Tuesday, January 6, 2015

फोरम नेपाल द्धारा ३० दलीय मोर्चाको प्रस्ताव अनुमोदन


 
मंगलवार देखि सुरु भएको मधेशी जनअधिकार फोरम नेपालको राजनितीक समितीको बैठकले हालै ३० दलीय मोर्चाले संविद्यान निर्माणको वारेमा अघि सारेको अवधारणालाई अनुमोदन गरेको छ । ३० दलीय मोर्चामा फोरम नेपाल सहित मधेशी मोर्चामा आवद्ध मधेशी पार्टीहरु सहभागी छन । ३० दलीय मोर्चाले सोमवार मात्रै साझा अवधारण बनाउदै  प्रमुख चार पार्टीहरुको बैठकमा पेश गरेको थियो ।

 मंगलवार सुरु भएको फोरम नेपालको राजनिती समितीको बैठकमा अध्यक्ष उपेन्द्र यादवले हाल नयां संविद्यानको लागी भईरहेको वार्ताको वारेमा समेत नेताहरुलाई अवगत गराएका थिए । संविद्यान सभाको राजनितीक संवाद समितीमा फोरम नेपालले संघिय मोर्चा र मधेशी मोर्चाको भन्दा भिन्नै प्रतिवेदन प्रस्तुत प्रस्तुत गरेका थिए । फोरम नेपालले संवाद समितीमा छुटै प्रस्तुत गरेको प्रतिवेदनमा एक मधेश एक प्रदेशको माग गरिएको थियो । तर ३० दलीय मोर्चाले अघि सारेको अवधारणामा मधेशमा दुई प्रदेशको परिकल्पना गरिएको छ । यस अघि मधेशी मोर्चाले समेत दुई मधेश प्रदेशको अवधारणा संवाद समितीमा पेश गरेका थिए ।

फोरम नेपालको राजनितीक समितीको बैठक बुधवार पनि जारी रहने फोरम नेपालले जनाएको छ ।

No comments:

Post a Comment