Thursday, January 1, 2015

सन २०१४ मा मधेश राजनिती




 २०१४ सुरु हुदा दोस्रो् संविद्यानसभाको निर्वाचन भर्खर सकिएको थियो । प्रत्यक्ष र समानुपातिक तर्फको नतिजा आईसकेको कारण मधेशी पार्टीहरुको धरातल वाहिर आइसकेको थियो । समानुपातिक तर्फ नामावली पठाउने चक्कर सुरु भएको थियो सन २०१४ को पहिलो साता । दोस्रो संविद्यानसभामा नराम्ररी पराजय व्योहोरेका मधेशी पार्टीहरुले समानुपातिकमा गरेको सिफरिसले पुरै मधेशलाई थप आक्रोश तुल्याउने वाहेक अरु केही गरेन । मधेशी नेतृत्वहरुको ईमान्द्यारिता नराम्ररी छतातुल्ल गरिएको समानुपातिक प्रकरणले फोरम नेपालमा सार्वजनिक गाली गलौचकै वातावरण सम्म सिर्जना गर्न पुग्यो भने महन्थ ठाकुरको इमान्दारिताको ताजलाई राम्ररी उजागर गर्यो ।  

समानुपातिकको नामावली सिफरिस नहुदै मधेशी नेतृत्वहरुले एकिकरणको असफल नाटक मन्चनको अभियान सुरु गरीसकेका थिए । जसले केही हद सम्म समानुपातिकको असन्तुष्टिको रापलाई समेत अन्यत्रै मोडेको पाइयो । नेतृत्वहरुले भनेको अनुसार हुनै लागेको मधेशी पार्टीहरुको एकिकरण पनि अन्नतह भएन । वरु एमाओवादी संग मधेशी पार्टीहरु मोर्चाबन्दीको घोषणा भयो । एमाओवादी संग मोर्चाबन्दी गरेको मधेशी पार्टीहरुको वारेमा मधेश मै कतिपय ठाउमा आफुहरु विच एकिकरण गर्न नसकेको भन्दै र एमाओवादी संग गएको भन्दै आलोचना पनि भयो । तर केही पछि आएर मधेशी पार्टीहरुले मधेशी मोर्चालाई पुर्न जिवीत गरे ।

मधेशी पार्टीहरु भित्र यी र यस्ता गतिविधी चलीरहदा सदभावना पार्टीका उपाध्यक्ष समेत रहेका सभासद संजय साह जनकपुर बमकाण्डको अभियोगमा पक्राउ परे । मधेश क्षेत्रमा सक्रिय सशस्त्र समुहहरुको कतिपय नाईकेहरु धमाधम पक्राउ परे पछि संजय साहको पोल खुलेको थियो । जनकपुर क्षेत्रमा नामुद अपराधीको छवी भएका संजय साह जनकपुर बम काण्डमा मुछिए पछि नेपाल वाट भागेर दिल्ली पुगेर लुकी छिपी बस्न थालेका थिए । तर प्रहरीकोे उच्च अपरेशनका कारण उनलाई दिल्लीवाट नेपाल प्रहरीले समातेर जनकपुरमा सार्वजनिक गरे । 

वडो अनौठौ संयोग मान्नु पर्छ एउटा कुख्यात अपराधी जसले मधेश राजनितीमा दबदबा बनाईसकेका थिए, उनको यही बर्ष मधेश राजनितीवाट पतन भए । अर्को तर्फ अमेरिका वाट पढेर आएर प्रख्यात वैज्ञानिक सिके राउतको अघोषीत रुपमा मधेश राजनितीमा उदय भयो ।   

गएको सेफेटेम्बरमा राउतलाई प्रहरीले मोरडवाट पक्राउ परे पछि उनी मधेश राजनितीको क्षेत्रमा उच्च चर्चाको बिषय बन्न पुगे । राउतलाई प्रहरीले पक्राउ गरेर राज्य विपल्लवको मुद्धामा लगाएका छन । मंसीर पहिलो साता धरौटिमा रिहा भएका राउत अहिले मधेशका जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन ।   

सिके राउत प्रकरणको चर्चा नसेलाउदै मधेशी मोर्चा पुर्नजीवित भएको समाचार पनि यो बर्ष मधेश राजनितीको क्षेत्रमा व्यापकता पायो । विशेष गरी एमाले अध्यक्ष ओली संगको विशेष लन्च मिटिंगले मोर्चा सरकारमा जाने थालेको आकंलन राजनिती वृतमा छायो । तर मोर्चाले औपचारिक रुपमै नयां संविद्यान जारी नभए सम्म आफुहरु सरकारमा नजाने घोषणा गरे ।  

सम्रगमा सन २०१४ को मधेश राजनिती सुरु देखि नै निरश बर्ष थियो र रह्यो । तर पनि संजय साहको पतन भएको केही महिना पश्चात सिके राउतको उदयले एउटा तप्का उत्साहित भएको देखिन्छ । जो तप्का मधेश राजनितीमा विकल्पको खाजीमा थियो । यद्यपी तत्कालै राउत पनि मधेशी पार्टीहरुको विकल्पमा मधेशी शक्तिको रुप्मा आफुलाई उभ्याउन साम्र्थय राख्दैनन ।  

मधेशी नेतृत्वहरु माथी सन २०१४ को पुर्व सन्धयामै लागेको संक्रमण यो बर्ष भरी उत्कर्ष मै पुगेको देखिए । बर्षको अन्त तिर केही साकारात्मक माहौल देखिए पनि जानकारहरुको बुझाउमा यो वाहरिया तामझाम मात्रै हो ।

No comments:

Post a Comment