Friday, January 16, 2015

राजाराम झा मृत्यूमा प्रहरीद्धारा वल प्रयोग नभएको राष्टिय मानव अधिकार आयोगको प्रारम्भिक ठहर


 
२८ पुषमा एमाओवादी तथा मधेशी मोर्चाले गरेको मधेश बन्दको क्रममा जनकपुरमा राजाराम झाको मृत्यू भएको थियो । मृत्यू पछि एमाओवादी तथा मधेशी मोर्चाले प्रहरीको वल प्रयोगवाट झाको मृत्यू हुन गएको भन्दै बन्दलाई एक लम्बाउदै थप आन्दोलन गरेका थिए । तर उक्त घटनाको अनुसन्धानमा खटेको राष्टिय मानव अधिकार आयोगले झाको मृत्यूमा प्रहरीद्धारा वल प्रयोग नभएको देखिएको बताएको छ ।

राष्टिय मानव अधिकार आयोग स्रोतले भन्यो  भने, हाम्रो प्रारम्भिक अनुसन्धानले त्याहा प्रहरी द्धारा वल प्रयोग नभएको देखियो । यद्यपी घटना पश्चात एमाओवादी तथा मधेशी मोर्चा सम्मलीत टोली र स्थानिय प्रशासन विच ६ बुदे सहमती भएको थियो । झा एमाओवादीका साधारण सदस्य समेत थिए । २५ बर्षीय झाको जनकपुरको भ्रमरपुरा चौकमा २८ पुषमा बन्दकर्ताहरुको जुलुसको क्रममा मृत्यू भएको थियो । उनको मृत्यू पश्चात एमाओवादी तथा मधेशी मोर्चाले जनकपुरको अन्चल कार्यलयमा एउटा मोटससाईकलमा आगजनी समेत गरेका थिए ।


जनकपुर प्रहरीले आफुहरुले झा भ्रमरापुरा चौकमा अचानक लडेपछि आफुहरुले उनलाई उद्धार गरेर अन्चल अस्पताल पुर्याएको जनाएको थियो । अन्चल अस्पतालले झालाई तत्काल मृत घोषणा गरेका थिए ।
२८ पुषमा झाको मृत्यू लगतै काठमाडौमा एमाओवादी तथा मधेशी मोर्चाको संयुक्र वैठकले झालाई प्रहरीले मारेको आरोप लगाउदै सहिद घोषणा गर्नुको सार्थ क्षतीपुर्ती दिन माग गरेको थियो । २९ पुषको वेलुकी स्थानिय प्रशासन र स्थानिय ३० दलीय मोर्चा विच ६ बुदे सहमती समेत भएको छ । उक्त सहमती पश्चात ३० पुषमा एमाओवादी अध्यक्ष प्रचण्ड र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो जनकपुर पुगेर झाको शव माथी पार्टीको झण्ड ओढाएर सम्बोधन समेत गरेका थिए ।


राष्टिय मानव अधिकार आयोग स्रोतका अनुसार आयोग अझै उक्त घटनाको थप अनुसन्धान गरिरहेको छ । स्रोतले भन्यो , हामी पोष्टमार्टम रिर्पोटको पर्खाइमा छौ, त्यस पछि हामी आफनो अनुसन्धान आधारको कुरा अगाडी ल्याउने छौ । 

No comments:

Post a Comment