Wednesday, February 11, 2015

फोरम नेपालको जनकपुरमा बैठक चल्दै - आन्द्योलन वारे गम्भिर विमर्श हुदै


उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालको केन्द्रिय कार्यस्मितीको बैठक मंगलवार देखि जनकपुरमा सुरु भएको छ । बैठकमा मंगलवार र आज बुधवार नेताहरुले आ आफना क्षेत्रहरुमा भईरहेको आन्द्योलनको वारेमा रिर्पोटिंग गरेका छन । भोली सम्म जनकपुरमा चल्ने फोरम नेपालको केन्द्य्रिय कार्यस्मितीको बैठकलाई महत्वपुर्ण रुपमा लिइएको छ । ०६३ मा पहिलो मधेश आन्द्योलन भन्दा पुर्व पनि फोरम नेपालको जनकपुर मै भएको बैठकले आन्द्योलनको रणनिती बनाएको थियो ।

जनकपुर स्थित धनुषा साईन्स क्याम्पसमा मंगलवार देखि सुरु भएको बैठक भोली विहिवार सम्पन्न हुदै छ । फोरम नेपालका नेताहरुका अनुसार विहिवार फोरम नेपालले संघियताको लागी जारी आन्दोलनको सम्बन्धमा समेत केही महत्वपुर्ण निर्णयहरु हुदै छन ।

फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतका अनुसार आन्दोलनलाई कसरी अगाडी वढाउनुको साथै संविद्यानको विपक्षी गठन्धन द्धारा भईरहेको आन्द्योलनमा फोरम नेपालले मधेशका जिल्लाहरुमा कसरी प्रभावकारी भुमिका निर्वाह गर्न सक्ने लगायतका विभिन्न रणनितीक उपायहरु माथी गम्भिर छलफलहरु भईरहेको छ ।

No comments:

Post a Comment