Monday, March 2, 2015

सरीता गिरी र अनिल झा विच एकिकरण




अनिल झा नेतृत्वको संघिय सदभावना पार्टी र सरीता गिरी नेतृत्वको नेपाल सदभावना पार्टी सोमवार एीककरण भएको घोषणा भएको छ । यी दुवै पार्टीका अध्यक्षहरु झा र गिरीले संयुक्त विज्ञप्ति निकाल्दै आज देखि यी दुई पार्टी विच एीककरण भएको जनाएको छ । झा र गिरी द्धारा हस्ताक्षरीत वित्रिप्त भनिएको छ, १७ गते दुवै पार्टीहरुको बसेको केन्द्रिय कार्यसमितीको बैठकले एकिकृत पार्टीको नाम नेपाल सदभावना पार्टी राख्ने र पार्टीको झण्डामा हात छाप राख्ने गरी सहमती जनाएको थियो । एकिकृत पार्टीको वारेमा आवश्यक कागजातहरु सोमवार निर्वाचन आयोगमा पेश गरिएको विज्ञिप्तमा उल्लेख गरीएको छ ।
 
एकिकृत पार्टीको अध्यक्षमा अनिल झा र सहअध्यक्षमा सरीता गिरी रहने सहमती समेत भएको उक्त विज्ञप्तिमा उल्लेख गरीएको छ । दोस्रो संविद्यानसभामा समानुपातिक तर्फ पाएको एक सिटमा झाले आफनो पत्नीलाई सभासद बनाए पछि त्यसको चौतर्फी आलोचना हुदै आएका छन ।

No comments:

Post a Comment