Monday, January 19, 2015

मधेश विद्रोहको ८ बर्ष - धरापमा संघियता र नेतृत्व


 
आज माघ ५ गते । मधेश विद्रोहको ८ बर्ष पुरा भएको छ । २०६३ माघ १ मा अन्तरिम संविद्यानमा संघियता उल्लेख नगरेको भन्दै सुरु भएको मधेश विद्रोहले तत्काल अन्तरिक संविद्यान संशोधन गराएर संघियता उल्लेख गराएका थिए । संघियताका लागी त्यत्रो भएको विद्रोह भएको आज ८ पुरा भईरहदा नेपालको पुरै राजनिती संघियताको विवादमा रुमलीएको देखिन्छ । मधेश विद्रोहले अघि सारेको समावेशी सहितको संघियताको मुद्धा आज कतै आझेलमा पर्दै गएको होईन भन्ने आशंका व्याप्त देखिन्छ । जनकपुर स्थीत वरिष्ठ साहित्यकार प्राध्यापक राजेन्द्र विमल विमल भन्छन, त्यो स्वभाविकै हो । विमल भन्छन, मधेश विद्रोहको ८ बर्षमा यसलाई उचित व्यवस्थापन गर्ने काम गरिएन, वरु यसलाई दुहिने काम गरियो जसले आज अनेकन अप्ठायारा र मधेशी नागरिकहरुमा तीव्र असन्तुष्टि पैदा गराएको छ  । विमलका अनुसार मधेश विद्रोहले राष्टिय पहिचान पाएका मधेशी पार्टीहरुका नेतृत्वहरुको क्रियाकलापका कारण कतै मधेशको मुद्धा नै समाप्त पार्न सकिन्छ कि भन्ने दाउमा एकथरी देखिन्छ, जुन सर्वथा गलत हो । उनी भन्छन, यो अहिलेका केही शक्तिधारीहरुश्रको दिवास्पवन हो, मधेश विद्रहोले मधेशको यर्थाततालाई वाहिर ल्याइ दिएको छ, यसलाई सहि व्यवस्थापन गर्नुको राज्यको कर्तव्य हो । यदी यसलाई सहि व्यवस्थापन गरिएनन भने यो कुरा थप समस्या भएर अघि आउने छ ।


धरापमा संघियता



मधेश विद्रोहको प्रमुख माग थियो एउटा संघियता । जसलाई तत्कालिन अन्तरिम संविद्यानले पनि अन्तह स्विकार गर्यो । दलहरुले अन्तरिम संविद्यानले स्विकार गरे झै मुलुक नयां संविद्यान मार्फत संघिय व्यवस्थामा जाने ग्यारेन्टी त्यती वेला गरेका थिए । तर दोस्रो संविद्यँनसभाको महत्वपुर्ण घडीमा हामी रुमल्लीरहेको आजको यो समयमा के साच्चिकै नेपाल संघिय व्यवस्थाको ठोस प्रारुपमा प्रवेश गर्न लागेका हुन त ? नेपालका राजनितीक खेलाडीहरुका अनुसार मुलुक संघियतावाट पछाडी फर्कने एउटा ठुलो अभ्यासमा अहिले लागी परेको छ । जसमा घरेलू देखि वाह्य कारणहरु त्यतीकै महत्वपुर्ण रुपमा अगाडी आईरहेको देखिन्छ ।
 
तीन हप्ता पहिले काठमाडौ आएका चिनियाहरुको एउटा उच्च स्तरीय थिंक टयांक समुहले नेपाल प्रमुख राजनिती खेलाडीहरु सुझाए, नेपालमा काहा छ संक्रमण, अन्तरिम संविद्यानलाई पुर्ण नयां संविद्यान भनेर जारी गर्नुस, संघियताको लफडामा नफस्नुस, यो नेपालका लागी उपयुक्त छैन । उक्त उच्च स्तरीय थिंक टयांक समुह केही मधेशी नेताहरु संग पनि काठमाडौमा गोप्य छलफलहरु गरेका थिए ।  चिनिया उच्च स्तरीय थिंक टयांक समुह काठमाडौ वाट फर्केको दुई पछि भारतीय सुरक्षाका उच्च अधिकारीहरु समान्य प्रोफाईलमा काठमाडौमा झरे । उनीहरु काठमाडौ आउनुको एक प्रमुख उदेश्य थियो, संघियता विनाको नयां संविद्यान जारी भएमा नेपालको हरेक क्षेत्रले स्विकार गर्छ कि गर्दैन ? भारतीय पक्षको नेपालको सवै भन्दा नजिकतम मित्र नेपाली सेनाले त्यस सन्दर्भमा ती अधिकारीहरुलाई भरपुर सम्झाएर आशवास्त पारेको केही भित्रियाहरुको भनाई छ । नेपाली सुरक्षा अधिकारीहरुले भारतीय अधिकारीहरुलाई नेपालमा तत्कालै कसैको आव्हानमा ठुलो आन्द्योलन हुन सक्ने अवस्था नरहेको आफनो अध्यन सुनाए । यद्यपी भारतीय अधिकारीहरु ले अवस्था भडकिएमा भारतका लागी थप सुरक्षा चुनौती वढन सक्ने आशंका व्यक्त गरेको वुझिइएको छ ।
 
पछिल्लो समयमा नेपालमा हुने हरेक चिनिया गतिविधि प्रति संशकित रहने भारतीय पक्ष संघियता विरुद्धको मोर्चावन्दीमा एकै ठाउमा देखिन्छ । जुन दुवैको आफ आफनै भु राजनितीक स्वार्थले गासिएको छ ।
 
