Thursday, January 8, 2015

मधेशका जिल्लाहरुमा एमाले अध्यक्ष ओलीको पुतला जलाइयो - ओली भन्छन, यो जुनीमा माफी माग्न सकिन्न


बुधवार प्रमुख चार दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई संघियताको सवालमा जथाभावी कुरा गर्दै  अपमानीत हुने गरी गरेको व्यहवारको विरोधमा  मधेशका जिल्लाहरुमा आज ओलीको पुतला जलाउनुको साथै त्यसको विरुद्धमा प्रदर्शन गरिएको छ । बुधवार विहान प्रधानमन्त्री निवास वालुवाटमा भएको बैठकमा महतोले मधेशका जिल्लाहरुलाई मधेश प्रदेशमै राख्न भनेपछि ओली कडकिएर महतो सहितका मधेशी मोर्चाका नेताहरुमाथी खनिएका थिए ।

वुधवार काठमाडौमा सदभावना पार्टीले पनि ओलीको पुतला दहान गरेका थिए । आज विहिवार मधेशका सबै जिल्लाहरुको सदरमुकामहरु लगायत प्रमुख बजारहरुमा मधेशी पाार्टीहरुले ओलीको पुतला जलाउनुको साथै ओली विरुद्ध नारावजी गरेका थिए । झापा, मोरड र सुनसरी जिल्ला संघर्ष समितीले ती तीन जिल्लाहरुमा एक घन्टा चक्का जाम समेत गरेका थिए ।

 


बुधवार ओलीले मधेशी नेताहरु माथी अनिए पछि मधेशी मोर्चाको भएको आपतकालिन बैठकले ओलीले माफी नमागे सम्म एमाले सम्मलीत कुनै पनि बैठकहरुमा सहभागी नहुने निर्णय समेत गरेको थियो । त्यसै अनुरुप विहिवार विहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको प्रमुख दलहरुको बैटकमा मोर्चा सहभागी भएन । बैठकमा पुगेका एमाले अध्यक्षले आफुले मधेशी नेताहरुलाई नहोच्याएको भन्दै कुनै पनि शर्तमा मोर्चा संग माफी वा आत्मलोचना नगर्ने बताएको समाचारहरुमा जनाईएको छ । ओलीले बैठक पछि पत्रकारहरु संग कुराकानी गर्दै भने, माफी यो जुनीमा म संग सम्भव छैन, मैलै मधेशी मोर्चाको साथीहरुलाई होच्याएकै छैन, वरु मधेशी मोर्चाका साथीहरुले मेरो अपमान गर्नु भएको छ ।

No comments:

Post a Comment