Thursday, December 31, 2015

मोदी -ओली संवाद पछि, प्रचण्ड भेटे ठाकुरलाइ ।


पछिल्लो समयमा अवरुद्ध देखिएको संवाद प्रक्रियाको माझ आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओली संग फोन संवाद गरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड आजै वेलुकि तमलोपा अध्यक्ष महन्थ ठाकुरसंग भेटवार्ता गरेका छन । पछिल्लो समयमा सरकारले मधेशी मोर्चा संगको संवादलाई वेवास्ता गरे जस्तो देखिदै आएको छ । पछिल्लो समयमा परराष्टमन्त्री कमल थापा ११ दिन अघि मोर्चाको वार्ता टोलीलाई सरकारी निर्णय सुम्पीए पछि सरकारी पक्ष र मोचा विच कुनै संवाद भएको छैन । त्यस पछि मोर्चाको काग्रेस र एमाओवादी संग वरु दुई पटक बैठकहरु भएको थियो । तर पछिल्लो एक हप्ता यता उक्त संवाद पनि टुटेको देखिन्छ । आज विहान करीव ११ बजेको हराहारीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओली संग फोन वार्ता गरेका थिए । स्रोतका अनुसार मोदीले प्रधानमन्त्री ओलीलाई मधेशी मोर्चा संग सहमती गरेर अघि नवढे सम्म विरगंज रक्सौल नाका खुल्ने सक्ने अवस्था नरहेको घुमाउरो रुपमा भनेका थिए । मोदीले मधेशी मोर्चा संग सार्थक वार्ता समेत गर्न सुझाएको बुझिएको छ । पछिल्लो समयमा सरकारी पक्ष सहित काग्रेसले समेत संसदमा पेश गरिएको संशोधन विद्येयक पास भए पछि भारतीय पक्ष साकारात्मक हुने आकंलन गर्दै मोर्चा संगको संवादलाई खासै महत्व दिएको देखिएका थिएन । तर स्रोत भन्छन, मोदीले आज ओलीलाइ संविद्यान संशोधन मधेशी मोर्चाको सहमतीमा गर्न सल्लाह दिएका छन ।

Wednesday, December 30, 2015

मधेशमा मोर्चाको लाठी जुलुस । मोर्चा अगामी रणनितीको वारेमा आन्तरिक तयारी गर्दै ।


३ पुषमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको कार्यक्रम अनुसार आज मधेशका सवै जिल्लाहरुमा लाठी जुलुस निकालिएको छ । मोर्चाको आब्हानमा निकालिएको सवै जिल्लाहरुको लाठी जुलुसमा विशाल जनसहभागीता रहेका थिए । मुख्य गरी विरगंज, कलैया, गौर, मलंगवा, जनकपुर, राजविराज, विराटनगर लगायतका सहरहरुमा निकालिएको लाठीजुलुसमा आम मधेशीहरुको उलेख्य सहभागीता रहेको देखिएका छन । गएको शनिवार विराठनगर जोगवनी नामामा धर्ना बस्न गएको वेला मोर्चाका एक जना शिर्ष नेता सदभावना अध्यक्ष राजेन्द्र महतो माथी प्रहरीले आक्रमण गरेपछि मधेशमा थप आक्रोश पैदा हुदै गएको देखिन्छ । महतो माथी भएको प्रहरी आक्रमणको विरुद्धमा मधेशका विभिन्न सहरहरुमा उग्र प्रर्दशनहरु समेत गरिएको छ । आजको लाठी जुलुसको क्रममा समेत कतिपय ठाउहरुमा उग्र प्रर्दशनहरु भएको देखिन्छ । पछिल्लो चरणमा मोर्चाले आज सम्म १५ पुष सम्मको केन्द्रिय तहको कार्यक्रमहरु घोषणा गरेका थिए । अवको दुई तीन दिन संघिय गठवन्धनको कार्यक्रमहरु रहेका कारण मोर्चाले १९ पुषमा अव मात्रै आफनो अगामी रणनीती सहितको थप केन्द्रिय स्तरको कार्यक्रमहरु सार्वजनिक गर्ने छन । स्थानिय स्तरमा मोर्चाले छुटै विभिन्न विरोधका कार्यक्रमहरु समेत गर्दै आएका छन । 

