Friday, January 30, 2015

मधेशको मुड - संघियता भर्सेज सिके

 मधेशीहरुलाई सन्तुष्ट हुने गरी संघियताको उचित व्यवस्थापन नभए मधेशमा ठुलो विग्रह मच्ने निश्चित छ ।


गएको आईतवार परासीमा सभामुखको पुतला जलाउदै स्थानिय मधेशी नेताहरु 
 

गएको आईतवार पश्चिम मधेशीको परासी सहरमा १ बजे तिर पस्दा एउटा स्थानिय पत्रकार मित्रलाई मैलै सुरु मै सोधे, के छ याहाको राजनितीक अवस्था ? उनी सुरु मै भने, सर अब संघियता भन्दा पनि वढी याहा सिकेको चर्चा हुन थालेको छ । मलाई अली अपाँच्य भयो र मैलै भने, होईन होला ? उनी फेरी मलाई प्रतिउत्तर दिए, तपाई मसंग परासी वजार मात्रै होईन, नवलपरासीको मधेशी वाहुल्य ग्रामिण क्षेत्रमा पनि हिडनुस, अनि थाहा पाउनु हुन्छ । हामी परासी वजारकै विचमा रहेको एउटा चिया पसलमा छिर्यौ । हामी दुवै जना चिया खादै गप गरीरहदा उनको मोवाईलमा फोनमा आयो, सिडियो अफिसको अनुसन्धान विभागमा आउनुस भनेर । उनले फोन राख्ने वितिकै मलाई भने, चिया चाडो खानुस अनुसन्धान विभागमा जानु पर्यो । मैलै किन भनेर प्रश्न तेर्साए, अनि उसले भने, सिके राउतको अभियानमा लागेको एक जना अगुवा अहिले त्याहा हुनुहुन्छ रे । उहांलाई हिजो कसैले दिन र राती दुवै समयमा फोन गरेर ज्यान मार्ने धम्की दिदै तथानाम गाली गलौज गरेका रैछन । मैलै उनी को हुन भनेर सोधे, उनी थिए सिके राउतको अभियानमा लागेका एक वरिष्ठ अगुवा कैलाश महतो । कैलास महतोको नाम म पनि नसुनेको चाही होईन । चिया खाएर हामी दुवै जना प्रशासन कार्यलयमा रहेको अनुसन्धान विभागमा छिर्यौ । अनुसन्धान अधिकृत मधेशी मुलकै थिए । त्याहा कैलाश महतोको मोवाईलमा भएको कुराकानी सवै सुनिरहेको थिए । हामी पनि सुन्यौ । मधेशी मुलको ती अनुसन्धान अधिकृत महतोको घटनावाट पन्छिन खाजेको देखिन्थ्यो । उनले सिधै प्रमुख जिल्ला अधिकारीसंग भेटन सुझाए महतोलाई । महतो सिधै प्रजिअको कार्यकक्ष तिर गए । पछि पछि हामी पनि लाग्यौ । प्रजिअलाई पनि मोवाईलमा भएको उक्त कुराकानी सुनाइयो । प्रजिअ अलि तनावमा देखिन थालेका थिए, शायद उनी संगसंगै हामी पत्रकार पनि भएको कारणले होला । मलाई त्यस्तै लाग्यो र मैलै पत्रकार मित्रलाई त्याहावाट निस्कन आग्रह गरे । किनकी मेरो वाहिर पनि अरु भेटघाटको पुर्व निर्धारित केही कार्यक्रमहरु थियो । हामी निस्कनै लाग्दा प्रजिअले महतोलाई त्याहाका एसपीलाई भेटनको लागी सुझाए ।

Tuesday, January 27, 2015

हेल्लो सरकार, मखनालाई नागरिकता दिन मिल्दैन ?


