Saturday, January 10, 2015

मधेशी संग लडने यो राज्यसत्ताको अकौत छैन - मात्रिका यादव


 
पछिल्लो समयमा संयुक्त मधेशी राष्टिय आन्दोलन समिती बनाएर मधेशमा सक्रिय मात्रिका यादवले यो राज्यसत्तालाई मधेशीहरु संग लडने अकौत नभएको बताएको छ ।  काठमाडौमा शनिवार संयुक्त मधेशी राष्टिय आन्दोलन समितीले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै यादवले भने, काग्रेस एमालेलेमा अहिले जुन उन्माद देखिएको छ, त्यो मधेशीहरुमा आन्दोलनमा होमिए १ घण्टामा शान्त हुन्छन । मधेशमा अघोषीत रुपमा सेना परिचालन भईसकेको छ, यादवले भने, राज्य यती डराएको छ कि मधेशीहरु आन्दोलन गरेर आफनो अधिकार लिइहाल्छ कि भन्नेमा त्रस्त छन । यदी साच्चिकै मधेशीहरु आन्दोलनमा आए काग्रस, एमाले र राज्यसत्ता १ घण्टामा झुक्न बाध्य हुने यादवको भनाई थियो ।

आन्दोलन समितीले मुख्य गरी नयां संविद्यानमा मधेशको अधिकार सुनिश्चित गर्नका लागी गर्ने भनिएको आन्दोलन वारेमा युवाहरु संग शनिवार काठमाडौमा अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय मधेशी युवाहरुको सहभागीता थियो । आन्दोलन समितीले गएको ८ र ९ पुषमा जनकपुरमा सर्वपक्षिय भेला मार्फत बनाएको अवधारणा माथी समेत छलफल गरिएको थियो ।



कार्यक्रममा पुर्वमन्त्री धनश्याम यादव, सदभावना पार्टीका प्रवक्ता संतोष मेहता, स्वाभिमान मधेशका अगुवा डा शरदसिंह यादव, विक्की यादव, तमलोपाका रोशनराज चौधरी लगायतका विभिन्न क्षेत्रमा सक्रिय झण्डै ५० जना युवाहरुको सहभागीता थियो ।
 
कार्यक्रममा युवाहरुले वर्तमान सन्दर्भमा मधेशमा कसरी आन्दोलन गर्ने वारेमा वृहत रुपमा छलफल गरेका थिए । छलफलको क्रममा सहभागीहरु संगको अन्त्क्रियालाई सम्बोधन गर्ने क्रममा नेता मात्रिका यादवले अबको आन्दोलन सम्झौता विहिन आन्दोलन हुने बताए । आत्म निर्णयको अधिकार सहितको एक मधेश एक प्रदेश र समानुपातिक सहभागीता हाम्रो एजेण्डा हुने र यी एजेन्डावाट आन्दोलन समिती एक इन्च पनि तल नझर्ने उनले बताए ।
 
यादवले राज्यले सेना पुलिस मधेशमा परिचालन गरेर मधेश आन्दोलन हुन नदिने रणनिणीमा रहेको बताउदै भने, त्यो राज्यको भ्रम हो । आजको समयमा पनि जनताको अधिकारलाईै यो वाहानामा वा त्यो वाहानामा दिन्न भन्ने सोच्नु मुर्खता हो, यादवले भने, मधेशमा आन्द्योलनको आवश्यकता छ, त्यसैले हामी आन्द्योलनमा होमियौ ।

 
मात्रिका यादव - जेपी गुप्ता विच सहकार्यको घोषणा 


 
जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्टिय अभियान र संयुक्त मधेशी राष्टिय आन्दोलन समिती विच शनिवार काठमाडौमा सहकार्यको घोषणा भएको छ  । शनिवार विहान काठमाडौमा पत्रकार सम्मेलन गरेर अभियानको संयोजक गुप्ता र आन्दोलन समितीको तर्फवाट मात्रिका यादवले आन्द्योलनको खाका सहितको प्रतिवद्धता पत्रमा सही गरेर सहकार्य भएको घोषणा गरेका थिए ।

No comments:

Post a Comment