मोर्चा अगामी रणनिती बनाउदै

Tuesday, December 29, 2015

हिंसाको चक्रव्युहमा फस्दै मधेश ।


जारी मधेश आन्दोलनको लामो समय सम्म उचित सम्बोधन नहुदा मधेशका युवा आन्दोलनकारी हिसांत्मक गतिविधी प्रति आकर्षषित हुन थालेको पाइएको छ । सुरु देखि नै जारी आन्दोलनमा युवाहरुको अनुहार ठुलो सख्यामा देखिदै आएका थिए र अहिले पनि छन । तर आन्दोलनको उचित सम्बोधनमा ढिलाई हुदै जादा मधेशमा विभिन्न किसिमका प्रयोगहरु समेत हुन थालेका छन । मुख्यगरी जारी आन्दोलनमा प्रहरी प्रशासन द्धारा अत्यद्यिक वल प्रयोग भएको भन्दै मधेशी युवाहरुमा ठुलो आक्रोश देखिएका छन । दलानलाइ प्राप्त केहि फोटो र कागजातहरुले मधेशका युवाहरु जारी आन्दोलनलाई सफल बनाउदै भन्दै सैन्य तालिम तिर लम्किन थालेको देखिन्छ । दलानलाइ प्राप्त एउटा एक पेज लामो भर्ना सम्बन्धी एउटा विज्ञप्ती दुई महिना अघिको देखिन्छ । उक्त विज्ञप्तिमा भनिएको छ, जारी मधेश आन्दोलन दुई महिना लामो समय देखि चलीरहदा पनि सफल नभइरहेको अवस्थामा मधेशी सेना निर्माणका लागी आब्हान गरिएको छ । उमेर समुह नै तोकेर आब्हान गरिएको विज्ञप्तिमा १५ बर्ष दे्खि २५ बर्ष उमेर समुहका मधेशी इच्छुक युवाहरुलाई आउन आब्हान गरिएको देखिन्छ । विज्ञप्तिमा तालिम समय, तालिम स्थान, देखि सम्पर्क व्यक्तिहरुको नम्बरहरु समेत देखाइएको छ । हिंसात्मक गतिविधी थप प्रोत्साहन नपाओस भन्ने उदेश्यले दलानले त्यसको माथिल्लो अंश मात्रै याहा प्रकाशित गरेको छ । जस खण्डमा विज्ञप्तिमा भनिएको मधेशी सेनाका लागी अपिल गरिएको छ । भाषिक रुपमा केहि त्रुटिपुर्ण देखिएको उक्त विज्ञप्तिमा नेपाली र हिन्दीमा एउटा मुक्तक समेत लेखिएको देखिन्छ । जारी मधेश आन्दोलनको दुइ महिना पछि उक्त विज्ञप्ति जारी गरिएको देखिन्छ । अर्थात आज भन्दा दुई महिना पुर्वको उक्त विज्ञप्ति हो भन्न सकिन्छ । त्यसैगरी हालै मधेशको एउटा ग्रामिण इलाकामा मधेशी युवाहरुले बन्दुक जलाउन सकिरहेको फोटो समेत दलानलाई प्राप्त भएको छ । जुन फेटोमा भर्खरका केहि मधेशी युवाहरु बन्दुक चलाउन सिकिरहेको देखिन्छ । रातीको समयको उक्त फोटो खिचेको देखिन्छ । दलानलाइ प्राप्त भएको उक्त फोटाको स्रोतलाई सुरक्षाको दुष्टिकोणका कारण हामीले उक्त फोटोको विस्तृत विवरण याहा प्रस्तुत गर्न सकेनौ ।
 
हिंसाको खतरनाक पुर्नागमन को संकेत 

Monday, December 28, 2015

किन असफल हुदै छन वार्ता प्रक्रिया ?