 
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय तैलिहवामा सोमबार भेटिएकी वृद्धा मखना गडरियाले आँसु झार्दै भनिन् - ‘आई १० बर्ष से यि खेला होला ।’ अर्थात १० बर्षदेखि यही खेल भइरहेको छ ।

नेपाली भाषा बोल्न नजान्ने ७३ वर्षीया गडरियाले नेपाली नागरिकताका लागि १० बर्षदेखि जिल्ला प्रशासन कार्यालय धाइरहेको बताइन् । उनी कपिलवस्तुको सिशवा गाउँकी बासिन्दा हुन् ।

प्रशासनसमक्ष १० वर्ष धाउँदा जीवनको उत्तरार्धमा पुगेकी मखनालाई राज्यले नागरिकता दिएको छैन । तर, उनले वृद्धभत्ताका लागि सरकारबाट परिचयपत्र चाहिँ पाएकी छिन् । आफैले भत्ता खुवाइरहेकी ज्येष्ठ नागरिकलाई राज्यले नागरिकताका लागि भने अहिलेसम्म योग्य मानेको छैन ।

भोजपुरी भाषा बोल्ने मखनाले हातमा भएका कागज देखाउँदै भनिन् - ‘यहाँ धाएको १० बर्ष भइसक्यो, तर अहिलेसम्म मलाई नागरिकता दिइएको छैन । आज, भोलि भन्दै दौडाइरहेको छ ।’

पुनरावेदन अदालत बुटवलले समेत गत असारमा जिल्ला प्रशासन कार्यालय तौलिहवालाई आदेश दिँदै भनेको थियो - ‘मखना गडरियालाई तत्काल नागरिकता दिनू ।’
 
मखना गडरियाको नागरिकतामा स्थानीय राजनीतिको यति प्रभाव रहेछ कि सोमबार उनीसँगै आएकी अर्की महिला भन्दै थिइन् -‘सर, यहाँको कांग्रेसको अध्यक्ष छ नि, अब्दुल कलाम, त्यसले प्रशासनलाई रोकिदिएको छ । अब्दुल कलामले त हाम्रो गाउँको स्कुलमा गएर भाषणमै भने, मखनालाई नागरिकता लिन दिँदैनौं ।’

यो भनाइले झनै उत्सुकता थप्छ, आखिर के रहेछ त मखना गडरियाको कथा रु को हुन् यी मखना रु कपिलवस्तुका कांग्रेस नेता अब्दुल कलाम किन रोक्दैछन् उनको नागरिकता ?

Friday, January 23, 2015

मधेशी मोर्चाद्धारा भोली आन्दोलनको घोषणा हुदै


 
नयां संविद्यानमा मधेश आन्दोलनको मर्म अनुसार संघियता नआउने निष्कर्ष निकाल्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भोली शनिवार आन्दोलनको घोषणा गर्दै छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाकै घोषणामा पहिलो संविद्यानसभाको पुर्वसन्धयामा दोस्रो मधेश आन्दोलन भएको थियो ।
 
आज दिउसो सिंहदरवार स्थित तराई मधेश मधेश लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यलयमा मधेशी पार्टीहरुको भएको अनौपचारिक छलफलले भोली मोर्चाको औपचारिक बैठक गरेर आन्दोलन घोषणा गर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए ।

Wednesday, January 21, 2015

दुई चार ओटा कुर्सी भांचिनु ठुलो कुरो होईन - सभासद उमेश यादव

मैलै उचालेको कुर्सी भित्र मेरो समुदायको पिडा र आक्रोश छ
 

गएको मंगलवार विहान संविद्यानसभामा भएको हंगामाको क्रममा कुर्सी उचालीरहेको सभासदको फोटो अचेल खुवै देखिन्छ । ती कर्सी उचाल्ने सभासद हुन एमाओवादीको तर्फवाट सप्तरी क्षेत्र नम्बर ३ वाट प्रत्यक्ष जितेका उमेश यादव । यादवसंग वुधवार दिउसो दलानले भेटेर गरेको कुराकानीको सम्पादित अंश  


सोमवार त तपाईहरु रक्सी खाएर संविद्यानसभा जानु भाको थियो ?  


- मलाई अहिले सम्म रक्सीको स्वाद कस्तो हुन्छ भनेर थाहा छैन । अब तपाई नै  यतीले बुझनुस । यद्यपी आज केही मिडियाहरुमा हामीले पनि हेर्यौ


मंगलवार विहान संविद्यानसभाको भएको हंगामाको क्रममा तपाईले कुर्सी उचालेको फोटो खुवै चर्चामा छन अहिले , तपाईले त्यो फोटो हेर्नु भयो ?  


- हेरे किन न हेर्नू ।


तपाई आफैले कुर्सी उचालिरहेको फोटो हेर्दा कस्तो लाग्यो ?  


