Wednesday, January 7, 2015

ओलीले माफी नमागे सम्म एमाले संग वार्ता नगर्ने मधेशी मोर्चाको निर्णय - सदभावनाले जलायो ओलीको पुतला


 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बुधवार वेलुकि बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीले क्षमायाचना नमागे सम्म एमाले संग कुनै प्रकारको वार्तामा सहभागी नहुने निर्णय गरेको छ । मोर्चाको बैठकले बुधवार विहान प्रधानमन्त्री निवास वालुवाटारमा प्रमुखदलहरुको बैठकमा एमाले अध्यक्ष ओली सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लाई अपशब्द प्रयोग गरेर अपमान गरेको भन्दै त्यसको भत्सर्ना समेत गरेको छ । वुधवार वेलुकी मधेशी मोर्चा आपतकालिन बैठकले सहमतीको प्रयासवाट मधेशी नभाग्ने तर एमाले अध्यक्ष ओलीले क्षमायाचना नमागे सम्म एमाले संग वार्तामा नबस्ने निर्णय गरेको मोर्चा द्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वुधवार विहान प्रधानमन्त्री निवास वालुवाटारमा प्रमुख तीन दल र मधेशी मोर्चाको संयुक्त बैठकमा सदभावना पार्टीका अध्यक्ष महतो माथी एमाले अध्यक्ष ओलीले विभिन्न अपशब्लहरु प्रयोग गर्दै अपमानजनक व्यहवार प्रर्दशन गरेको बैठकपछि नेताहरुले बताएका थिए । नेताहरुका अनुसार दलहरुले निर्णयक भनेको वार्ताको क्रममा सदभावना पार्टीका अध्यक्ष महतोले पुर्वी मधेशका जिल्लाहरु झापा, मोरड, सुनसरी तथा पश्चिमका कैलाली तथा कन्च्नपुरलाइ मधेश प्रदेशमै राख्ने गरी तराई मधेशमा दुई प्रदेश बनाउन प्रस्ताव गरेका थिए । महतोको भनाई सकिने लगत्तै एमाले अध्यक्ष ओलीले कडकिएर महतो लगायत मधेशी मोर्चाका नेताहरु माथी खनिएका थिए ।

ओली र काग्रेस नेता महेश आचार्य लगायतकाले मंगलवार मात्रै काठमाडौमा पुर्वका सभासदहरुलाई भेला गराएर झापा, मोरड र सुनसरीलाई जसरी भएर पनि मधेश प्रदेश राख्न नदिने र पहाड तिर गाभ्ने उदघोष गरेका थिए । ओली झापावाट प्रतिनिधित्व गर्छ भने काग्रेस नेता आचार्य मोरडवाट ।
 
वालुवाटारमा ओलीले मधेशी मोर्चा माथी खनिए पछि निर्णयक भनिएको वार्ता भंग भएको थियो । मंगलवार मात्रै काग्रेस, एमाओवादी र मधेशी मोर्चाको भएको बैठक अत्यन्तै साकारात्मक भएको भन्दै वुधवार निर्णयक ढंगले वार्ता हुने नेताहरुले बताएका थिए । केही समय पहिला एमाले अध्यक्ष ओली मधेशी मोर्चाका अध्यक्षहरुलाई भोजमा निम्तो गरेर आफुलाई प्रधानमन्त्री बन्न सघाउन प्रस्ताव गर्नुको सार्थ एमाओवादी संग मोर्चा फुटाउने प्रयास गरेका थिए । तर मधेशी मोर्चाका नेताहरुले संघियता पहिला सहमती गरेर नयां संविद्यान जारी गर्न ओली समकक्ष पुर्व प्रस्ताव राखेका थिए ।
 
सदभावनाले जलाए ओलीको पुतला 



 
एमाले अध्यक्ष ओलीले आफनो पार्टीको अध्यक्ष राजेन्द्र महतोलाई अपमान गरेको भन्दै सदभावना पार्टीले आज काठमाडौमा ओलीको पुतला जलाएका छन । सदभावना पार्टी कार्यलयको अगाडी उक्त पार्टीका नेताहरु भेला भएर ओलीको पुतला जलाएका थिए । साथै विहिवार मधेशै भरी सदभावना पार्टी लगायत मधेशी मोर्चामा सम्मलीत सबै मधेशी पार्टीहरुले एमाले अध्यक्ष ओलीको पुतला जलाउने अनौपचारिक निर्णय गरेको छ ।




1 comment:

  1. NOW THE REAL POLITICS STARTED. LET US LOOK FORWARD.

    ReplyDelete