Saturday, January 3, 2015

द्धन्दको नयां सुरुङमा फस्दै मधेश



संघियताको मुद्धामा काठमाडौ केन्द्रित राजनितीको केन्द्रमा मधेश गिजोलिरहेको वेलामा मधेशमा भन्ने विभिन्न उकुसमुकसहरु सतहमा देखा परिरहेको छ । पछिल्लो केही समय यता मधेशमा भईरहेको विभिन्न गतिविधीहरुले कतै मधेशलाई फेरी एउटा लामो द्धन्दको सुरङमा त लगीरहेको छैन भन्ने आभास हुन थालेको छ । माओवादी द्धन्द चर्कीए संगै मधेशमा मौलाएको सशस्त्र समुहरुवाट पछिल्लो समयमा आक्रान्त बन्न पुगेको मधेशको जनजीवन फेरी कतै नयां द्धन्दको चपेटामा त भास्न थालेको छैन ? जानकारहरु भन्छन, संघियतामा मधेश आन्दोलनको भावनालाई प्रतिविम्व हुने चाडो राजनितीक स्थायीत्व भएन भने मधेश फेरी द्धन्दको सुरङमा फस्ने लगभग निश्चित रहेको कुरा वर्तमान गतिविधीहरु वाट देखिन थालिएको छ ।





मधेशमा अहिले के के भईरहेको छ ?
 
काठमाडौमा मधेशी नेताहरु एक पछि अर्को मोर्चाबन्दीको घोषणा गरीरहदा मधेशका सहरहरुमा सिके राउतको कार्यक्रमहरु चलीरहेको छ । हालै हिन्दू राष्टका लागी राप्रपा नेपालले चलाएको रथ अभियानको केन्द्र पनि मधेशकै अधिकाशं सहरहरु थिए । आज देखि एमाओवादी संगको मोर्चाको निर्णय अनुसार जिल्ला सदरमुकामहरुमा मधेशी पार्टीहरुका स्थानिय नेताहरु पनि विरोध प्रर्दशनमा उत्रेका छन । काग्रेस एमाले आफनो स्थानिय नेताहरुलाई सम्भावित प्रतिकारका लागी आन्तरिक तयारीमा राख्ने काम पनि भईरहेको छ । उता सुरक्षा निकायले ८ माघको सन्दर्भमा मधेशका जिल्लहरुलाई संवेदनशिल घोषणा गरेर उच्च सर्तकतामा राखेको छ ।
 
नेपालको राजनितीक खेलाडीहरु राम्ररी थाहा छ कि संविद्यानमा देखिएको असन्तुष्टि विरुद्ध मधेश नै उत्रने छ । त्यही भएर होला एमाओवादी अध्यक्ष प्रचण्ड सिमरौनगढ देखि जनकपुर सम्म पुगेर आमसभा गरेर काठमाडौ मधेशी मोर्चाको साथ छोडन तयार छैन ।
 
मधेशमा एक साथ देखिरहेको यती दृश्यले मधेश कति अस्थिर छ भन्ने कुरा देखाईरहेका छन । जसले जे भने पनि राजनितीको केन्द्रमा छन अहिले मधेश । तर दुर्भाग्यपुर्ण के छ भने, यदी चाडै यसको ठोस सम्बोधन भएन भने मधेश नराम्ररी भडकन सक्छ । जानकारहरुको बुझाईमा मधेशको भावना अनुरुपको संघियता सहितको नयां संविद्यान चाडो भन्दा चाडो घोषणाले नै यसलाई स्थिरताको मार्गमा डोर्याउने छ । अन्यथा यो द्धन्दको नयां सुरुडको फस्ने सम्भावना अत्यधिक छ ।

 


नत्र भडकिने खतरा ! 
नयां संविद्यान अहिले मुख्य रुपमा दलहरु विच कुरा नमिलेको विषय हो संघियता । संघीयताको देखिएको विवादको केन्द्रमा पनि छन मधेश । मुख्यगरी मधेशका पुर्वी जिल्लाहरु झापा, मोरड र सुनसरी तथा पश्चिमी जिल्लाहरु कैलाली र कन्चनपुरका लागी विवाद देखिएका छन । काग्रेस एमाले यी जिल्लाहरु लाई पहाड संग जोडन चाहन्छन भने मधेशी पार्टीहरु मधेश प्रदेशमै राख्नका लागी अडान लिदै आएका छन ।
 
एक मधेश प्रदेशको आफनो माग वाट लचक हुदै दुई मधेश प्रदेशमा झरेको मधेशी पार्टीहरु लागी ‘गर या मर’को अवस्था छ । काग्रेस एमाले संख्यात्मक हिसावले अहिले आफुहरु मजवुत भएको दम्भमा मधेश आन्दोलनको म्यान्डेड उल्टाउने पक्षमा देखिन्छ । जुन मधेशी नेतृत्वहरु भन्दा सम्रग मुलुकका लागी अहितकर हुने कुरा काग्रेस एमाले नेतृत्वले अहिले वुझेका छैन वा बुझ पचाईरहेका छन ।
 
मधेशमा पछिल्लो समयमा अभिव्यक्त भईरहेको विभिन्न विचार र गतिविधीलाई मुल्याकंन नगर्नु काग्रेसको परम्परागत कमजोरी हो भने एमालेको वलमिच्याए । एमाओवादी क्षती व्योहोरेका कारणले होला कम से कम मधेशको संवेदनशिलतामा अहिले ईमान्दार देखिएका छन ।
 
त्यसैले दुई मधेश प्रदेशमा सहमत हुन तयार मधेशी पार्टीलाई अनाहकमा किचोलेर नयां संविद्यान जारी गर्न ढिलाईमा काग्रेस एमाले जानु हुदैन । यसले कसलाई कति क्षती वा फाईदा हुन्छ, त्यो पछि को कुरा हो ? तर एउटा कुरा निश्चित के छ भने यसले मधेशलाई थप अस्थिरताको भुमुरीमा धकेल्ने छ । र मधेशलाई भडकन बेर लाग्ने छैन । जुन सबैका लागी धातक हुन्छ ।



No comments:

Post a Comment