- हेर्नुस, त्यो फोटोलाई देखाएर अहिले मेरो र एनेकपा माओवादीलाई वदनाम गराउन खुवै प्रयास भइरहेको हामीले पनि देखिरहेका छौ । तर तपाईहरुले एउटा अर्को पक्ष पनि के बुझिदिनु पर्यो भने, मैलै उचालेको कुर्सी भित्र मेरो समुदायको पिडा र आक्रोश छ । हामी आफनो समुदाय र वर्गको अधिकारका लागी दुई चार ओटा कुर्सी भाचिदिनु के ठुलो कुरो हो र ?

Tuesday, January 20, 2015

किन भयो संविद्यानसभामा हंगामा - अभिषेक प्रसाद शाह

मंगलवार विहान संविद्यानसभामा यसरी भयो हंगामा

 
              अभिषेक प्रसाद शाह मधेशी जनअधिकार फोरम नेपालका सभासद हुन 
 

सोमवार विहानै समाचारहरुमा एक्कासी आयो कि प्रमुख दलहरु विच नयां संविद्यानको विवादित मुद्धाहरुमा सहमती हुदैछ भनेर । हामी पनि उत्सुक भएका थियौ । तर हामीले आफनो पार्टी नेतृत्वहरु संग कुरा बुझदा वाहिर समाचारमा आएको जस्तो कुनै साकारात्मक कुरा अगाडी वढेको थिएन । तर सोमवार दलहरु विच महत्वपुर्ण वैठकहरु हुने तय भएको थियो । विहानै एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओली विच एकल वार्ता भयो । त्यस लगतै प्रधानमन्त्री सुशिल कोईराला र मधेशी मोर्चा विच पनि छुटै बैठक भएको थियो । प्रधानमन्त्री र मधेशी मोर्चा विचको बैठक साकारात्मक रुपमै अघि वढेको थियो । यद्यपी कुनै ठोस सहमती भईसकेको थिएन । प्रधानमन्त्री र मधेशी मोर्चाको बैठक पश्चात चार पक्षीय वार्ता प्रारम्भ भयो । उक्त वार्तामा एमाले अध्यक्ष ओली थप आक्रोशित र पहिला भएको कुरा वाट पछाडी भएर कुरा राख्नु भयो । ओलीले उक्त वैठकमा मधेशी मोर्चाका केही वरिष्ट नेताहरुलाई र एमाओवादी अध्यक्ष प्रचण्डलाई होच्याउने काम पनि गर्नु भयो । उक्त बैठकको विच वाट आक्रोशित भएर तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरजी हिडनु भयो ।

Monday, January 19, 2015

मधेश विद्रोहको ८ बर्ष - धरापमा संघियता र नेतृत्व


 
आज माघ ५ गते । मधेश विद्रोहको ८ बर्ष पुरा भएको छ । २०६३ माघ १ मा अन्तरिम संविद्यानमा संघियता उल्लेख नगरेको भन्दै सुरु भएको मधेश विद्रोहले तत्काल अन्तरिक संविद्यान संशोधन गराएर संघियता उल्लेख गराएका थिए । संघियताका लागी त्यत्रो भएको विद्रोह भएको आज ८ पुरा भईरहदा नेपालको पुरै राजनिती संघियताको विवादमा रुमलीएको देखिन्छ । मधेश विद्रोहले अघि सारेको समावेशी सहितको संघियताको मुद्धा आज कतै आझेलमा पर्दै गएको होईन भन्ने आशंका व्याप्त देखिन्छ । जनकपुर स्थीत वरिष्ठ साहित्यकार प्राध्यापक राजेन्द्र विमल विमल भन्छन, त्यो स्वभाविकै हो । विमल भन्छन, मधेश विद्रोहको ८ बर्षमा यसलाई उचित व्यवस्थापन गर्ने काम गरिएन, वरु यसलाई दुहिने काम गरियो जसले आज अनेकन अप्ठायारा र मधेशी नागरिकहरुमा तीव्र असन्तुष्टि पैदा गराएको छ  । विमलका अनुसार मधेश विद्रोहले राष्टिय पहिचान पाएका मधेशी पार्टीहरुका नेतृत्वहरुको क्रियाकलापका कारण कतै मधेशको मुद्धा नै समाप्त पार्न सकिन्छ कि भन्ने दाउमा एकथरी देखिन्छ, जुन सर्वथा गलत हो । उनी भन्छन, यो अहिलेका केही शक्तिधारीहरुश्रको दिवास्पवन हो, मधेश विद्रहोले मधेशको यर्थाततालाई वाहिर ल्याइ दिएको छ, यसलाई सहि व्यवस्थापन गर्नुको राज्यको कर्तव्य हो । यदी यसलाई सहि व्यवस्थापन गरिएनन भने यो कुरा थप समस्या भएर अघि आउने छ ।

