Saturday, January 17, 2015

संयुक्त मधेशी राष्टिय आन्द्योलन समिती द्धारा कार्यकारी निकायहरु गठन


मात्रिका यादवको अगुवाईमा पछिल्लो समयमा सक्रिय बनाइएको संयुक्त मधेशी राष्टिय आन्दोलन समितीले आफनो विभिन्न कार्यकारी समितीहरुको निर्माण गरेको छ । विरगंजमा गएको ३० पुषमा समितीको भएको बैठकले कार्यसम्पादन समिती, राजनितीक संवाद समिती, आर्थिक समिती, सल्लाहकार समिती र विदेश विभाग गरी पांच ओटा समितीहरु निर्माण गरेको छ । मात्रिका यादवको संयोजकत्वमा गठन गरिएको कार्यसम्पादन समितीको सहसंयोजकमा गोपाल ठाकुर सहित ३४ जना, राजनितीक संवाद समितीमा यादव, ठाकुर सहित ७ जना, आर्थिक समितीमा भरत साह, देवेन्द्र यादव र धनश्याम रजक गरी तीन जना र तीन सदस्यीय सल्लाहकार समितीको साथै देवेन्द्र यादवको नेतृत्वमा विदेश समिती गठन गरिएको छ ।

गएको पुष ८ र ९ गते जनकपुरमा मात्रिका यादवले भेला गरेर संयुक्त मधेशी राष्टिय आन्दोलन समितीको घोषणा गरेका थिए । जुन समितीमा पुर्व देखि पश्चिमका सवै जिल्लाहरु वाट ९० जना प्रतिनिधिहरु छन । विरगंजमा गएको ३० पुषमा भएको बैठकले आन्द्योलन समितीको प्रवक्तामा वलराम यादवलाई चयन गरिएको यादव द्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हालै यो आन्द्योलन समिती र जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्टिय अभियान विच सहकार्यको घोषणा गरिएको थियो । साथै यो समिती पदमरत्न तुलाधर नेतृत्वको जनजाती आन्द्योलन संग पनि सहकार्यमा छन ।
विरगंज वैठकले आउदो ७ गते मधेशका सदरमुकामहरु सहित प्रमुख वजारहरुमा प्रर्दशन गर्ने समेत निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment