको पैसाले फुरुङ्ग हुँदै पकौडा किन्न पूजा नजिकैको पसलतिर लागिन् । तर, उनी यसरी गइन् कि त्यसपछि कहिल्यै फर्किइनन् ।
 
पकौडा किन्न जान्छु भनेर आमाबाट पैसा लिएर गएकी पूजा साँझसम्म पनि पसलमा नफर्केपछि बुबाआमालाई लाग्यो, उनी पकौडा खाँदै घरतिर गइन् होला । राति घरमा पुग्दा न पूजा थिइन्, न पकौडाको नामो निशाना ।
 
घर पुगेपछि नारायण साहले आफूसँग भएको समान नबिसाउँदै सोधे( पूजा कतिबेला आइन् रु हामीलाई घर जान्छु भनेर आउनु पर्दैनथ्यो रु एकाएक सबै अवाक् भए । बुबा नारायण लत्र्याक(लुत्रुक भए । घरमा पूजा थिइनन् ।

सामानहरु आँगनमै राखेर उनी घरबाट बाहिर निस्के । बाटामा दुईचार साथीभाइलाई पनि सोधे । उनले कलैया बजारभरि घुमेर पूजाको खोजतलास गरे । तर, पूजा कतै थिइनन् ।
 
बजारमा कतै नभटेपछि नारायणलाई के गर्ने, नगर्ने अन्योल भयो । त्यतिबेला उनलाई कस्तो महसुस भयो होला रु हामी अनुमान गर्नसम्म सक्दैनौं । ‘छोरीलाई बजारभरि खोज्दा पनि नभेटेपछि अपहरणमा परिन् कि जस्तो लाग्यो’ पूजाका पिता नारायण भन्छन्-‘कसैले बजारमा पूजालाई देखेर कुनै धनी साहुजीको बच्चा ठानेर उठाएर लग्यो कि , या भोलि कसैले पूजालाई ल्याइदेला कि भन्ने पनि मेरो मनमा लाग्यो ।’
 
राति भइसकेको थियो । बजारमा मानिसहरु घट्दै थिए । भएका मानिसहरुवीच गाइँगुइँ कुराहरु चल्न थाल्यो । छिमेकीहरुले ढीलो नगरी राति नै प्रहरीलाई जानकारी गराउन सुझाए ।
 
साह भन्छन्- तर, हामी अझै बजारको छेउछाउतिर छिन् कि भनेर तलासीमै थियौं, कलैया बस्तीमा पुग्दा त्यहाँका मानिसले साँझ एकजनाले एउटी बच्चीलाई लिएर भाग्दै गर्दा त्यो बस्तीका मानिसहरुले उसलाई लखेटेका थिए ।’
 
यस्तो सुनेपछि नारायणलाई चाँडै प्रहरीलाई भन्नुपर्यो जस्तो लाग्यो । उनी लगत्तै प्रहरी कार्यालय पुगे । प्रहरी कार्यालय पुग्दा रातिको १० बजिसकेको थियो ।
 

‘बिहान एउटा फोटो लिएर आउनू’ 

प्रहरीले नारायणका सबै कुरा सुनेपछि बिहान पूजाको एउटा फोटो लिएर आउन भने । तर, भोलिपल्ट उज्यालो नहुँदै पूजाको फगत फोटो मात्रै बाँकी रह्यो उनका आमाबुबासँग ।
 
प्रहरी कार्यालयबाट निस्केपछि नारायणको मन किन मान्थ्यो, उनी केही साथीहरुको सहारामा छोरीको खोजतलासतिर लागे । राति १२ बज्यो । रातभर निन्द्रा लाग्ने कुरै भएन । घरमा बाबुआमा छटपटाए, उता पूजा पाशविक पीडामा तड्पिइन् ।
 
भोलिपल्ट बिहानै नारायण उठेर घरबाट निस्किए । कलैया चौकमा व्यापक चर्चा भईरहेको थियो । नारायणलाई देखेपछि चौकमा सबैले उनलाई पूजाका बारेमा सोधपुछ गर्न थाले ।
 
नारायणले आफू प्रहरी कार्यालय जान लागेको बताएपछि उनीसँगै अरु पनि लागे ।
 

गरीब परिवारलाई दीन लागेपछि‘ 
प्रहरी कार्यालयमा पुग्दा प्रहरीले एक वालिकालाई एकाबिहानै विद्यालय पछाडिको बगैंचामा अर्धचेत अवस्थामा फेला पारेको र वीरगञ्ज अस्पताल पुर्याइसकेको जानकारी गराए ।
 
