Wednesday, January 21, 2015

दुई चार ओटा कुर्सी भांचिनु ठुलो कुरो होईन - सभासद उमेश यादव

मैलै उचालेको कुर्सी भित्र मेरो समुदायको पिडा र आक्रोश छ
 

गएको मंगलवार विहान संविद्यानसभामा भएको हंगामाको क्रममा कुर्सी उचालीरहेको सभासदको फोटो अचेल खुवै देखिन्छ । ती कर्सी उचाल्ने सभासद हुन एमाओवादीको तर्फवाट सप्तरी क्षेत्र नम्बर ३ वाट प्रत्यक्ष जितेका उमेश यादव । यादवसंग वुधवार दिउसो दलानले भेटेर गरेको कुराकानीको सम्पादित अंश  


सोमवार त तपाईहरु रक्सी खाएर संविद्यानसभा जानु भाको थियो ?  


- मलाई अहिले सम्म रक्सीको स्वाद कस्तो हुन्छ भनेर थाहा छैन । अब तपाई नै  यतीले बुझनुस । यद्यपी आज केही मिडियाहरुमा हामीले पनि हेर्यौ


मंगलवार विहान संविद्यानसभाको भएको हंगामाको क्रममा तपाईले कुर्सी उचालेको फोटो खुवै चर्चामा छन अहिले , तपाईले त्यो फोटो हेर्नु भयो ?  


- हेरे किन न हेर्नू ।


तपाई आफैले कुर्सी उचालिरहेको फोटो हेर्दा कस्तो लाग्यो ?  


- हेर्नुस, त्यो फोटोलाई देखाएर अहिले मेरो र एनेकपा माओवादीलाई वदनाम गराउन खुवै प्रयास भइरहेको हामीले पनि देखिरहेका छौ । तर तपाईहरुले एउटा अर्को पक्ष पनि के बुझिदिनु पर्यो भने, मैलै उचालेको कुर्सी भित्र मेरो समुदायको पिडा र आक्रोश छ । हामी आफनो समुदाय र वर्गको अधिकारका लागी दुई चार ओटा कुर्सी भाचिदिनु के ठुलो कुरो हो र ?



तपाई हरुको के आक्रोश हो र ?  


- हामी सदियौ देखि पिछडिएको समुदायहरु संविद्यानसभावाट आफनो हक अधिकार पाउछौ भनेर बसेको वेला सतारुढ दलहरु ०४७ भन्दा पनि पछाडी फर्कर नयां संविद्यान जारी गर्ने प्रयासमा छन । के हामीलाई तपाईले चुप लागेर बस्न भन्नु हुन्छ ।


त्यसकै लागी त तपाईहरुलाई संविद्यानसभामा पठाएको हो नि ?  


- हो, हामीलाई जनताले त्यसकै लागी त्याहा पठाएका छन । तर याहा काग्रेस र एमाले अर्कौ खेलमा लागेको मात्रै होईन काम नै तमाम गर्ने सुरसारमा छन । हामीले त्यसलाई प्रतिवाद गरेर रोकेका मात्रै हो ।






तर काग्रेस एमाले ले त अझै दुई तिहाईको प्रक्रियावाट नयां संविद्यान जारी गर्छौ भनीरहेका छन नि ?  


= सहमती विना प्रक्रिया सुर हुन सक्दैन । हामीले पनि सहमती गरेर प्रक्रियामा जाऔ भनेका छौ । तर हाम्रो स्वाममित्व विना नयां संविद्यान जारुी गर्ने प्रयास भयो भने हामी त्यउही भित्र पनि वलीदानी दिन तयार छौ । त्यती कुरा बुझीराख्नुस ।



मंगलवार विहान संविद्यानसभामा तपाईले उचालीरहेको कुर्सी त्याहा कुनै सभासद वा मर्यादापालकको ज्यानमा खसेको भए के हुन्थ्यो ? यसो विचार गर्नु भाको छ ?  


- हेर्नुस, हामी पागल पनि होईन के हामीले कसैको ज्यान माथी त्यो कुर्सी फाल्थ्यो । त्याहा भित्र हामी आफनो आक्रोश मात्रै पोखेका हौ ।


आज संविद्यानसभाको बैठकम जादा केमा बस्नु भयो ?  


- कुर्सीमा बसे नि । नयां कुर्सीको व्यवस्था भईसक्या थियो ।
तर आज उक्त घटनाको छानविन समिती बन्या छ नि, तपाईहरुको तलवभतावाट क्षती पुर्ती भराउने कुरा छ त ?
हेर्नुस, हाम्रो सभामुख त्यती अपरिपक्व हुनुहुन्छ जस्तो मलाई लाग्दैन ।


अब के गर्नु हुन्छ ?  


- हामी अन्तिम सम्म सहमतीकै आधारमा सवै उत्पीडित जनताको पक्षमा संघिय नयां संविद्यान बनाउन लागी पर्ने छौ ।


फेरी प्रतिकार हुन्छ कि ?  


- त्यो सतारुढ दलहरुले गर्ने व्यहवारमा भर पर्छ ।

No comments:

Post a Comment