Friday, February 27, 2015

अन्योलमा मधेश


 
काठमाडौमा एमाओवादी र मधेशी मोर्चाले मधेशमा आन्द्योलन गरेर सतापक्षलाई झुकाउने भाषण गरिरहदा मधेश चाही अन्योलमा देखिन्छ । दोस्रो संंविद्यानसभामा मधेशी पार्टीहरु तथा एमाओवादीहरुको पराजय भोगेका थिए । दोस्रो संविद्यानसभामा संविद्यान निर्माणको प्रक्रिया सुरु भए संगै दलहरु दुई ध्रुवमा विभाजित छन । मधेशी पार्टीहरु पुछार लगेर एमाओवादी आन्द्योलनमा जाने मनस्थिती बनाएको देखिन्छ । दोस्रो संविद्यानसभामा पराजय भेगेका मधेशी पार्टीहरु मधेशमा आन्द्योलन भयो भने आफनो शक्ति पुर्नगठन हुने आकंलनमा छन । 
 
नवलपरासी बस्ने मधेशमा एक जना अगुवा वुद्धजिवी कौशलेन्द्र श्रीवास्तव भन्छन, मधेशी पार्टीहरुले भने जती सजिलो आन्द्योलन छैन । श्रीवास्तव भन्छन, मधेश अन्योलमा छन । मधेशमा पछिल्ले समयमा भईरहेको अनेकन गतिविधीले मधेशलाई थप अन्योलग्रस्त बनाउदै लगेको देखिन्छ, जुन कुनै पनि प्रकारले विष्फोटन हुन सक्छ । पछिल्लो समयमा मधेशमा एक साथ अनेकन अभ्यासहरु जारी छन । गएको सेफटेम्बरमा प्रहरीले सिके राउतलाई समातेपछि मधेशका जिल्लाहरुमा उनको गतिविधीहरु पनि तीव्र रुपमा भइरहेको देखिन्छ । पुर्व एमाओवादीका एक जना अगुवा मातृका यादव पछिल्लो समयमा संयक्त मधेशी राष्टिय आन्द्योलन समिती बनाएर मधेशमा सक्रिय छन । गएको एक बर्ष भन्द्या अघि देखि नै जेपी गुप्ता तराई मधेश राष्टिय अभियान बनाएर मधेशमा छुटै सक्रिय छन । मधेशी पार्टीहरुको आ आफनै स्थान छदै छन । दोस्रो संविद्यानसभाको सेरोफेरोमा मधेश केन्द्रित सशस्त्र समुहको केही प्रमुख नाईकेहरु पक्राउ परे पछि मधेशमा सशस्त्र समुहहरु नै सकियो भन्ने एक खालको आकंलन थियो । तर हालै मधेशका केही जिल्लाहरुमा जयकृष्ण गोईतको संगठनहरुको समेत पुर्नगठन हुने कामहरु भएको छ ।

Wednesday, February 25, 2015

बारामा र्बबराएको राज्य-व्यवस्था

विभिन्न बहानामा हुन थालेका बन्द, हड्ताल र झडपहरु ‘मधेशी भर्सेज पहाडी’ र ‘पहाडी भर्सेज मधेशी’ को रूपमा परिणत हुन थालेका छन् ।


२०६३ सालको जनआन्दोलन र मधेश आन्दोेलनले समावेशीको सिद्धान्तलाई स्थापित गरायो । उक्त आन्द्योलनकै पश्चात अनेकन कमजोरीहरुका वावजुत पनि धेरथोर रुपमा राज्यको निकायहरुले समावेशीकरणको प्रक्रिया प्रारम्भ गरेको देखिन्छन । तर, यो राजनीतिक सङ्क्रमणमा विभिन्न आन्दोलनको आवरणमा तराई–मधेशमा पहाडी–मधेशी साम्प्रदायिकता पनि भित्रभित्रै भुसको आगो झ्ैँ सल्किरहेको देखिनमा आउन थालेका छन । जसमा राज्य र राजनीतिक शक्तिहरूले नै ध्यू थप्ने कामहरु गरिरहेको देखिन्छ । समयमै यथोचित ध्यान नदिए खुल्ला साम्प्रदायिक द्वन्द्वको रूपमा विस्फोट हुन अब  धेरै नलाग्न पनि सक्छ । केहि समय पहिला मात्रै मध्य तराईमा देखिएको कर कार्यालय विवाद होस वा हालै बारा जिल्लाकाको कलैयामा भएको मालपोत तथा नापी कार्यलयको विवाद होस ।  तराई मधेश क्षेत्रमा भईरहेको यी यस्ता घटनाहरु ‘मधेशी माथि पहाडी’ वा ‘पहाडीमाथि मधेशी’ षड्यन्त्रको रूपमा अथ्र्याउने बढ्दो चलनले यही देखाइरहेको छ ।

