Friday, January 2, 2015

अशोक राई मधेशी पार्टी संग एकिकरण गर्ने


 
अशोक राई नेतृत्वको संघिय समाजवादी पार्टीले कुनै एक मधेशी पार्टी संग एकिकरण गर्ने निर्णय गरेको छ । केही समय अघि समाजवादी पार्टीको स्थायी कमिटीको बैठकले यस्तो निर्णय औपचारिक रुपमै गरेको उक्त पार्टीका उपाध्यक्ष रिजवान अन्सारीले बताए । अन्सारीले भने, हाम्रो स्थायी कमिटी बैठकले नै कुनै एक मधेशी पार्टी संग एकिकरण गर्ने निर्णय गरेको छ, त्यसको लागी वार्ता गर्न एउटा कार्यदल समेत बनेको छ र अहिले विभिन्न मधेशी पार्टीहरु संग त्यसको सन्दर्भमा छलफल भईरहेको छ ।

एमालेवाट अलग भएर राई सहितको जनजाती, मधेशी नेताहरुले संघिय समाजवादी पार्टी खालेका थिए । दोस्रो संविद्यानसभाको निर्वाचनमा उक्त पार्टीले प्रत्यक्ष तर्फ एक सिट पनि जित्न सकेका थिएन । पछिल्लो समयमा राईको नेतृत्व क्षमता माथी प्रश्न गर्दै गोपाल ठाकुर लगायतका नेताहरुले पार्टी समेत परित्यागको घोषणा गरेका थिए ।
 
उक्त पार्टी सम्बद्ध नेताहरुका अनुसार मधेशी पार्टी संग एकिकरण गर्ने निर्णय गरे संगै समाजवादीले फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी संग एकिकरणको सन्दर्भमा पटक पटक वार्ता र छलफलहरु गर्दै आएका छन ।
 
उपाध्यक्ष अन्सारीका अनुसार अहिले नै को संग एकिकरण गर्ने वारे अन्तिम निष्कर्ष निकाली नसके पनि यी दुई मध्ये एक संग समाजवादी पार्टीको एकिकरण हुने लगभग निश्चित छ ।

No comments:

Post a Comment