गएको साढे चार महिना देखि आन्दोलनरत मधेशी पक्ष र प्रमुख दलहरु विच वार्ता हुदै छ भन्ने समाचार आउने वितिकै सवैको चासो त्यता जाने गर्छन । स्वभाविक पनि हो । लामो समय देखि जारी आन्दोलनले मधेश देखि पहाड सम्मको जनजीवनहरु प्रभावित छन । त्यही भएर होला वार्ताको समाचारले आम नागरिकलाई अली वढी आशावादी वनाइ दिन्छ । र हरेक वार्तावाट नेताहरु निस्कदा भन्ने गर्छन, कुराकानी साकारात्मक रुपमा अगाडी वढेको छ, केहि दिनमै टुगो लाग्छ । यसले थप हौसिन्छ नागरिकहरु । तर त्यस्तो परिणाम देखिनमा आउदैन । फेरी दलहरु पुरानै विन्दूमा गएको देखिन्छ । आखिर किन यस्तो भईरहेको छ । पछिल्लो समयमा सरकारी पक्ष भन्दा पनि काग्रेस र एमाओवादी संग वढी बसउठ गरीरहेका मोर्चाका नेताहरु भन्छन, याहा वाट पनि केहि निस्कीएला भन्नेमा विश्वास छैन । तर गएको शनिवार वार पछिल्लो पटक काग्रेस एमाओवादीसंग छलफलमा बसेका एक नेता भन्छन, किन त्यस्तो नहोस । चार घण्टाको छलफलमा कुनै निष्कर्ष निस्केकै हुदैन, अनि आउने वेलामा प्रमुख दलका नेताहरुले वाहिर साकारात्म्क छ भनेर प्रेसमा भन्नुस भनेर उर्दी जारी गर्छन, हामी त्यही अनुरुप भनिदिन्छौ तर केहि भएकै हुदैन अनि परिणाम कसरी देखियोस । पछिल्लो शनिवारको छलफलको सन्दर्भमा त्यहा सहभागी एक नेता भन्छन, तीन घण्टाको काग्रेस संग छलफलमा मोर्चाको ११ बुदे वारेमा समान्य छलफल र काग्रेसले संसदमा पेश गरेको संशोधन विद्येयक वारेमा अली वढी छलफल भयो । हामीले उक्त परिमार्जन विना परित भयो भन्ने हामी स्विकार गर्ने छैन भनेर कुरा राख्यौ उहाहरुले समान्य परिवर्तनको जनाउ दिनु भयो जसले हाम्रो मागलाई सम्बोधन गर्ने कुरै आउदैन, ती नेता भन्छन, अनि अन्तमा प्रचण्डजी आउदा पनि यही सेरोफेरोमा कुरा भयो साझ अली वढी घर्कन थालेको थियो, हामी सवै जना निस्कने कुरा गर्यौ । निस्कने कुरा आए पछि प्रचण्डले भने, एउटा सानो टिम बनाएर सवै कुराको वारेमा एउटा आधार वनाउ र त्यसलाई सहमतीको स्वरुप दिने कुरा गरेको मोर्चाको नेताको भनाई छ । तर मोर्चा भन्दा पहिला त्यसमा काग्रेसले प्रश्न गर्यो, के एमालेले मान्छन त्यो । त्यसपछि काग्रेसका केहि नेताले प्रचण्डलाई उक्त जिम्मा दिए, तपाइ एमाले संग कुरा गर्नुस अनि भोली वसौला । त्यसपछि प्रचण्डले मोर्चाका नेताहरुलाई तपाईहरु वाहिर साकारात्म्क छलफल हुदै छ भनेर बोलि दिन आग्रह गरे । उनले हामी भोली एमाले सहित बैठक गर्ने पनि जिम्मा लिए । तर त्यसो हुन सकेन । वार्ता तथा छलफलहरुमा सहभागी हुने नेताहरु भन्छन, सुरुमा सवै विषय माथी कुरा हुन्छन तर अन्तिममा निष्कर्ष निकाल्ने वेलामा हामी एउटा पनि ठोस रुपमा दिन सक्दैनौ, अहिले सम्मको वार्ता र छलफलको निचोड यस्तै छ । अनि कसरी होस वार्ता प्रकिया सफल ? उनले प्रश्न गरे । 

किन अफल हुदै छन वार्ता ?

Sunday, December 27, 2015

'राष्टवादले समावेशीताको ग्यारेन्टी गर्नै पर्छ ।'


नेपाली काग्रेसका नेता प्रदीप गिरी तथा तमलोपा अध्यक्ष महन्थ ठाकुरले राष्टवादले समावेशीतको ग्यारेन्टी गर्नु अनिवार्य रहेको तर्क गरेका छन । काठमाडौमा पत्रकार प्रशान्त झा द्धारा लेखिएको व्याटल अफ रिपब्लीकाको नेपाली संस्करण गणतन्त्रका संघर्षहरुको विमोचन कार्यक्रममा आयोजना गरिएको कार्यक्रम यी दुइ नेताले समावेशीताको ग्यारेन्टी विना राष्टवाद हुनै नसक्ने दावी गरे । डेढ बर्ष अघि प्रकाशित व्याटल अफ रिपब्लीकाको नेपाली संस्करण गणतन्त्रका संघर्षको अनुवाद उज्जवल प्रसाइले गरेका छन । विमोचोन समारोहमा आयोजना गरिएको कस्तो राष्टवाद र कसको राष्टवाद शिर्षकको छलफलमा मधेश आन्दोलनका एक जना अगुवा नेता महन्थ ठाकुर र नेपाली काग्रसका नेता प्रदीप गिरी उक्त शिर्षक माथी विचारहरु राखेका थिए । जारी मधेश आन्दोलनलाई तमलोपा अध्यक्ष महन्थ ठाकुरले मधेशीहरुको राष्टीयतासंग जोडदै यसको उचित सम्बोधन भए  नेपालको राष्टियता मजवुत हुने दावी गरे । मधेश आफैमा छुटै राष्ट हो, म नेपाली काग्रेसमा रहदा देखि नै यो कुरा भन्दै आएको छू, ठाकुरले भने यसवाट आतिनु पर्ने वा डराउनु पर्ने कारण छैन । एउटा देश भित्र विभिन्न राष्टीयताहरु हुन्छ ठाकुरले भने त्यस सवैलाई मिलाएर देश अगाडी वढदा झनै मजवुत हुन्छ ।