 
मध्य तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको उत्तरमा पहाडी र दक्षिणी भागमा मधेशीहरूको बाक्लो बसोबास छ । यी जिल्लाको विकास निर्माण र सामुहिक काममा पन्पिँदो पहाडी–मधेशी द्वन्द्वको प्रभाव देखिन थालिसकेको छ । मधेश आन्दोलनपछि यस क्षेत्रमा बढेको सशस्त्र समूहहरूको चलखेलबाट दक्षिणी भागका धेरै पहाडी परिवार विस्थापित भएर उत्तर सरेका छन् । यी जिल्लाहरूमा स्थानीय निकायको छलफलदेखि जिल्ला स्तरमा गठन हुने विभिन्न समितिहरूमा ‘मधेशी भर्सेज पहाडी’ टकराव बढ्न थालेको स्वयंम जिविसका अधिकारीहरु अनौपचारिक रुपमा हुने कुराकानीमा बताउने गर्छन ।

Tuesday, February 24, 2015

अदृश्य ‘राष्ट्र’ को पिडा



                                    राकेश प्रसाद चौधरी
 

इतिहास विवादित हुन्छ भनिन्छ । यो एकपक्षिय पनि हुन्छ कहिलेकाहीं । कसैलाई इच्छा लागे मधेश भन्छन् वा तराई । यो भूभाग अहिले अन्यभन्दा पनि राजनीतिक चर्चाको बिषय हो । केहीले धेरै पहिलादेखि तराई अदृश्य ‘राष्ट्र’ हो भन्ने गर्छन् । तथापि यो दृश्यमा हेर्दा नेपालकै नक्सामा छ ।
   
 राणाकाल वा २००७ सालपछिका तत्कालिन सरकारले मधेश शब्द राखेर गोश्वरा ऐनसहितका कानूनहरु निर्माण गरेको पाइन्छ । मधेश छैन भन्नेहरुलाई यो ऐन एकपटक अध्ययन गर्न अनुरोध छ । मधेशमा काम गर्ने पुलिसहरु सम्बन्धि पनि छुट्टै कानून प्रयोगमा रहेको सुनिएपनि पुष्टि गर्ने कागजत म सँग अहिले उपलब्ध छैन । मधेश गोश्वारा ऐन बमोजिम २०१४ तिर पहाडको जिल्लामा पनि शासन गरिएको थियो । मधेशलाई ‘पहाडीकरण’ गर्ने अभियान २०१४ सालबाटै झनै तिब्र रुपमा भएको हो । जसको उदाहरणका लागि मधेश÷तराईका जिल्लाहरुमा झोलुङ्गे पुलहरु बनेको देख्न सकिन्छ । झोलुङ्गो पुल नभएकै कारण पहाडका जनताले ज्यानको परबाह नगरि नदी तर्ने गरेको अबस्था अझै छ । त्यही समथलमा बनाइएको झोलुङ्गो पुल प्रदर्शनी भएको छ ।

Friday, February 13, 2015

आन्दोलन सशक्त बनाउने फोरम नेपालको निर्णय

उपेन्द्र यादवको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन




उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपालले पहिचानसहितको संघीयताका लागि ३० दलीय विपक्षी मोर्चाको जारी सडक आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ । जनकपुरमा दुई दिने केन्द्रीय समितिको सम्पन्न बैठकपछि शुक्रवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष उपेन्द्र यादवले सार्थक संविधानका लागि आन्दोलनको विकल्प नभएकोले स्थानीयदेखि केन्द्रसम्मै ३० दलीय मोर्चाको आन्दोलनमा होमिन आमजनता एवं कार्यकर्ता पंक्तिलाई आह्वान गरेका छन् ।