पूजाका पिता नारायण प्रहरी कार्यालय कलैयाबाट सीधै वीरगञ्जतिर हानिए । उनीसँगै कलैयाका झण्डै सयजना स्थानीय वीरगञ्ज गए ।
 
वीरगञ्जको नारायणी अस्पतालमा उनीहरु पुग्दा बिहान १० बज्न लागेको थियो । बिहान ७ बजे नै विभत्स एवं अर्धचेत अवस्थामा पुर्याइएकी पूजाको उपचार सुरु नै गरिएको थिएन । पूजाका पिता र स्थानीयले उपचार किन सुरु नगरेको भन्दै आक्रोश पोखेपछि बल्ल डाक्टरले उपचार थाले । डाक्टरहरुले आइसीयुमा राखेर उपचार सुरु गरे ।
 
छोरीलाई त्यस्तो अवस्थामा देखेपछि नारायण साहको परिवार विछिप्त भयो । उनीहरु चाहन्थे छोरीको होस खुलोस् र बोलाउन पाइयोस् । तर, आमाबुबाको चाहना कमसेकम यो जुनीमा सम्भव भएन । उपचार सुरु भएको केही घण्टापछिको घटना सम्झँदै पूजाका पिता भन्छन्- ‘डाक्टरले मलाई बोलाएर एक्लै एउटा कोठामा लगे र पूजाको अवस्थाका बारेमा जानकारी गराए ।
 
डाक्टरले पूजाको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै वीरगञ्जबाट बाहिर लगेर उपचार गर्न सुझाए । बाहिर कहाँ लग्दा हुन्छ भनेर सल्लाह माग्दा डाक्टरले काठमाडौ लैजान भने ।’
 
डाक्टरले जतिबेला पनि जे हुन सक्ने सूचना नारायणलाई उतिबेलै दिइसकेका थिए । त्यस्तो नाजुक अवस्थामा रहेकी छोरीलाई वीरगंजबाट काठमाडौं कसरी पुर्याउने त रु डाक्टरले उनलाई उपाय पनि सुझाए, ‘प्रहरी प्रशासनलाई भन्नुस्, हेलिकोप्टरबाट सक्दो चाँडो लानुस् ।’
 
नेतालाई पेट दुख्दा विदेश दौडाइन्छ, गरीबकी छोरी बलात्कृत हुँदा कसले दिन्छ, हेलीकोप्टर रु भोलिपल्ट बिहानैदेखि स्थानीयले पर्सा प्रशासनलाई गुहार्न थाले । हाम्रो बच्चालाई काठमाडौं पुयाइदिनुस् भनेर उनीहरुले हारगुहार मागे ।
 
सुरुमा त प्रहरी प्रमुखले हेलिकप्टरको भाडा डेढ लाख रुपैयाँ पर्छ, तिर्नुहुन्छ भने म मगाइदिन्छु भने । पछि बच्चा अत्यन्तै नाजुक अवस्थामा रहेकाले हेलीकोप्टरभित्रै केही भयो भने त्यसको जिम्मेवारी आफूहरुले नलिने बताए ।
 
बिहानदेखि सुरु भएको पूजाका पिताको आर्तनादको सुनुवाइ बेलुकी सम्भव भयो । यसक्रममा कलैयाबाट सयौंको संख्यामा स्थानीयहरु वीरगञ्ज पुगे । स्थानीयहरुले अस्पतालमै नाराजुलुस गरे । एसपीले बाटोमा केही भयो भने, त्यसको जिम्मेवारी राज्यले नलिने कागजमा सही गराएर विधि पुर्याइयो ।
 

शून्यको प्रतिक्षा गर्दै कान्ति अस्पतालमा 
वीरगञ्जबाट प्रशासनसमेतको मानसिक तनाब खेपेका नारायण साह कलवार आफ्नी छोरीलाई लिएर काठमाडौंको कान्ति अस्तपतालमा आए । राति भर्ना गरियो ।
 
भोलिपल्ट डाक्टरले उनलाई बोलाएर एक्लै एउटा कोठामा लगेर भने- तपाईकी छोरीको ब्रेनको मृत्यु भइसकेको छ, हामीले आइसीयुमा राखुञ्जेल उनको सासको घड्कन देखिन्छ । तर, उनलाई बचाउन सकिँदैन ।
 