Saturday, January 17, 2015

संयुक्त मधेशी राष्टिय आन्द्योलन समिती द्धारा कार्यकारी निकायहरु गठन


मात्रिका यादवको अगुवाईमा पछिल्लो समयमा सक्रिय बनाइएको संयुक्त मधेशी राष्टिय आन्दोलन समितीले आफनो विभिन्न कार्यकारी समितीहरुको निर्माण गरेको छ । विरगंजमा गएको ३० पुषमा समितीको भएको बैठकले कार्यसम्पादन समिती, राजनितीक संवाद समिती, आर्थिक समिती, सल्लाहकार समिती र विदेश विभाग गरी पांच ओटा समितीहरु निर्माण गरेको छ । मात्रिका यादवको संयोजकत्वमा गठन गरिएको कार्यसम्पादन समितीको सहसंयोजकमा गोपाल ठाकुर सहित ३४ जना, राजनितीक संवाद समितीमा यादव, ठाकुर सहित ७ जना, आर्थिक समितीमा भरत साह, देवेन्द्र यादव र धनश्याम रजक गरी तीन जना र तीन सदस्यीय सल्लाहकार समितीको साथै देवेन्द्र यादवको नेतृत्वमा विदेश समिती गठन गरिएको छ ।

Friday, January 16, 2015

राजाराम झा मृत्यूमा प्रहरीद्धारा वल प्रयोग नभएको राष्टिय मानव अधिकार आयोगको प्रारम्भिक ठहर


 
२८ पुषमा एमाओवादी तथा मधेशी मोर्चाले गरेको मधेश बन्दको क्रममा जनकपुरमा राजाराम झाको मृत्यू भएको थियो । मृत्यू पछि एमाओवादी तथा मधेशी मोर्चाले प्रहरीको वल प्रयोगवाट झाको मृत्यू हुन गएको भन्दै बन्दलाई एक लम्बाउदै थप आन्दोलन गरेका थिए । तर उक्त घटनाको अनुसन्धानमा खटेको राष्टिय मानव अधिकार आयोगले झाको मृत्यूमा प्रहरीद्धारा वल प्रयोग नभएको देखिएको बताएको छ ।

राष्टिय मानव अधिकार आयोग स्रोतले भन्यो  भने, हाम्रो प्रारम्भिक अनुसन्धानले त्याहा प्रहरी द्धारा वल प्रयोग नभएको देखियो । यद्यपी घटना पश्चात एमाओवादी तथा मधेशी मोर्चा सम्मलीत टोली र स्थानिय प्रशासन विच ६ बुदे सहमती भएको थियो । झा एमाओवादीका साधारण सदस्य समेत थिए । २५ बर्षीय झाको जनकपुरको भ्रमरपुरा चौकमा २८ पुषमा बन्दकर्ताहरुको जुलुसको क्रममा मृत्यू भएको थियो । उनको मृत्यू पश्चात एमाओवादी तथा मधेशी मोर्चाले जनकपुरको अन्चल कार्यलयमा एउटा मोटससाईकलमा आगजनी समेत गरेका थिए ।

Thursday, January 15, 2015

काग्रेसका मधेशी सभासदहरुले भने - प्रक्रियामा सहभागी हुन्न


 
नेपाली काग्रेस र नेकपा एमालेले मधेशी पार्टीहरु तथा एमाओवादी लाई पेलेरै भए पनि प्रक्रिया मार्फत नयां संविद्यान जारी गर्ने बताई रहेको भए पनि काग्रेसका मधेशी तथा जनजाती सभासदहरुले आफुहरु त्यस्तो हुन नदिने बताएका छन । वुधवार र विहिवार प्रधानमन्त्री निवास वालुवाटारमा भएको काग्रेसको संसदीय दलको बैठकमा बोल्ने अधिकांश मधेशी तथा जनजाती सभासदहरुले नेतृत्वलाई संघियतामा सहमती नगरेर प्रक्रियामा गए आफुहरु त्यसमा सहभागी नहुने बताएको नेताहरुले बताएका छन । नेपाली काग्रेसमा मधेशको तर्फवाट प्रतिनिधित्व गर्ने मधेशी सभासदहरु अमरेश सिंह, फरमुल्लाह मंसुर, महेन्द्र यादव, तेजुलाल चौधरी सहित जनजाती सभासदहरुले समेत प्रक्रियाको विरुद्धमा उभिने चेतावनी दिएको छ ।