Wednesday, February 11, 2015

फोरम नेपालको जनकपुरमा बैठक चल्दै - आन्द्योलन वारे गम्भिर विमर्श हुदै


उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालको केन्द्रिय कार्यस्मितीको बैठक मंगलवार देखि जनकपुरमा सुरु भएको छ । बैठकमा मंगलवार र आज बुधवार नेताहरुले आ आफना क्षेत्रहरुमा भईरहेको आन्द्योलनको वारेमा रिर्पोटिंग गरेका छन । भोली सम्म जनकपुरमा चल्ने फोरम नेपालको केन्द्य्रिय कार्यस्मितीको बैठकलाई महत्वपुर्ण रुपमा लिइएको छ । ०६३ मा पहिलो मधेश आन्द्योलन भन्दा पुर्व पनि फोरम नेपालको जनकपुर मै भएको बैठकले आन्द्योलनको रणनिती बनाएको थियो ।

Tuesday, February 10, 2015

म आन्दोलनको पक्षमा छैन : गच्छदार



मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू आन्दोलनको पक्षमा नभएको बताएका छन् । प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चामा रहेका गच्छदारले अहिलेको अवस्थामा देशले आन्दोलन र द्वन्द्व थेग्न नसक्ने बताए । मंगलबार रिपोटर्स क्लबको ज्ञापन पत्र बुझेपछि गच्छदारले भने‘मुलुक बन्द, हडताल र आन्दोलनमा जान सक्दैन, त्यसलाई रोक्न सहमतिको विकल्प छैन ।’

दलहरुबीच आजभोलि नै वार्ता हुन सक्ने भन्दै उनले सत्तारुढ दलले दुई तिहाईको बहुमतबाट संविधान जारी गर्ने दम्भ त्याग्नु पर्ने र प्रतिपक्षीहरुले सडकमा जाने हठ त्याग्नुपर्ने धारणा अघि सारे ।

Monday, February 9, 2015

चिप्लीयो भने सिद्धिन्छन मधेशी नेतृत्वहरु


आइतवार प्रधानमन्त्री सुशिल कोईरालाले वार्ताका लागी लिखित आग्रह गरे पछि त्यस वारेमा विभिन्न खाले टिकाटिप्पणीहरु आईरहेका छन । हुनत मधेशी मोर्चा सम्मलीत विपक्षीहरुको गठवन्धनले आज उक्त आव्हानलाई अमुर्त भन्दै तत्कालै वार्तामा नबस्ने निर्णय गरेको छ । यस अघि प्रधानमन्त्रीले लिखित आव्हान जारी गरे लगतै राष्टपति रामवरण यादवले आईतवार वेलुकी मधेशी मोर्चाका नेताहरुलाई बोलाएर वार्ता सुचारु गर्न आग्रह गरेका थिए । समाचारहरुमा जनाइए अनुसार मधेशी मोर्चामा सम्मलीत नेताहरुले तत्कालै वार्ता प्रारम्भ हुन सक्ने वातावरण नबनेको जवाफ राष्टपतिलाई फर्काएका थिए । यद्यपी वाहिर मधेशी मोर्चामा सम्मलीत विभिन्न नेताहरुको वारेमा विभिन्न अडकालवाजीहरु काटिदै छन ।

Sunday, February 8, 2015

आवश्यक्ता तेश्रो मधेश आन्दोलनकोे

 
बलराम प्रसाद यादव 
(केन्द्रिय प्रवक्ता) 
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति

