Friday, January 9, 2015

मात्रिका यादव र जेपी गुप्ता विच भोली कार्यगत एकताको घोषणा हुने


 
पछिल्लो समयमा मधेशमा सक्रिय हुन थालेका मात्रिका यादव र तराई मधेश राष्टिय अभियानका संयोजक जेपी गुप्ताले शनिवार कार्यगत एकताको घोषणा गर्दै छन । माओवादी जनयुद्धका  एक जना प्रमुख अगुवा यादवको पहिलो मधेश विद्रोहको पृष्टभुमि तयार पार्न महत्वपुर्ण भुमिका भएको जानकारहरु बताउछन भने गुप्तालाई तत्कालिन अवस्थाको फोरमलाई उचाईमा ल्याउने प्रमुख भुमिकाकारको रुपमा चित्रण गर्ने गरिन्छ ।

दोस्रो संविद्यानसभामा संघियताको मुद्धामा ठुलो किचलो देखा परिरहेको बेला यादव र गुप्ताको कार्यगत एकतालाई मधेशको राजनितीक वृतमा ठुलो महत्व देखिन्छ । गुप्ता नेतृत्वको अभियानले दोस्रो संविद्यानसभामा भाग लिएका थिएन भने पछिल्लो समयमा उनले मधेशी पार्टीहरुलाई संविद्यानसभा परित्याग गर्न सार्वजनिक अपिल जारी गरेको थियो ।

मात्रिका यादवको व्यक्तित्व शैलीको मधेशमा ठुलो प्रभाव छ भने गुप्तालाई मधेश राजनितीकको रणनितीकारको रुपमा व्याख्या गरिन्छ । पछिल्लो समयमा यी दुवै नेताले मधेशमा संघियताको लागी आन्दोलनमा जानु पर्ने बताउने गरेका छन ।
 
लामो समयमा काग्रेसमा राजनिती गरेका गुप्ता र लामो समय माओवादीमा राजनिती गरेका यादव दुवै मधेशमा अधिकारको लागी गर्न लागेको कार्यगत एकताले मधेश राजनितीमा ठुलो महत्व राख्ने छन ।

No comments:

Post a Comment