Monday, February 2, 2015

प्रचण्ड द्धारा मातृका र जेपी गुप्ता संग छलफल



एमाओवादी अध्यक्ष प्रचण्ड र पछिल्लो समयमा संयुक्त मधेशी राष्टिय आन्दोलन समितीलाई अगुवाई गरिरहेका मात्रिका यादव तथा तराई मधेश राष्टिय अभियानका संयोजक जेपी गुप्ता विच सोमवार छलफल भएको छ । केही समय अघि मात्रै मात्रिका यादव र गुप्ता विच कार्यगत एकताको घोषणा गरिएको थियो ।

दोस्रो संविद्यानसभा यादव र गुप्ता दुवैले वहिष्कार गरेका थिए । र पछिल्लो समयमा यी दुवै नेताहरु मधेशमा आन्द्योलन उठाउनका लागी विभिन्न तहमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेका छन । गुप्ता नेतृत्वको अभियानको दोस््रो राष्टिय परिषद भेलाले त मधेशी पार्टीहरुलाई वर्तमान संविद्यानसभा छाडन समेत भनेका थिए ।

आज प्रचण्ड संग भएको भेट पुर्ण रुपमा आन्दोलनको सन्दर्भमा केन्द्रित रहेको मात्रिका यादवले वताए । चाडै फेरी बस्ने कुरा भएको छ, यादवलृे भने त्यस पछि हामी ठोस रुपमा कसरी वढने वारेमा एउटा निक्र्यौल निकाल्छौ ।
 
यता मात्रिका यादव र जेपी गुप्ता विचको कार्यगत एकताले एक दुई दिन भित्रै आफनो आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी गरीरहेको छ । आन्दोलन समितीका संयोजक समेत रहेका यादवले भने सम्भवतह भोली नत्र पर्सी सम्ममा हामीले आफनो कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी गर्ने छौ ।


No comments:

Post a Comment