Sunday, January 11, 2015

देवभूमिका संहारकर्ता

जनकपुरको अपराध कथा 


 जनकपुरधामको संरक्षण र संवद्र्धनकालागि अनेकन दाताहरुले दान गरेका ६ हजार विगाहाको गुठी जमिनमध्ये ५हजार विगाहा जमिन स्थानीय सशस्त्र समूहको आड लिएर मठ मन्दिरकै महन्थहरुले बेचेर सिध्याएका छन् । सम्पति जोड्ने होडवाजीमा लागेका यहाँका महन्थ तथा मानमहन्थहरुले धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक पोखरी र मठ मन्दिरको जग र जमिन समेत मासेर अरबौंको निजी सम्पति जोडेका छन् ।
 

पूर्व सचिव भोजराज घिमिरेको संयोजकत्वमा गठित एक सरकारी आयोगले ३ महिना लगाएर तयार पारेको, तर अझैसम्म गोप्य राखिएको छानविन प्रतिवेदनले प्रष्ट पारेको छ—जनकपुरधामका विभिन्न गुठीको जमिनमा ६५० भन्दा बढी परिवारले अतिक्रमण गरेर भोगचलन गरिरहेका छन् । यसरी देवभूमि अतिक्रमण गर्नेहरुमा राष्ट्रिय तथा स्थानीय तहका राजनीतिक नेतादेखि ठूला व्यापारिक घरानाका परिवार र आपराधिक समूहका सदस्य समेत संलग्न छन् ।    


यसवर्ष विवाह पञ्चमीमा, भारत उत्तर प्रदेशको अयोध्याबाट पुरुषोत्तम रामको जन्ती बनेर ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु जनकपुरधाम आए । उनीहरु जानकीको माईतीदेशमा बनेकोे वैदिककालीन रामजानकी विवाह मण्डपमा सजिन पाएनन् । किनभने पवित्र मणिमण्डपको विस्तृत क्षेत्र भूमाफियाको कब्जामा परिसकेको थियो । जनकपुरधामको ऐतिहासिक तथा साँस्कृतिक धरोहर, राम जानकी विवाह मण्डपको विशाल भूमिमा आज मांस—मदिराका व्यापारीहरुको पञ्जामा परेको छ । रानीबजार क्षेत्रमा रहेको पवित्र मणिमण्डप भूमिमा राम र उनका भाईहरुको एकैचोटी स्वयंवर भएको विश्वास गरिन्छ । यो स्वयंवर हेर्न यहाँ लाखौं श्रद्धालु आउँछन् । तर अहिले भने उनीहरु यहाँ उभिन पनि पाउँदैनन् । यस पवित्र भूमिको २५ विगाहा जति जमिन त जानकी मन्दिरका पूर्व महन्थ रामशरणदास वैष्णवले विभिन्न व्यक्तिलाई बेचिदिएका थिए । त्यसैले अयोध्याबाट आउने जन्तीले मणिमण्डप क्षेत्रमा वास पाउँदैनन् ।

महन्थ रामशरणदास वैष्णवले आफ्नो कार्यकालमै विवाह मण्डपको साईनवोर्डमा जानकी मन्दिरको नाम सानो अक्षरमा र छुटगुठी चाहिँ ठूलो अक्षरमा लेख्न थालेपछि मन्दिरको सम्पति महन्थको विर्ता सरह हुन पुग्यो । यस भूमिको वेचविखन यतिसम्म हुन पुग्यो कि आज जनकपुरधामका धार्मिक र साँस्कृतिक प्रतीकहरु छिन्नभिन्न हुन थाले ।   

