Friday, January 23, 2015

मधेशी मोर्चाद्धारा भोली आन्दोलनको घोषणा हुदै


 
नयां संविद्यानमा मधेश आन्दोलनको मर्म अनुसार संघियता नआउने निष्कर्ष निकाल्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भोली शनिवार आन्दोलनको घोषणा गर्दै छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाकै घोषणामा पहिलो संविद्यानसभाको पुर्वसन्धयामा दोस्रो मधेश आन्दोलन भएको थियो ।
 
आज दिउसो सिंहदरवार स्थित तराई मधेश मधेश लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यलयमा मधेशी पार्टीहरुको भएको अनौपचारिक छलफलले भोली मोर्चाको औपचारिक बैठक गरेर आन्दोलन घोषणा गर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए ।

आजको अनौपचारिक बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सहित नेताहरु लक्ष्मण लाल कर्ण, हृदेश त्रिपाठी, वृषेशचन्द्र लाल, फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय उपस्थित थिए । यी नेताहरु सम्मलीत मोर्चाको अनौपचारिक बैठकले सदभावना पार्टीका अध्यक्ष महतोलाई भोली मोर्चाको औपचारिक बैठक बोलाउने जिम्मा दिएको छ ।

आजै संविद्यानसभाको बैठकमा मधेशी सभासद सहित अन्य विपक्षी सभासदहरुले नारावाजप् गरिरहदा सभामुख सुवासचन्द्र नेम्वाडले आईतवार आफैले प्रक्रिया थाल्ने जानकारी गराएका थिए ।
सदभावना पार्टीले यस अघि नै संघियतामा संख्याको हिसावले पेल्न खोजीए आफुहरुले राजिनामा दिने निर्णय गरिसकेको छ । त्यसैगरी तमलोपाले पनि आफना समानुपातिक सभासदहरुलाई पठाउनु भन्द्या पुर्व नै राजिनामा चिठीमा हस्ताक्षर गराएर राखेका थिए ।
 
भोली बस्ने मधेशी मोर्चाको बैठकले आन्दोलनको घोषणा गरेर एमाओवादी सहितको १९ दलीय मोर्चामा त्यसको जानकारी गराउने र त्याहावाट सहमती लिने निचोड निकालिइएको छ । एमाओवादीले समर्थन नगरे मधेशी मोर्चा एक्लै पनि संघियताका लागी आन्दोलनमा होमिने निष्कर्ष निकाले नेताहरुले बताएका छन ।

No comments:

Post a Comment