‘आइसीयुमा कतिसम्म सासको धड्कन चलिराख्छ डाक्टर साहेब रु’ पूजाका पिताले डाक्टरलाई प्रश्न गरे । जवाफ आयो – ‘केही दिनसम्म त चल्छ, त्यसपछि त्यहाँ पनि मृत भएको सूचना आउँछ ।’
 
डाक्टरहरुले उनलाई आइसीयुबाट बाहिर निकाल्दा हुने सुझाए । उनी के गर्ने, नगर्ने बडो दोधारमा परे । डाक्टरको कोठाबाट निस्केपछि उनले पत्नी बच्चाहरु सबैलाई कलैया फर्कन लगाएर एक्लै बसे कान्तिमा ।
डाक्टरको च्याम्बरबाट निस्केपछि उनले पत्नी र बच्चाहरुलाई घर पठाउने र पूजालाई डाक्टरले मृत भनिसकेपछि एक्लै लिएर कलैया फर्कने योजना बनाए । भोलिपल्ट फेरि डाक्टरले उनलाई बोलाएर सोधे, के गर्नुहुन्छ रु एउटा बाउले कसरी आफ्नीे छोरीलाई मृत घोषणा गर्नोस् भन्न सक्लान् रु नारायणले डाक्टरलाई केही भन्न सकेनन् ।
 
डाक्टरले नै उनलाई भने, जति दिनसम्म उनको सासको धडकन रहन्छ, त्यति दिनसम्म आईसीयुमै राख्नुस् । डाक्टरले पितालाई पूजाको आईसीयूमा लगाएको मेसीनमा देखाउँदै भने( हेर्नुस, यहाँ अहिले ८२ प्रतिशत देखाइरहेको छ नि, यो ० मा झरेपछि मृत भएको पृष्टि हुन्छ ।
 
त्यो दिनदेखि पूजामा पिता एक्लै कान्ति अस्पतालमा ० प्रतिशतको प्रतिक्षामा बसे ।
कलैयास्थित आफ्नै निवासमा अनलाइनखबरसँगको कुराकानीमा नारायणले कान्ति अस्पतालको त्यो दृश्य सम्झने प्रयास गर्दै भने -‘त्यसपछि म घरीघरी त्यही मेसीनमा हेर्थें । एक दिन त बढेर १०२ प्रतिशत पो पुग्यो । पूजाको ज्यान बच्ला कि भनेर आशा पलायो । तर, डाक्टरले भनेका थिए, बाँच्ने सम्भावना छैन ।’
फागुन २४ गते नारायण कुरुवा कोठामा सुतिरहेका थिए । उनलाई कसैले बोलायो । उनको मन झसङ्ग भयो । उनी पूजा रहेको कोठामा पसे । त्यहाँ डाक्टर थिए । आइसीयु मेसीनमा पूजा थिइन् । मेसीनमा ० प्रतिशतको संकेत देखियो । मेसिन टुइँटुइँ कराइरहेको थियो ।
 

छापामार शैलीमा कलैया फिर्ता  
कान्ति अस्पतालका डाक्टरले पूजालाई मृत घोषणा गरे । शव टिचिङ्ग अस्पताल पुर्याइयो । त्यही बेलुका माइतीघर काठमाडौमा पूजाको सम्झनामा प्रदर्शन भयो । रक्षा नेपाल र माइती नेपाल लगायतको प्रदर्शनमा पिता नारायण साह पनि पुगेका थिए ।

प्रदर्शनमा सहभागी हुन आएका बेला समाजसेवी अनुराधा कोइरालालगायतले उनलाई भोलि बिहानै अस्पताल आउँछौं, तपाई शवसहित त्यहीँ रहनु भनिन् । तर, भोलिपल्ट बिहान ४ नबज्दै बिश्वेन्द्र पासवान त्यहाँ पुगे । महाराजगञ्ज प्रहरीले नारायणलाई त्यहाँबाट शवसहित कलैया पुर्याइदियो । अनुराधाको टोलीले पूजाको शव देख्नै पाएन ।

मोटरसाइकलमा रहेका प्रहरीले पूजाको शव भएको गाडीलाई स्कर्टिङ गरेर भीमफेदीसम्म पुर्याए । त्यसपछि प्रहरी काठमाडौंतिर फर्किए । नारायण साह छोरीको शव लिएर कलैया पुगे । उनी कलैया पुग्दा त्यहाँ वातावरण अर्कै थियो ।

No comments:

Post a Comment