Thursday, January 15, 2015

काग्रेसका मधेशी सभासदहरुले भने - प्रक्रियामा सहभागी हुन्न


 
नेपाली काग्रेस र नेकपा एमालेले मधेशी पार्टीहरु तथा एमाओवादी लाई पेलेरै भए पनि प्रक्रिया मार्फत नयां संविद्यान जारी गर्ने बताई रहेको भए पनि काग्रेसका मधेशी तथा जनजाती सभासदहरुले आफुहरु त्यस्तो हुन नदिने बताएका छन । वुधवार र विहिवार प्रधानमन्त्री निवास वालुवाटारमा भएको काग्रेसको संसदीय दलको बैठकमा बोल्ने अधिकांश मधेशी तथा जनजाती सभासदहरुले नेतृत्वलाई संघियतामा सहमती नगरेर प्रक्रियामा गए आफुहरु त्यसमा सहभागी नहुने बताएको नेताहरुले बताएका छन । नेपाली काग्रेसमा मधेशको तर्फवाट प्रतिनिधित्व गर्ने मधेशी सभासदहरु अमरेश सिंह, फरमुल्लाह मंसुर, महेन्द्र यादव, तेजुलाल चौधरी सहित जनजाती सभासदहरुले समेत प्रक्रियाको विरुद्धमा उभिने चेतावनी दिएको छ ।

विहिवारको बैठकपछि काग्रेस सभासद अमरेश सिंहले भने, एक दुई जना मधेशका साथी वाहेक हामी सवै एकै स्वरमा  प्रक्रियाको विरुद्धमा बोलेका छौ र नेतृत्वलाई प्रस्टमा भनेका छौ, पार्टी सहमती विना प्रक्रियामा गए हामी त्यसको विरुद्धमा उभिने छौ । सिंहका अनुसार काग्रेसको मधेशी सभासदहरुको भनाई जनजाती तर्फवाट प्रतिनिधित्व गर्ने सभासदहरुले पनि साथ दिएका छन । पछिल्लो समयमा काग्रेसका मधेशी सभासदहरु पार्टी नेतृत्वकै लाईनमा सहमत रहेको आशय सहितको सामाचारहरु आएको थियो । सिंहले त्यसलाई प्रायोजित मिडिया प्रोपगाण्डाको संज्ञा दिए । सिंहले भने, केही साथी मिडिया प्रोपगाण्डामा लागेको हामीले पनि देखेका छौ, यर्थात त्यस्तो छैन, समय आए पछि सबै कुराहरु प्रस्ट हुने छ ।

सिंहका अनुसार मधेशी तथा जनजाती सभासदहरुले पार्टी नेतृत्वलाई सात प्रदेशको खाका फिर्ता लिएर आफुहरु सग सल्लाह गरेर नयां मोडेलमा जान सुझाएका थिए ।

No comments:

Post a Comment