Saturday, January 10, 2015

मधेशी संग लडने यो राज्यसत्ताको अकौत छैन - मात्रिका यादव


 
पछिल्लो समयमा संयुक्त मधेशी राष्टिय आन्दोलन समिती बनाएर मधेशमा सक्रिय मात्रिका यादवले यो राज्यसत्तालाई मधेशीहरु संग लडने अकौत नभएको बताएको छ ।  काठमाडौमा शनिवार संयुक्त मधेशी राष्टिय आन्दोलन समितीले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै यादवले भने, काग्रेस एमालेलेमा अहिले जुन उन्माद देखिएको छ, त्यो मधेशीहरुमा आन्दोलनमा होमिए १ घण्टामा शान्त हुन्छन । मधेशमा अघोषीत रुपमा सेना परिचालन भईसकेको छ, यादवले भने, राज्य यती डराएको छ कि मधेशीहरु आन्दोलन गरेर आफनो अधिकार लिइहाल्छ कि भन्नेमा त्रस्त छन । यदी साच्चिकै मधेशीहरु आन्दोलनमा आए काग्रस, एमाले र राज्यसत्ता १ घण्टामा झुक्न बाध्य हुने यादवको भनाई थियो ।

Friday, January 9, 2015

मात्रिका यादव र जेपी गुप्ता विच भोली कार्यगत एकताको घोषणा हुने


 
पछिल्लो समयमा मधेशमा सक्रिय हुन थालेका मात्रिका यादव र तराई मधेश राष्टिय अभियानका संयोजक जेपी गुप्ताले शनिवार कार्यगत एकताको घोषणा गर्दै छन । माओवादी जनयुद्धका  एक जना प्रमुख अगुवा यादवको पहिलो मधेश विद्रोहको पृष्टभुमि तयार पार्न महत्वपुर्ण भुमिका भएको जानकारहरु बताउछन भने गुप्तालाई तत्कालिन अवस्थाको फोरमलाई उचाईमा ल्याउने प्रमुख भुमिकाकारको रुपमा चित्रण गर्ने गरिन्छ ।

Thursday, January 8, 2015

मधेशका जिल्लाहरुमा एमाले अध्यक्ष ओलीको पुतला जलाइयो - ओली भन्छन, यो जुनीमा माफी माग्न सकिन्न


बुधवार प्रमुख चार दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई संघियताको सवालमा जथाभावी कुरा गर्दै  अपमानीत हुने गरी गरेको व्यहवारको विरोधमा  मधेशका जिल्लाहरुमा आज ओलीको पुतला जलाउनुको साथै त्यसको विरुद्धमा प्रदर्शन गरिएको छ । बुधवार विहान प्रधानमन्त्री निवास वालुवाटमा भएको बैठकमा महतोले मधेशका जिल्लाहरुलाई मधेश प्रदेशमै राख्न भनेपछि ओली कडकिएर महतो सहितका मधेशी मोर्चाका नेताहरुमाथी खनिएका थिए ।

Wednesday, January 7, 2015

ओलीले माफी नमागे सम्म एमाले संग वार्ता नगर्ने मधेशी मोर्चाको निर्णय - सदभावनाले जलायो ओलीको पुतला


 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बुधवार वेलुकि बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीले क्षमायाचना नमागे सम्म एमाले संग कुनै प्रकारको वार्तामा सहभागी नहुने निर्णय गरेको छ । मोर्चाको बैठकले बुधवार विहान प्रधानमन्त्री निवास वालुवाटारमा प्रमुखदलहरुको बैठकमा एमाले अध्यक्ष ओली सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लाई अपशब्द प्रयोग गरेर अपमान गरेको भन्दै त्यसको भत्सर्ना समेत गरेको छ । वुधवार वेलुकी मधेशी मोर्चा आपतकालिन बैठकले सहमतीको प्रयासवाट मधेशी नभाग्ने तर एमाले अध्यक्ष ओलीले क्षमायाचना नमागे सम्म एमाले संग वार्तामा नबस्ने निर्णय गरेको मोर्चा द्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Tuesday, January 6, 2015

फोरम नेपाल द्धारा ३० दलीय मोर्चाको प्रस्ताव अनुमोदन


 
मंगलवार देखि सुरु भएको मधेशी जनअधिकार फोरम नेपालको राजनितीक समितीको बैठकले हालै ३० दलीय मोर्चाले संविद्यान निर्माणको वारेमा अघि सारेको अवधारणालाई अनुमोदन गरेको छ । ३० दलीय मोर्चामा फोरम नेपाल सहित मधेशी मोर्चामा आवद्ध मधेशी पार्टीहरु सहभागी छन । ३० दलीय मोर्चाले सोमवार मात्रै साझा अवधारण बनाउदै  प्रमुख चार पार्टीहरुको बैठकमा पेश गरेको थियो ।