    
मधेश अहिले गंभीर र जटील मोडवाट गुज्रिरहेको छ । किनभने मधेश आन्दोलन (जस अन्तर्गत पंक्तिकार अन्तरीम संविधान जलाउँदा माईतीघर मण्डेलाबाट पक्राउ परेका थिए) बाट प्राप्त अपलब्धीहरु समाप्त हुने अवस्थामा छ भने यस आन्दोलनले दिइएको माईन्डेड–समग्र मधेश एक प्रदेशको साथै राज्यको प्रत्येक अँगमा समानुपातिक एंव समावेशि प्रतिनिधित्वको सवाललाई पुर्णरुपमा गौण गरेर यथास्थितिवादी शक्तिहरुले आफ्नो नक्कली बहुमतको उनमादको भरमा तथाकथित पक्रिया मार्फत पश्चगामी संविधान ल्याउन उधत छन्। वास्तवमा भन्ने हो भने अहिलेको संविधान सभा माओवादी जनयुद्धमा सबैभन्दा बढि मधेश जनजाति, आदिवासिले शहादत दिएर स्थापित गरेको संस्था हो । त्यसपछिमधेश आन्दोलनमा मधेशि जन्ताको बलिदानीबाट संघियता स्थापित भएको अन्तिरिम संविधानको अन्तरवस्तु हो ।  यहाँ म एउटा कुरा के स्मरण गराउन चाहन्छु भने २०३६ साल पछि स्वर्गवासी राजा विरेन्द्रले बनाएका थिए यस्तै संविधान । अहिलेका काग्रेंश र ऐमालेका बाहुने राजाहरुले पनि भन्ने गरेका छन अल्पमतादेशका कदर गरिने छ र उनिहरुका मुदालाई समिटिनेछ, ठिक त्यसै प्रकार राजा विरेन्द्रले पनि आफ्नै मुखले जनतालाई अल्पमतको कदर गरिने सुनाएका थिए । के हविगत भयो त त्यो संविधानको ?

Wednesday, February 4, 2015

मधेशी मोर्चा द्धारा भोली संविद्यानसभा वहिष्कार - मधेशी पार्टीहरु जिल्ला स्तरमा आन्दोलन समिती बनाउन व्यस्त


 
सम्झौता विपरित काग्रेस एमाललेको माग अनुरुप संविद्यानसभाका सभामुख सुवासचन्द्र नेम्वाडले प्रक्रिया अघि वढाए पछि आन्द्योलनमा रहेका मधेशी पार्टीहरु विहिवार संविद्यानसभाको बैठक वहिष्कार गर्दै छन । सभामुखले विहिवारको लागी बोलाएको संविद्यानसभाको बैठक मधेशी पार्टीहरु संगै एमाओवादी नेतृत्वको पुरै गठवन्धनले वहिष्कार गर्दै छन ।
 
मधेशी पार्टीहरुको मोर्चाले विगतको सम्झौता अनुरुप संघियतामा सहमती गरेर नयां संविद्यान जारीको प्रक्रिया अघि वढाउनु पर्ने अडानमा छन भने काग्रेस एमालले विगत भन्दा छुटै अवधारण अघि सार्दै अघि वढेका छन ।

Monday, February 2, 2015

प्रचण्ड द्धारा मातृका र जेपी गुप्ता संग छलफल



एमाओवादी अध्यक्ष प्रचण्ड र पछिल्लो समयमा संयुक्त मधेशी राष्टिय आन्दोलन समितीलाई अगुवाई गरिरहेका मात्रिका यादव तथा तराई मधेश राष्टिय अभियानका संयोजक जेपी गुप्ता विच सोमवार छलफल भएको छ । केही समय अघि मात्रै मात्रिका यादव र गुप्ता विच कार्यगत एकताको घोषणा गरिएको थियो ।

Sunday, February 1, 2015

मधेशी मोर्चाका शिर्ष नेताहरु आन्दोलनका लागी मधेश झर्ने


सतारुढ दलहरुले विगतको सम्झौता विपरित दोस्रो संविद्यानसभामा अघि वढेको भन्दै आन्दोलनरत रहेको मधेशी मोर्चाले शिर्ष नेताहरु सहित सबै नेता सभासदलाई मधेशका आ आफना क्षेत्रमा पठाउने निर्णय गरेको छ । आईतवार सदभावना पार्टीको केन्द्रिय कार्यलयमा भएको मोर्चाको बैठकले ३० दलीय एमओवादी गठवन्धनको आन्दोलन कार्यक्रमलाई समेत सशक्क्त रुपमा अघि वढाउने निर्णय गरेको छ ।