Saturday, March 14, 2015

अब के गर्लान मधेशी नेताहरु ?

एमाओवादी मोर्चामा सहभागी मधेशी पार्टीहरुका नेताहरु के गर्ने भन्ने वारेमा अन्योलमा देखिन्छन । 


 

बालुवाटारमा एमाले अध्यक्ष केपी ओलीले हप्काए पछि मधेशी मोर्चाले एमाले सम्मलीत बैठकहरुमा सहभागी नहुने निर्णय गरेका थिए । तर त्यसमा केही हप्ता पनि टिक्न नसक्दै मधेशी पार्टीहरुका नेताहरु सहभागी भएको तस्वीर सार्वजनिक भयो । आज बालुवाटारमा भएको बैठकमा एमाले सहभागी भएका कारण आफु सहभागी नभएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । म मधेशी मोर्चाले निर्णय गरे देखि आज सम्म एमाले सम्मलीत बैठकहरुमा सहभागी भएको छैन, महताले भने । आजको बै्रठकमा मधेशी पार्टीहरुको तर्फवाट तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सहभागी थिए । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौ वाहिर छ । वालुवाटारमा आज भएको बैठकले भोली फेरी वार्ता गर्ने निर्णय गरेको छ ।


भोली देखि आन्द्योलनमा जानु पर्ने मधेशी नेताहरुको भनाई

विरगंजमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव वार्ताको डेडलाईन आज सम्मको मात्र भएको भन्दै भोली देखि आफुहरु आन्द्योलनमा जाने बताए । यादवले सतापक्ष विदेशसीहरुलाई देखाउनका लागी वार्ताको नौटिंकी गरिरहेको आरोप लगाए । वार्ताको औचित्य समाप्त भईसकेको भन्दै यादवले भोली देखि आन्द्योनमा होमिने बताए । यसैगरी सदभावना पार्टीका अध्यक्ष महताले पनि भोली निर्धारित कार्यक्रम अनुसार अगामी आन्दोलनको कार्यक्रम घोषणा हुने जानकारी दिए ।

1 comment:

  1. I agree with Upendra Yadav jee! Rest of other Madhesi leaders are WAHIYAT! If possible , suggest to join CK Raut!

    ReplyDelete