Saturday, December 26, 2015

विराटनगरको नाकामा तनाव । सदभावना अध्यक्ष महतो सहित कयौन नेताहरु धाइते ।

प्रहरीसंगको झडपम धाइते भएका सदभावना अध्यक्ष राजेन्द्र महतो अस्पतालमा


विराटनगर स्थित जोगवनी नाकामा धर्ना दिन पुगेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रहरी संगको दाहोरो झडपमा धाइते भएका छन । महतो आज दिउसो देखि उक्त नाकामा धर्ना दिने पुर्व कार्यक्रम थियो । विरगंज नाकामा बस्दै भएका महतो हिजो अवेर साझ भारतीय वाटो हुदै विराटनगर पुगेका थिए । आज दिउसो विराटनगर जोगवनी नाकामा धर्नामा बसीरहेको वेला प्रहरीले हस्तपेक्ष गरेर महतोलाई नियन्त्रणमा लिन खाजेका थिए । त्यस पछि स्थिती तनावपुर्ण बन्न पुगेको र दाहोरो झडपको अवस्था सिर्जना भएको थियो । दाहोरो झडपको क्रममा महतो संगै सदभावना पार्टीका प्रवक्ता संतोष मेहता सहित आधा दर्जन नेताहरु धाइते भएका छन । महतोको टाउको र खुटामा चोट लागेको सदभावनाका प्रवक्ता संतोष मेहताले बताए । धाइते महतो सहित अन्य सवैको विराटनगरमा उपचार गरिएको छ ।

Friday, December 25, 2015

अन्योलताको भुमरीमा मधेश देखि काठमाडौ ।

शुक्रवार सर्लाहीको मंलवामा महिलाहरुले निकालेको विशाल जुलुस

चार महिना नाघेको पनि १० दिन वित्न लाग्यो जारी मधेश आन्दोलनको । काठमाडौ देखि मधेश सम्मको एउटै साझा प्रश्न देखिन्छ । अब के हुन्छ त ? जसको उत्तर आन्द्योलनरत मधेशी मोर्चा देखि सरकारी पक्ष कसै संग आजको मिती सम्म छैन । सबै संग कुरा गर्नुस, निष्कर्ष एउटै हुन्छ, भन्न सकिन्न, के हुन्छ, हुन्छ । गएको ३ असोजमा जारी गरिएको नयां संविद्यान प्रति असन्तुष्टि जनाउदै सुरु भएको मधेश आन्दोलनको मुख्य गरी सघियताको सिमाकंन सहितको मधेशको प्रतिनिधित्वको सवालमा मुद्धाहरुलाइ उठाएका छन । आन्दोलन सुरु भएयता सरकारी पक्ष संग अथवा प्रमुख दलहरु संग मोर्चाको वार्ता पनि नभएको होईन । हाल सम्म कम्तीमा पनि दुवै पक्ष विच २३ पटक वार्ता भइसकेको देखिन्छ । तर दुवै पक्षको विचमा कुरा मिल्ने छाटकाट देखिएको छैन । आन्दोलनरत मोर्चा भन्छन, आन्दोलनकारीहरुको मुख्य माग संघियताको सिमाकंन प्रति प्रमुख दलहरु अहिले सम्म लचिलो भएर कुरा गर्न तयार नै छैन । प्रमुख दलहरु भन्छन, सिमाकंनलाई थाती राखेर सहमती गरौ । मोर्चा भन्छन, त्यो कुनै पनि शर्तमा मान्य छैन । गएको मंगलवार विभिन्न उच्च स्तरीय वार्ताहरुमा सहभागी सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्णले यो संवाददातासंगको एउटा कुरामा आन्दोलनकारीहरुको वह यसरी पोखो, मधेशमा जुन स्तरको आन्दोलन चलीरहेको छ, त्यसको आधारमा हामी अत्यन्तै लचिलो मागहरु सहित प्रस्तुत भएका छौ तर पनि प्रमुख दलहरुले यसलाई गम्भिरता पुर्वक लिने कुनै छाटकाट छैन ।
 
काठमाडौमा के हुदै छ ?

