Sunday, February 1, 2015

मधेशी मोर्चाका शिर्ष नेताहरु आन्दोलनका लागी मधेश झर्ने


सतारुढ दलहरुले विगतको सम्झौता विपरित दोस्रो संविद्यानसभामा अघि वढेको भन्दै आन्दोलनरत रहेको मधेशी मोर्चाले शिर्ष नेताहरु सहित सबै नेता सभासदलाई मधेशका आ आफना क्षेत्रमा पठाउने निर्णय गरेको छ । आईतवार सदभावना पार्टीको केन्द्रिय कार्यलयमा भएको मोर्चाको बैठकले ३० दलीय एमओवादी गठवन्धनको आन्दोलन कार्यक्रमलाई समेत सशक्क्त रुपमा अघि वढाउने निर्णय गरेको छ ।

 पछिल्लो केही समय यता मधेशी मोर्चाका एक घटक फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार मोर्चा प्रति असन्तुष्ट रहेको समाचारहरु आईरहेको बेलामा गच्छदार सहितको मोर्चाको बैठकले सतारुढ दलहरु संग वार्ताको ढोका वन्द नगरे पनि काठमाडौमा नेताहरुलाई नबस्न निर्दैशन गरेको छ ।

आज बसेको मोर्चाको बैठकमा गच्छदारले समेत आन्द्योलनको विकल्प नभएको बताएका थिए । मोर्चाका एक नेताका अनुसार गच्छदारले आफलु सहमतीको कुरा गरे पनि सतारुढ दलहरु सहमती गर्ने मुडमा नरहेको आफुले पाएको जानकारी गराएका थिए ।

 
आईतवारै विहान एमाओवादी संग भएको मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले संविद्यानसभा छोडने प्रस्ताव गरेका थिए । मधेशी मोर्चाको बैठकमा समेत त्यसवारे गम्भिर छलफल भएको नेताहरुले बताएका छन । 

मोर्चाका एक नेताका अनुसार मधेशी मोर्चाले संविद्यानसभा कसरी छाडनेवारेमा रणनिती उपायहरुको सन्दर्भमा छलफल गरेका थिए । केही दिन अझै हामी यसमा छलफल गरेर रणनितीक रुपमा अघि वढने सोच बनाएको मोर्चाका एक शिर्ष नेताले बताए ।

No comments:

Post a Comment