Sunday, March 8, 2015

सरकारमा जान लुसुरफुसुर गर्दै मधेशी नेताहरु

शुक्लाले गच्छदारलाई भने - अघि वढनुस, हामी तपाईको साथमा छौ 



 


मधेशी मोर्चाले गरेको निर्णय विपरित मधेशी पार्टीहरुका नेताहरु सरकारमा कसरी सहभागी हुन सक्छौ भन्ने वारेमा व्यापक गृहकार्यमा जुटेको बताईन्छ । हालै काठमाडौको टुडिखेलमा शक्ति प्रर्दशनमा गरेका मधेशी पार्टीहरुलाई सरकारमा सहभागी गराउने र ३० दलीय मोर्चा तोडने सतापक्षको पुरानै योजनाले यसलाई थप मलजल गरीरहेको कतिपय भित्रियाहरु बताउछन । ३० दलीइ मोर्चामा सहभागी फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार त सुरु देखि नै मोर्चाको आन्द्योलन प्रति नाकारातम्क रहदै आएको छ । र सरकारमा मधेशी पार्टीहरुलाई सहभागी गराउने योजनाका मुख्य योजनाकार पनि गच्छदार नै हुन ।
 
हालै फोरम लोकतान्त्रिकका सभासद गिता राणाको निवासमा गच्छदारले तमलोपाका नेता सवेन्द्र नाथ सुक्लासंग समेत यसवारेमा गम्भिर कुराकानी गरेको कतिपय भित्रियाहरुको भनाई छ । राणा फोरम लोकतान्त्रिकको तर्फवाट समानुपातिक सभासद छिन । उनको निवासमा भएको बैठकमा गच्छदारले सरकारमा सहभागी गराउन सदभावना पार्टी समस्या  नहुने भन्दै सुक्लालाई तमलोपामा वातावरण बनाई दिन आग्रह गरेका थिए । गच्छदारको प्रस्ताववाट हौसिएका सुक्लाले आफुले महन्थ ठाकुरलाई सरकारमा सामेलका लागी चौतर्फी घेरावन्दीमा पार्न सक्ने बताउदै यदी त्यसो नभए तमलोपाको आधा सभासदलाई लिएर छुटै पार्टी समेत बनाउन सक्ने खालको आशय सहित गच्छदारलाई आशवास्त पारेका थिए ।

३० दलीइ मोर्र्चा भित्र रहेका मधेशी पार्टीहरुले मधेशी मोर्चालाई व्युताएपछि सरकारमा कतै सहभागी हुन्छ कि भनेर व्यापक आशंका व्यक्त गरिएको थियो तर गएको मंसीर पहिलो हप्ता मधेशी पार्टीहरुको दोस्रो तहका नेताहरुको दबाबका कारण मोर्चा संघियता सहितको नयां संविद्यान जारी नहुन्जेल सरकारमा सहभागी नहुने निर्णय गरेका थिए ।

तर पनि त्यस लगतै एमाले अध्यक्ष केपी शर्मा ओलीले मोर्चाका शिर्ष नेताहरुलाई आफनै निवासमा भोज खुवाएर सरकारमा सहभागी हुन आग्रह गरेको समाचारहरु आएका थिए । तर ओलीको उक्त प्रयास त्यती वेला सफल हुन सकेका थिएन ।

No comments:

Post a Comment