Thursday, December 24, 2015

आन्दोलनरत मोर्चाको तयारी - 'एक धक्का अझै जोडले दिनु पर्छ ।'


गएको चार महिना देखि आन्दोलनरत मधेशी मोर्चाले एक धक्का अझै जोडले दिनु पर्ने निष्कर्ष निकाल्दै त्यसको तयारी गरिरहेका छन । गएको ३ पुषमा आन्दोलनलाई फेरी सश्क्क्त बनाउने निर्णय सार्वजनिक गरे लगतै मधेशमा छठ पछि सुस्ताएको आन्दोलन विस्तारै उग्र वन्दै गईरहेको देखिन्छ । यही विच सरकारी पक्षले मन्त्रीपरिषद वाट वार्ताका लागी तीन बुदे निर्णय सहित आब्हान गरेको थियो । तर मोर्चाले त्यसलाई अपुरो भन्दै अस्विकार गरेका थिए । औनपचारिक छलफलमा सहभागी मोर्चाका नेताहरुका अनुसार सुरुमा आन्दोलनलाई नै मान्न तयार नहने प्रमुख दलहरु अहिले संघियता वाहेकको सवै मुद्धा सम्बोधन गर्न तयार भएको छ, आन्दोलनलाई अझै एक चरण जोडले धक्का दिएमा संघियता प्रति समेत उनीहरु वाध्य भएर सम्बोधन गर्न तयार हुने आकंलन गरेका छन । अनौपचारिक छलफलहरुमा सहभागी नेताहरुका अनुसार प्रमुख दलहरु संघियताको सन्दर्भमा अझै पनि लचिलो भएको अवस्था छैन, यस्तो अवस्थामा अन्य मुद्धा सम्बोधन गरेर मात्रै सहमती गर्दा संघियता फेरी जस्ताको त्यस्तै रहने सम्भावना हुन जान्छ । त्यसैले आन्दोलनलाई फेरी एक  चोटी उचाईमा पुर्याउदै प्रमुख दलहरुलाइृ झुकाउनु पर्छ ।

Wednesday, December 23, 2015

कसरी अतिरञ्जित बन्यो राष्टपतिको जनकपुर भ्रमण ?


पुष १ मा विवाहपन्चमीको अवसरमा राष्टपति विद्यादेवी भण्डारी जनकपुर पुगीन । त्यसको चार दिन पछि काठमाडौमा उनी विरुद्ध भएको प्रर्दशन वारेमा विभिन्न प्रकारका समाचारहरु आए । गएको चार महिना देखि आन्दोलनमा रहेको मधेशका शक्तिहरुले उनको भ्रमणको गाइगुइ चले देखि नै जनकपुरमा त्यसको विरोध गर्ने जनाएको थियो । र भयो पनि त्यसै विवाहपन्चमीको दिन राष्टपति जनकपुर पुग्दा प्रहरीको कुटाइवाट झण्डै १ सय जना धाइते भएका थिए । जसमा १ दर्जन जती त भारतीय तिर्थालूहरु थिए । राष्टपति भण्डारीको जनकपुर भ्रमणको चार दिन पछि एक्कासी समाचारहरु छायो कि उनी जानकी मन्दिरवाट फर्किए पछि स्थानिय युवा आन्दोलनकारीहरु तथा मोर्चाका नेताहरु उनलाई विद्यवा जस्ता अपमानित हुने खालको शब्दहरु प्रयोग गर्दै जानकी मन्दिरलाई शुद्धिकरण अभियान थालेका थिए । समाचार आए पछि झनै त्यो क्रम चर्केको देखियो । आन्दोलनकारीहरुले आफुहरु उनलाई विद्यवा भन्दै नभनेको र मन्दिरमा कुकुर, जुता सहित सवै छिरेकाले शुद्धीकरण अभियान थालेको जनाएका छन । यो प्रकरणमा सवै भन्दा पहिला मुछिएका थिए जनकपुर आन्दोलनको उठानमा महत्वपुर्ण भुमिका खेलेका युवा अभियानी सरोज मिश्र । सरोज जनकपुरमा सक्रिय मास नामक आन्दोलनरत युवाहरु सन्जालको संयोजक पनि हुन ।

के भएको थियो ?

Tuesday, December 22, 2015

वार्ता प्रसंग - 'तत्कालै केहि हुदैन ।'

नेपाली काग्रेसको महाधिवेशन पुर्व कुनै सहमतीको सम्भावना अत्यन्तै न्युन रहेको नेताहरु बताउछन । 

