Tuesday, January 20, 2015

किन भयो संविद्यानसभामा हंगामा - अभिषेक प्रसाद शाह

मंगलवार विहान संविद्यानसभामा यसरी भयो हंगामा

 
              अभिषेक प्रसाद शाह मधेशी जनअधिकार फोरम नेपालका सभासद हुन 
 

सोमवार विहानै समाचारहरुमा एक्कासी आयो कि प्रमुख दलहरु विच नयां संविद्यानको विवादित मुद्धाहरुमा सहमती हुदैछ भनेर । हामी पनि उत्सुक भएका थियौ । तर हामीले आफनो पार्टी नेतृत्वहरु संग कुरा बुझदा वाहिर समाचारमा आएको जस्तो कुनै साकारात्मक कुरा अगाडी वढेको थिएन । तर सोमवार दलहरु विच महत्वपुर्ण वैठकहरु हुने तय भएको थियो । विहानै एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओली विच एकल वार्ता भयो । त्यस लगतै प्रधानमन्त्री सुशिल कोईराला र मधेशी मोर्चा विच पनि छुटै बैठक भएको थियो । प्रधानमन्त्री र मधेशी मोर्चा विचको बैठक साकारात्मक रुपमै अघि वढेको थियो । यद्यपी कुनै ठोस सहमती भईसकेको थिएन । प्रधानमन्त्री र मधेशी मोर्चाको बैठक पश्चात चार पक्षीय वार्ता प्रारम्भ भयो । उक्त वार्तामा एमाले अध्यक्ष ओली थप आक्रोशित र पहिला भएको कुरा वाट पछाडी भएर कुरा राख्नु भयो । ओलीले उक्त वैठकमा मधेशी मोर्चाका केही वरिष्ट नेताहरुलाई र एमाओवादी अध्यक्ष प्रचण्डलाई होच्याउने काम पनि गर्नु भयो । उक्त बैठकको विच वाट आक्रोशित भएर तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरजी हिडनु भयो ।


निर्वाचन प्रणली र न्याय प्रणली दलहरु विच एक खालको सहमतीको वातावरण पहिला नै वनि सकेको थियो । तर सोमवारको चार दलीय बैठकमा एमाले अध्यग ओलीले मिश्रित प्रणली २० प्रतिशत मात्रै राख्न सक्ने आफनो नया अडान राख्नु भयो । त्यही वाट वार्ता विथोलिएको हो । एमाओवादी अध्यक्ष प्रचण्डले आफु शासकिय स्वरुपमा लिएको अडान छोडन तयार रहेको भन्नु भयो । काग्रेसका नेताहरु पनि संयमित नै देखिरहेका थिए तर एमालेले जुन चरित्र प्रर्दशन गर्यो एमाओवदी तथा मधेशी पार्टीहरु शिर्ष नेताहरुमा ठुलो ह्म्लेशन फिल भयो ।

हामी लगायतका सभासदहरु पनि ठुृलो फ्रस्टेशनमा थियौ । यद्यपी हामीले प्रक्रिया अघि मात्रै वढाउन नदिने तयारीमा थियौ । तर एमाओवादी तथा मोर्चाका सभासदहरु यती फ्रस्टेशनमा थिए कि संविद्यानसभाको अवस्था पुरै अनियन्त्रित हुन गयो । विस्तारै हामीले नै उक्त अवस्थालाई नियन्त्रणमा फर्कायौ ।
 
संसदीय व्यवस्थामा अर्मादित लाग्ने यस्ता गतिविधीका लागी मैलै देखे अनुसार मुख्य रुपमा एमालेका केही शिर्ष नेताहरु जिम्मेवार छन । मधेशी पार्टीका सभासद तथा नेताहरु सहित एमाओवादीका नेताहरु संग उहाहरुले जुन खालको व्यहवार गरीराख्नु भएको छ, त्यस लाई राजनितिक चरित्र भन्न मिल्दैन । आज मंगलवार दिउसो पनि हामी संविद्यानसभाको बैठकम जानु अघि मोर्चामा सहभागी सबै सभासदहरु संयुक्त बैठक गरेका थियौ र हामीले जे जस्तो प्रतिकुल अवस्था भए पनि संयमितका साथ तर कुनै पनि हालतमा प्रक्रिया अघि वढन नदिने सल्लाह गरेका हौ । त्यही अनूरुप आज हामी झण्डै २ घन्टा संविद्यानसभामा नारावाजी गर्यौ । 

1 comment:

  1. अन्तिम समय मा देखाएको कन्सर्न समय छँदै देखाउन नसक्ने र एक आर्का लाई दोष दिने परीपाटी लाई निरँतरता दिनु भएको मा यहाँ हरु धन्यवाद को पात्र हुनुहुन्छ

    ReplyDelete