Wednesday, February 4, 2015

मधेशी मोर्चा द्धारा भोली संविद्यानसभा वहिष्कार - मधेशी पार्टीहरु जिल्ला स्तरमा आन्दोलन समिती बनाउन व्यस्त


 
सम्झौता विपरित काग्रेस एमाललेको माग अनुरुप संविद्यानसभाका सभामुख सुवासचन्द्र नेम्वाडले प्रक्रिया अघि वढाए पछि आन्द्योलनमा रहेका मधेशी पार्टीहरु विहिवार संविद्यानसभाको बैठक वहिष्कार गर्दै छन । सभामुखले विहिवारको लागी बोलाएको संविद्यानसभाको बैठक मधेशी पार्टीहरु संगै एमाओवादी नेतृत्वको पुरै गठवन्धनले वहिष्कार गर्दै छन ।
 
मधेशी पार्टीहरुको मोर्चाले विगतको सम्झौता अनुरुप संघियतामा सहमती गरेर नयां संविद्यान जारीको प्रक्रिया अघि वढाउनु पर्ने अडानमा छन भने काग्रेस एमालले विगत भन्दा छुटै अवधारण अघि सार्दै अघि वढेका छन ।


मधेशी नेताहरु जिल्ला जिल्लामा आन्द्योलन समिती बनाउदै 

 



सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो धनुषा जिल्लामा बैठक गर्दै 

गएको आईतवार मात्रै बसेको मधेशी मोर्चाको बैठकले निर्णय गरेको अनुसार सवै मधेशी पार्टीहरुका केन्द्रिय नेताहरु जिल्ला जिल्ला पुगेर आन्द्योलन समितीहरु बनाउन व्यवस्त छन । मोर्चाको निर्णय लगतै मधेशी पार्टीहरुले छुटा छुटै पनि आ आफना  बैठक गरेर आफना केन्द्रिय नेताहरुलाई आन्द्योलनका लागी विशेष क्षेत्रहरुको जिम्मेवारी तोकेका छन । सदभावना पार्टीले अध्यक्ष राजेन्द्र महतोको संयोजकत्वमा केन्द्रिय आन्दोलन समिती बनाउदै केन्द्रिय पदाधिकारीहरुलाई क्षेत्रगत जिम्मेवारी तोकेका छन । यसै गरी मंगलवार तमलोपाको कार्य सम्पादन समितीको बैठकले समेत आफना शिर्ष नेताहरुलाई क्षेत्रगत जिम्मेवारी दिएको छ । यसैगरी फोरम नेपालले औपचारिक रुपमा निर्णय नगरे पनि आफना केन्द्रिय नेताहरुलाई जिल्ला जिल्लामा खटाईसकेका छन । फोरम नेपालले आन्दोलन समिती गठनका लागी आउदो २७ र २८ गते औपचारिक रुपमा केन्द्रिय कार्यसमितीको बैठक बोलाएको छ । यसैगरी फोरम लोकतान्किको हालै भएको राजनिती समितीको बैठकले समेत सहमती प्रयास जारी राख्ने भन्दै आन्दोलनका लागी केही शिर्ष नेताहरुलाई परिचालन गरिसकेको छ ।
मंगलवार तमलोपाका अध्यक्ष्ँ महन्थ ठाकुर आन्दोलनको जिम्मेवारी घोषणा गर्दै
 
 पार्टीहरुले यसरी निर्णय गरेसंगै शिर्ष नेताहरु जिल्ला स्तरहरुमा बैठक गर्न व्यव्स्त देखिन्छ । राजेन्द्र महतो आफै जिल्ला स्तरका बैठकहरु सहभागी हुन मधेशमा छन भने तमलोपाका केन्द्रिय पदाधिकारीहरु वुधवार देखि आ आफना क्षेत्रहरु लागी सकेका छन ।



No comments:

Post a Comment