आइतवार अवेर साझ बसेको मन्त्रिपरिषदको बैठकले आन्दोलनरत मधेशी मोर्चा संग वार्ताका लागी ३ वुदे निर्णय गरे पछि फेरी एकचोटी वार्ता र सहमतीको वारेमा विभिन्न अडकलवाजीहरु हुन थालेको देखिएको छ ।  आइतवार सरकारले निर्णय गरे पछि सोमवार विहानै मोर्चाको शिर्ष नेताहरु र भारतीय राजदुतको भेटघाट, त्यस पछि दिउसो परराष्टीमन्त्री कमल थापाले मोर्चालाई औपचारिक रुपमा उक्त निर्णय बुझाउनु र त्यस लगतै मोर्चा र काग्रेसको बैठक हुनुले राजनितीकवृतमा चर्चा पाउनु स्वभाविकै हो । सोमवार साझ काग्रेस सग बैठक गरेका मोर्चा मंगलवार विहानै फेरी पनि काग्रेससंग बैठक गरेका थिए । र आइतवारको निर्यायलाई सोमवार भारतीय विदेश मन्त्रालयले स्वागत गरे पछि चर्चापरिचर्चाको थप बिषय बन्न पुग्यो । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर कतिपय समाचारहरुमा त अब जारी आन्दोलनका कारण अवरुद्ध नाकाहरु समेत खुल्ने संकेतको रुपमा अर्थाथ्यो । तर सोमवार र मंगलवारको सबै वैठकहरुमा सहभागी एक शिर्ष मधेशी नेता भन्छन, तत्कालै केहि हुने सम्भावना छैन । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसको आसन्न महाधिवेशन पश्चात मात्रै कुनै आधार तय हुन सक्लान कि जस्तो देखिन्छ । मंगलवार साझ मोर्चाले औपचारिक बैठक नै गरेर पछिल्लो प्रस्तावलाई अस्विकार गर्ने जनाएको छ ।

Monday, December 21, 2015

गौरमा थप तनाव । मधेशमा प्रर्दशनहरु तीव्र

रौतहटको कटहरीया प्रहरी चौकीमा तोडफोड गर्न हिडेका युवा आन्दोलनकारीहरु

रौतहट सदरमुकाम गौरमा आइतबार झडपमा प्रहरीको गोली लागी बिद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्कुले बिद्यार्थीले सोमबार बिहानै ग्रामीण भेगको ३ प्रहरी चौकीमा तोडफोड र आगजनी गरेका छन् । त्यस पछि रौतहटको गौर सहितको क्षेत्रमा थप तनाव सिर्जना भएको छ । सदरमुकाम गौरमा पनि बिहानैदेखी चोक–चोकमा टायर बालेर प्रदर्शन भएपछि १० बजेसम्मका लागि हटाइएको कर्फ्यु १०स्३० देखि अनिश्चितकालका लागि फेरि जारी गरिएको थियो । स्थिती केहि साम्य भए पछि वेलुकि ६ वजे देखि चार घण्टाका लागी क्फुर्य हटाइएको छ ।

Sunday, December 20, 2015

फेरि चर्कीयो मधेशमा आन्दोलन । गौरमा प्रहरीको गोली वाट एकको मृत्यू । संशोधन विद्येयक मधेशै भरी जलाइयो ।

गएको शुक्रवार विरगंजमा निकालिएको मसाल जुलुस

छठ पछि अली शान्त भएको मधेश आन्दोलन फेरि चर्केको छ । गएको शुक्रवार मधेशी मोर्चाले आन्दोलन पुन सशक्क्त बनाउने उदघोष गरे पछि मधेशै भरी फेरी आन्दोलन चर्किएको छ । गएको शुक्रवार देखि नै मधेशका विभिन्न जिल्लाहरुमा प्रर्दशनहरु कडा रुपमा हुन थाले पछि प्रहरी संग पनि दाहोरो झडपको अवस्था सिर्जना भएको छ । हिजो शनिवार र आज आइतावर दुवै दिन विरगंज र रौतहटको गौरमा आन्दोलनकारीहरु र प्रहरीको दाहोरो झडपहरु दिनै भरी चलेका थिए । रौतहटको गौरमा प्रहरीले चलाएको गोली वाट एक जनाको मृत्यू समेत हुन पुगेको छ । प्रहरी प्रशासनहरुले आन्दोलनकारी प्रहरी माथी आक्रमण गर्न थाले पछि बाध्य भएर गोली चलाउनु परेको बताएका छन भने आन्दोलनकारीहरुले शान्तिपुर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन । गएको साउन अन्तिम हप्ता देखि मधेशमा सुरु भएको आन्दोलनमा ५५ जनाको मृत्यू भइसकेको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाले जनाएको छ । विभिन्न अन्तराष्टिय मानव अधिकारवादी संघ संस्थाहरुले जारी मधेश आन्दोलनमा प्रहरी प्रशासनले अत्यद्यिक वल प्रयोग गरेको भन्दै नेपाल सरकारको पटक पटक ध्यानाकर्षण गराइसकेका छन ।

Friday, December 18, 2015

आन्दोलनको नेतृत्व गर्दै शिर्ष नेताहरु मधेशमा बस्ने । वार्ता अब काठमाडौमा नगर्ने महन्थ ठाकुरको भनाइ ।

काठमाडौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मोर्चाका नेताहरु


गएको १२६ दिन देखि जारी मधेश आन्दोलन फेरी चर्काउने उदघोष गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आफनो शिर्ष नेताहरु लाई मधेश भरी नै खटाउने तयारी गरेका छन । खास गरी पछिल्लो समयमा अली फितलो हुदै गएको आन्दोलनलाई थप सश्क्क्त बनाउन लागेको भन्दै नया कार्यक्रमहरु सार्वजनिक गरेको मोर्चाले  स्थानिय आन्दोलनकारीहरुमा अन्योल वढन  थालेकाले शिर्ष नेताहरुलाई मधेशमै बस्ने रणनिती बनाएका छन । जस अनुसार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पुर्व क्षेत्रको कमाण्ड गर्दै विराटनगर केन्द्र बनाएर आन्दोलनमा खटिने छन भने तमलोपा अध्यक्ष महन्थ ठाकुर पश्चिममा खटिने छन । यस अघि देखि नै सदभावना अध्यक्ष विरगंजमा बस्दै आइरहेका छन । त्यसैले महतो विरगंज मै बसेर मध्यको आन्दोलनलाई नेतृत्व गर्ने छन । त्यसैगरी तमसपाका अध्यक्ष महेन्द्र यादव सर्लाहीमा बस्ने योजना छ । यसरी मोर्चामा आबद्ध शिर्ष नेताहरु आफै मधेशका विभिन्न भागमा बसेर आन्दोलनको नेतृत्व गर्ने जनाइएको छ । मोर्चामा आबद्ध सवै तहका नेताहरुलाई काठमाडौ छाडेर मधेशमा आ आफना क्षेत्रमा पुगेर आन्दोलनमा सहभागीता तथा त्यहा सक्रियता जनाउन मोर्चाले आन्तरिक रुपमा भनिसकेका छन । खासगरी  दुई हप्ता अघि मोर्चाका शिर्ष नेताहरु दिल्ली भ्रमण गए पछि जिल्लाहरुमा रहेका मधेशी सवै केन्द्रिय नेताहरु मधेश छाडेर काठमाडौ आएका थिए । जसका कारण स्थानिय स्तरमा आन्दोलनकारीहरु विचको सम्वन्यमा ठुलो समस्या देखिन थालिएको थियो ।

Thursday, December 17, 2015

वार्ताको औचित्य समाप्त भएको मोर्चाको निष्कर्ष । भोली पत्रकार सम्मेलन मार्फत नयां आन्दोलनको कार्यक्रम घोषणा हुदै


आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारी पक्षहरु संग वार्ताको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै अगामी आन्दोलनको कार्यक्रमहरु भोली सार्वजनिक गर्ने जनाएको छ । आज साझ तमलोपा पार्टी कार्यलयमा मोर्चाको औपचारिक बैठकले जारी आन्दोलनको सन्दर्भमा छलफल गर्दै विभिन्न विषयहरु माथी छलफल भएको छ । भोली विहान फेरी बैठक गरेर दिउसो २ वजे पत्रकार सम्मेलन मार्फत मोर्चाले आफनो अवद्यारणहरु सार्वजनिक गर्ने जनाएका छन । आजको बैठकमा मुख्य गरी तीन ओटा विषयमा छलफलहरु भएको नेताहरुले बताएका छन । पहिलो सरकारी पक्षहरु संग हाल सम्म भएको वार्ता प्रसंग, दोस्रो अगामी आन्दोलन कसरी सश्क्क्त बनाउने वारेमा र तेस्रो हालै सरकारले संसदमा दर्ता गराएको संशोधन विद्येयक वारेमा । मोर्चाको यी विषयमा भएको छलफलहरुको निष्कर्ष सहितको निर्णय भोली सार्वजनिक हुने बताइएको छ ।

Wednesday, December 16, 2015

विवाहपन्चमीमा बबाल

जनकपुरमा आज राष्टपति

मिथिला क्षेत्रको प्रसिद्ध मेला मानिने विवाहपन्चमीको अवसरमा आज जनकापुर दिन भर तनावग्रस्त भएका छन । विवाहपन्चमीको अवसरमा जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा राष्टपति विद्यादेवी भण्डारी पुजा गर्न जाने कार्यक्रम तय भए संगै जनकपुरमा त्यसको विरोध भईरहेको थियो । गएको चार महिना देखि आन्दोलनमा रहेको मधेशी शक्तिहरु प्रमुख पार्टीहरु माथी अधिकार नदिएको आरोप लगाउदै आएका छन । नयां संविद्यानको विरोधमा मधेशमा जारी आन्दोलनका कारण आक्रोशित रहेको मधेशको पृष्टभुमिमा आज जनकपुरको प्रसिद्ध मे्ला विवाहपन्चमी रितिपुर्वक सम्पन्न समेत हुन सकेको छैन । इतिहासमा यसरी विवाहपन्चमीको पद्धती नै पुरा नभएको यो पहिलो पटक हो । जारी आन्दोलनका कारण भारतको अयोध्यावाट जयन्ती आउन सकेको थिएन भने । अर्को राष्टपतिको विरोधका कारण विवामहोत्वका कुनै पनि पद्धतीहरु पुर्या रुपमा सम्पन्न हुन सकेको छैन । विवाहपन्चमीमा जनकपुरमा लाग्ने सवै भन्दा ठुलो मेला हो ।