Saturday, January 3, 2015

द्धन्दको नयां सुरुङमा फस्दै मधेश



संघियताको मुद्धामा काठमाडौ केन्द्रित राजनितीको केन्द्रमा मधेश गिजोलिरहेको वेलामा मधेशमा भन्ने विभिन्न उकुसमुकसहरु सतहमा देखा परिरहेको छ । पछिल्लो केही समय यता मधेशमा भईरहेको विभिन्न गतिविधीहरुले कतै मधेशलाई फेरी एउटा लामो द्धन्दको सुरङमा त लगीरहेको छैन भन्ने आभास हुन थालेको छ । माओवादी द्धन्द चर्कीए संगै मधेशमा मौलाएको सशस्त्र समुहरुवाट पछिल्लो समयमा आक्रान्त बन्न पुगेको मधेशको जनजीवन फेरी कतै नयां द्धन्दको चपेटामा त भास्न थालेको छैन ? जानकारहरु भन्छन, संघियतामा मधेश आन्दोलनको भावनालाई प्रतिविम्व हुने चाडो राजनितीक स्थायीत्व भएन भने मधेश फेरी द्धन्दको सुरङमा फस्ने लगभग निश्चित रहेको कुरा वर्तमान गतिविधीहरु वाट देखिन थालिएको छ ।

Friday, January 2, 2015

अशोक राई मधेशी पार्टी संग एकिकरण गर्ने


 
अशोक राई नेतृत्वको संघिय समाजवादी पार्टीले कुनै एक मधेशी पार्टी संग एकिकरण गर्ने निर्णय गरेको छ । केही समय अघि समाजवादी पार्टीको स्थायी कमिटीको बैठकले यस्तो निर्णय औपचारिक रुपमै गरेको उक्त पार्टीका उपाध्यक्ष रिजवान अन्सारीले बताए । अन्सारीले भने, हाम्रो स्थायी कमिटी बैठकले नै कुनै एक मधेशी पार्टी संग एकिकरण गर्ने निर्णय गरेको छ, त्यसको लागी वार्ता गर्न एउटा कार्यदल समेत बनेको छ र अहिले विभिन्न मधेशी पार्टीहरु संग त्यसको सन्दर्भमा छलफल भईरहेको छ ।

Thursday, January 1, 2015

सन २०१४ मा मधेश राजनिती




 २०१४ सुरु हुदा दोस्रो् संविद्यानसभाको निर्वाचन भर्खर सकिएको थियो । प्रत्यक्ष र समानुपातिक तर्फको नतिजा आईसकेको कारण मधेशी पार्टीहरुको धरातल वाहिर आइसकेको थियो । समानुपातिक तर्फ नामावली पठाउने चक्कर सुरु भएको थियो सन २०१४ को पहिलो साता । दोस्रो संविद्यानसभामा नराम्ररी पराजय व्योहोरेका मधेशी पार्टीहरुले समानुपातिकमा गरेको सिफरिसले पुरै मधेशलाई थप आक्रोश तुल्याउने वाहेक अरु केही गरेन । मधेशी नेतृत्वहरुको ईमान्द्यारिता नराम्ररी छतातुल्ल गरिएको समानुपातिक प्रकरणले फोरम नेपालमा सार्वजनिक गाली गलौचकै वातावरण सम्म सिर्जना गर्न पुग्यो भने महन्थ ठाकुरको इमान्दारिताको ताजलाई राम्ररी उजागर गर्यो ।  

समानुपातिकको नामावली सिफरिस नहुदै मधेशी नेतृत्वहरुले एकिकरणको असफल नाटक मन्चनको अभियान सुरु गरीसकेका थिए । जसले केही हद सम्म समानुपातिकको असन्तुष्टिको रापलाई समेत अन्यत्रै मोडेको पाइयो । नेतृत्वहरुले भनेको अनुसार हुनै लागेको मधेशी पार्टीहरुको एकिकरण पनि अन्नतह भएन । वरु एमाओवादी संग मधेशी पार्टीहरु मोर्चाबन्दीको घोषणा भयो । एमाओवादी संग मोर्चाबन्दी गरेको मधेशी पार्टीहरुको वारेमा मधेश मै कतिपय ठाउमा आफुहरु विच एकिकरण गर्न नसकेको भन्दै र एमाओवादी संग गएको भन्दै आलोचना पनि भयो । तर केही पछि आएर मधेशी पार्टीहरुले मधेशी मोर्चालाई पुर्न जिवीत गरे ।