Friday, January 30, 2015

मधेशको मुड - संघियता भर्सेज सिके

 मधेशीहरुलाई सन्तुष्ट हुने गरी संघियताको उचित व्यवस्थापन नभए मधेशमा ठुलो विग्रह मच्ने निश्चित छ ।


गएको आईतवार परासीमा सभामुखको पुतला जलाउदै स्थानिय मधेशी नेताहरु 
 

गएको आईतवार पश्चिम मधेशीको परासी सहरमा १ बजे तिर पस्दा एउटा स्थानिय पत्रकार मित्रलाई मैलै सुरु मै सोधे, के छ याहाको राजनितीक अवस्था ? उनी सुरु मै भने, सर अब संघियता भन्दा पनि वढी याहा सिकेको चर्चा हुन थालेको छ । मलाई अली अपाँच्य भयो र मैलै भने, होईन होला ? उनी फेरी मलाई प्रतिउत्तर दिए, तपाई मसंग परासी वजार मात्रै होईन, नवलपरासीको मधेशी वाहुल्य ग्रामिण क्षेत्रमा पनि हिडनुस, अनि थाहा पाउनु हुन्छ । हामी परासी वजारकै विचमा रहेको एउटा चिया पसलमा छिर्यौ । हामी दुवै जना चिया खादै गप गरीरहदा उनको मोवाईलमा फोनमा आयो, सिडियो अफिसको अनुसन्धान विभागमा आउनुस भनेर । उनले फोन राख्ने वितिकै मलाई भने, चिया चाडो खानुस अनुसन्धान विभागमा जानु पर्यो । मैलै किन भनेर प्रश्न तेर्साए, अनि उसले भने, सिके राउतको अभियानमा लागेको एक जना अगुवा अहिले त्याहा हुनुहुन्छ रे । उहांलाई हिजो कसैले दिन र राती दुवै समयमा फोन गरेर ज्यान मार्ने धम्की दिदै तथानाम गाली गलौज गरेका रैछन । मैलै उनी को हुन भनेर सोधे, उनी थिए सिके राउतको अभियानमा लागेका एक वरिष्ठ अगुवा कैलाश महतो । कैलास महतोको नाम म पनि नसुनेको चाही होईन । चिया खाएर हामी दुवै जना प्रशासन कार्यलयमा रहेको अनुसन्धान विभागमा छिर्यौ । अनुसन्धान अधिकृत मधेशी मुलकै थिए । त्याहा कैलाश महतोको मोवाईलमा भएको कुराकानी सवै सुनिरहेको थिए । हामी पनि सुन्यौ । मधेशी मुलको ती अनुसन्धान अधिकृत महतोको घटनावाट पन्छिन खाजेको देखिन्थ्यो । उनले सिधै प्रमुख जिल्ला अधिकारीसंग भेटन सुझाए महतोलाई । महतो सिधै प्रजिअको कार्यकक्ष तिर गए । पछि पछि हामी पनि लाग्यौ । प्रजिअलाई पनि मोवाईलमा भएको उक्त कुराकानी सुनाइयो । प्रजिअ अलि तनावमा देखिन थालेका थिए, शायद उनी संगसंगै हामी पत्रकार पनि भएको कारणले होला । मलाई त्यस्तै लाग्यो र मैलै पत्रकार मित्रलाई त्याहावाट निस्कन आग्रह गरे । किनकी मेरो वाहिर पनि अरु भेटघाटको पुर्व निर्धारित केही कार्यक्रमहरु थियो । हामी निस्कनै लाग्दा प्रजिअले महतोलाई त्याहाका एसपीलाई भेटनको लागी सुझाए ।

पछि हामी महताको घटनालाई फलो त गरेनौ तर उक्त घटनाले के देखाईरहेको थियो भने , सिके राउतको अभियानमा लागेकाहरु लाई विभिन्न किसिमले मनोवैज्ञानिक त्रासहरु आईरहेको छ । महतो सदभावना पार्टीका पुराना नेताहरुमा गनिन्छन । प्राध्यापक पृष्टिभुमि भएका महतो पछिल्लो समयमा सिके राउत अभियानको एक जना अगुवाको रुपमा देखिएका हुन ।

केही समय पहिला मात्रै जेलवाट सिके राउत निस्केपछि नवलपरासीमा १० हजार भन्दा वढीको उपस्थितीमा सभा भएको समाचार केही स्थानिय पत्रपत्रिकाहरुले प्रकाशित गरेको पनि देखियो ।
 
महतोको यो घटनालाई समान्य वुझसुझ पछि हामी परासीमा बस्ने मधेशको एक जना अग्रणी वुद्धनिवी कौशलेन्द्र श्रीवास्तवको घरमा पुगे । नेपालमा भएको हिन्दी आन्दोलनको एक जना अगुवा श्रीवास्तव सदभावना पार्टीको संस्थापना काल देखि नै मधेशको पक्षमा लेखपढ गर्दै आएका हुन । श्रीवास्तवसंगको भलाकुसारीको केन्द्रमा पनि सिके राउतको त्यस क्षेत्रमा देखिएको प्रभाव र सम्रग मधेश राजनितीको वदलिदो मनोविज्ञान रह्न पुग्यो ।
 