कतिपय जानकारहरुको बुझाईमा भु राजनितीक स्वार्थमा पिल्सीएको संघियतामा नेपालका पनि एउटा पक्षको धाप देखिए पछि यो थप अन्योलग्रस्त देख्न थालिएको छ । नेपालका आन्तरिक खेलाडीहरु अहिले सम्म कसैले पनि मुख खोलेर संघियाताको विरुद्धमा नलागेको देखिए पनि वर्तमान संविद्यान निर्माणको प्रक्रियालाई लम्बयाउदै संघियता विरुद्धको जनमत तयार पार्न उद्धत देखिन्छ ।

 

धरापमा मधेशी नेतृत्व 


सिरहा क्यामपसका प्राध्यापक चन्द्येश्वर यादव भन्छन, मधेश विद्रोको ८ बर्षमा मधेश मजवुत हुनुको सटा थप कमजोर बन्दै जानुमा अन्य पक्षको संगै मधेशी नेतृत्वहरु पनि प्रमुख दोषी छन । उनी भन्छन, मधेश आक्रोशित छन वर्तमान मधेशी नेतृत्वहरु प्रति र खोजीमा छन नयां विकल्पहरुको अभ्यासमा ।  यादवका अनुसार वर्तमान सन्दर्भमा संघियताको मुद्धा कमजोर हुनुमा पनि वर्तमान मधेशी नेतृव्हरु जिम्मेवार छन । यादव भन्छन, मधेश विस्तारै फेरी अर्को आन्द्योलन गर्नु पर्छ भन्ने मनस्थितीमा पुगेको देखिन्छ र अब हुने आन्दोलन विगत भन्दा थप आक्रोशित हुन सक्छ । उनी भन्छन, यसले फेरी नयां नेतृत्वहरुलाईै जन्माउनेमा कुनै दुईमत देखिदैनन ।
 
हुनत दोस्रो संविद्यनानसभाको निर्वाचनमा मधेशी नेतृत्वहरु असफल देखिए संगै मधेश राजनितीमा विकल्पको खोजी तीव्र रुप भईरुहेको देखिन्छ ।
 
मधेश राजनिती देखिन थालेको सम्भावना युक्त नयां शक्ति कुन रुपमा कसरी र कहिले उदय हुन्छ त्यो त अहिले नै भन्न सकिन्न । तर भवियष्मा मधेशले खोजीरहेको नयां शक्ति निर्माणको यात्रा भन्ने कम चुनौती पुर्ण देखिदैनन । मधेश राजनितीको जनाधार नयां शक्तिको पक्षमा भए पनि अरु चुनौतिहरु त्यतीकै ठुलो पहाडको रुपमा देखिन्छ ।
 
वर्तमान मधेशी नेतृत्वहरु प्रतिको मधेशमा देखिएको विखराव नै नयां शक्तिको मुख्य आधार देखिन्छ । त्यसैले भविष्यमा नर्या शक्तिको सबै भन्दा ठुलो चुनौति पनि यीनै नेतृत्वहरु देखिनेमा कुनै दुईमत छैन । मधेश आन्दोलन पश्चात मधेश राजनितीले पाएको शक्तिको चरम दुरुपयोग गरेका वर्तमान मधेशी नेतृत्वहरुको कारण मधेशी युवा जमातमा देखिएको आक्रोश कसरी व्यक्त होला वा हुन नदिन विभिन्न प्रपन्च गरी रोकिने छ, त्यो हेर्न त अहिले बाकि नै छ । तर एउटा कुरा त के निश्चित छ भने यर्थातलाई रोक्दैमा रोकिन्न । त्यो कुनै न कुनै स्वरुप ग्रहण गरेर सतहमा प्रगट हुने नै छन ।
 
एक जना युवा मधेशी नेताको भनाईमा स्रोत साधन तथा पहुचको अभाववाट ग्रुजीरहेका मधेशी युवा नेताहरुलाई सम्भावित नयां शक्तिको लागी एकत्रित हुन नदिन नेतृत्वहरु विभिन्न प्रलोभन दिनुको साथै उनीहरु माथी नानाथरी योजनाहरु देखाउन थालेका छन । ती युवा अभियानीको बुझाईमा हालका लागी अन्तराष्टिय शक्ति केन्द्रहरु समेत त्यती सहज देखिएका छैन । तर मधेशको सतहमा देखिएको जनमतलाई कसरी आफनो ढंगले उपयोग गर्न सकिन्छ कि भन्ने दाउमा विभिन्न अध्यन विश्लेषन गर्दै बसीरहेका छन । जानकारहरुको बुझाईमा अन्तराष्टिय शक्ति केन्द्रहरुलाई अझै केही समय लाग्ने छ प्रष्ट हुन लाई ।
 
तर समयमा सधै चुक्ने केही प्रभावशाली शक्ति केन्द्रहरु फेरी एक चोटी चुक्ने छाटकाट देखिदै छन । उनीहरुको वुझाई र गराई विचको मतभिन्नताले उनीहरुलाई पछताउने वाहेकको विकल्प उनीहरु संग हुने छैन । मधेशी युवा जमातको बुझाईमा पुर्नजीवित भएको मधेशी मोर्चा फेरी कुनै न कुनै वाहानामा सरकारमा सामेल हुने छाटकाटहरु देखिन थालेका छन । मधेशी जनताले चाहेको वेला कहियै पनि एक नहुने मधेशी नेतृत्वहरु नयां सरकार बन्ने चर्चाको वेला जहिल्यै पनि एक हुने गरेको ईतिहास छ ।

No comments:

Post a Comment