मैलै श्रीवास्तवमा कम्तीमा पनि पांच पटक एउटै प्रश्न गरे, के मधेश राजनितीको धरातल वदलिन लागेकै हो त ? के मधेशमा सि के राउतको अभियानले मृत रुप लेला ? श्रीवास्तव उत्तर दिदा सचेत देखिन्थे । उनले भने, हेर्नुस, केही समय अझै पर्खनै पर्छ, तपाईको प्रश्नको उत्तर दिन । तर एउटा कुरा के ध्यानमा राखी राख्नु भने, मधेश राजनितीको धरातल विस्तारै होईन, तीव्र रुपमा परिवर्तनको क्रममा छ । आम मधेशी नागरिक अहिले द्धुविघामा देखिन्छ, संघियताको वारेमा व्यापक आशंका देखिन्छन मधेशी समाजमा । त्यसैले काठमाडौमा दोस्रो संविद्यानसभाले कस्तो संघियताको मोडल तय गर्छ, त्यसले मधेशको लागी धेरै महत्व राख्ने छन ।
 
मधेशी पार्टीहरुका नेतृत्वहरुले मधेश आन्दोलनको भावना अनुरुपको संघियता प्रमुख दलहरु संग लिन सक्ला जस्तो कतै सुनिनमा आईरहेको छैन । त्यसैले मधेशीहरुमा सिके राउत प्रति ठुलो लगाव देखिन सम्भावना म पनि याहा देखिदै छु ।
 
श्रीवास्वतसंगको लामो भलाकुसारी पछि वेलुकी एक जना स्थानिय अधिवक्ता र सिके राउतको अभियानको एक जना अगुवासंग भेटघाट भएपछि मधेशको स्थानिय अवस्था वारे अनेक कयौन मेरा प्रश्नहरुको उत्तर आयो । सिके राउतका अभियानी यो अभियान प्रति यती साकारात्म्क देखिए कि म समेत छक्क परे ।
अधिवक्ता मित्रले भन्दै थिए, हेर्नुस काठमाडौमा संघियताको नाममा मधेशीहरु संग जती वलजफती हुदै छ, त्यो सबैले मधेशमा सिके राउतको औचित्यता प्रमाणित गर्दै छ ।
 
गएको आइतवार परासीमा भएको मन्थन पश्चात म सोमवार विहानै भैरहवामा केही समय विताएर दिउसो कपिलवस्तूको सदरमुकाम तौलिहवा पुगे ।
 
तौलिहवा आफैमा मधेश राजनितीको एउटा महत्वपुर्ण ठाउ हो । दिउसो मधेश आन्द्योलनताका उपेन्द्र यादवका एक वरिष्ठ सिपाहीसंग वजारमा भेटघाट भयो । उनी कुराकानी सुरु गर्ने वितिकै भने, सर म उपेन्द्र यादव संग थिए, गौर घटना देखि लहान घटना सम्म । मेरो परिचय बुझनुस । पहिलो संविद्यान को अन्ततिर उनी फोरम नेपाल परित्याग गर्न पुगे । मैलै ती उपेन्द्र यादवका पुर्व एक वरिष्ठ सिपाहीलाई सुरु मै सोधे, मधेशी नेताहरुले भने जस्तो आन्द्योलन हुन्छ त ? उनी वडो आक्रोशित भएर मलाई भने, हेर्नुस आन्दोलन त हुन्छ हुन्छ ? किनकी विना आन्द्योलन संघियता आउने वाला छैन ? तर अव आन्द्योलन यती उग्र हुन्छ कि कसैले कल्पना समेत गरेका छैनन । मैलै उनलाई हालै भएको मसाल जुलुसहरुमा मान्छे नै थिएन भने टिकाटिप्पणीहरु आईरहेका छ त ? कसरी ठुलो आन्द्योलन हुन्छ भनेर प्रतिप्रश्न गर्दा उनी थप कडा उत्तर दिदै भने, हामीलाई अहिले सम्म काहा जनतालाई सडकमा उत्रनका लागी आदेह आएको छ र ? समान्य मसाल जुलुस गर्न भन्छन, त्यो पनि १ घन्टे आदेशमा । त्यसैले हामी समान्य रुपमा काम चलाउ काम गर्ने गर्छौ ।
 
मधेशमा पछिल्ला समयमा विकसित हुदै भईरहेको वातावरण कसैको पक्षमा नभए पनि यसलाई उचित व्यवस्थापन नगरे ठुलो दुर्घटना तिर लम्किने लगभग निश्चित छ । सिके राउतलाई देखाएर संघियता माथी पनि प्रहार हुने काम काठमाडौमा सुरु भईसकेको देखिन्छ । तर वुद्धमानी यही होला कि संघियतालाई उचित व्वस्थापन गरेर मधेशलाई राज्यले आफनो विश्वासमा लिनु पर्छ । 

No comments:

Post a Comment