Tuesday, December 15, 2015

यस्तो बन्दै छ मोर्चाको नयां आन्दोलन रणनिती

नाका थप कडा पार्नका लागी वारी - पारीका संयुक्त बैठकहरु सम्पन्न


दिल्ली भ्रमण देखि एक्कासी अली चिसिएको मधेश आन्दोलनलाई पुन चर्काउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्तरिक तयारीलाई तीव्र बनाएका छन । यता मौसममा आएको हेरफेरले नाका केन्द्रित कार्यक्रममा समेत पछिल्ला केहि दिन यता अप्ठायाराहरु देखिन थालीए पछि त्यस वारेमा समेत मोर्चा रणनितक रुपमा अघि वढन खाजेको कतिय भित्रियाहरुको भनाई छ । आउदो शुक्रवार सम्ममा मोर्चाको बैठक गरेर नयां कार्यक्रमहरु घोषणा  गर्ने तयारी मोर्चाको छ । सम्भवतह विहिवार नै अथवा शुक्रवार मोर्चाको औपचारिक बैठक वोलाउने तयारी भईरहेको छ । सोमवार तमलोपा पार्टी कार्यलयमा मोर्चाका प्रमुख नेताहरुको तीन घण्टा वढी सम्म भएको अनौपचारिक बैठकले जारी आन्दो्लनको समिकक्षा गर्दै भावी रणनिती वनाउने वारेमा छलफल गरेका थिए । खासगरी चिसो सगै तराई मधेशमा पछिल्लो केहि दिन यता शितलहर चल्न थाले पछि नाका केन्द्रित कार्यक्रमलाई लिएर विभिन्न अडकलवाजीहरु चलीरहेको थियो । तर केहि दिन भित्रै नाकाहरु पुन थप कडाई गर्न लागिएको मोर्चा स्रोतले दाबी गरेका छन ।

आन्दोलनकारीको अप्ठायारा बुझन महन्थ ठाकुर विरगंजमा

Monday, December 14, 2015

आन्दोलन चर्काउन पश्चिममा मधेशी पार्टीहरुको विशेष भेला हुदै



पुर्वी मधेशको तुलनामा सिथिल देखिएको पश्चिमी मधेशका जिल्लाहरुमा आन्दोलनरत मधेशी पार्टीहरुले विषेश प्रशिक्षण सहित कार्यकर्ता भेलाहरुको आयोजना गर्न लागेका छन । आउदो ४ पुष देखि नवलपरासी वाट सुरु हुने यस्तो भेलाले पश्चिम मधेशका जिल्लाहरु विच आन्दोलनको समन्वय समितीहरु समेत निर्माण गरिने तयारी छ । तमलोपाका महामन्त्री गोविन्द चौधरीका अनुसार ४  देखि ६ पुष सम्म नवलपरासीमा र त्यस पछि रुपन्देही, कपिलवस्तूमा यस्तो प्रशिक्षण गरिने छ । पश्चिमका नवलरपरासी, रुपन्देही र कपिलवस्तू, वाके र बर्दीया तथा कैलाली र कन्चनपुर जिल्लाहरुको आन्दोलन समन्वय समिती बनाउने तयारी मधेशी पार्टीहरुले गरेका छन । दागमा राजमार्ग केन्द्रित योजना बनाउने तयारी छ । दाग देखि कन्चरपुर सम्म थारु आन्दोलनकारी समितीहरुसंग समेत समन्वय गरेर आन्दोलन समितीहरु बनाउन लागीएको बताएइको छ । यस्तो समन्वय समितीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सवै पार्टीहरु सहभागी हुने छन ।

Sunday, December 13, 2015

अन्योलमा आन्दोलनकारीहरु

आइतवार जारी मधेश आन्दोलनको समर्थनमा काठमाडौमा निकालिएको जुलुस

गएको चार महिना यता आन्दोलित रहेको मधेशका आन्दोलनकारीहरु पछिल्लो केहि दिन यता अन्योलमा देखिन थालेका छन । खास गरी एक हप्ता पहिला संयुक्त लोकतान्त्रिक मोर्चाका शिर्ष नेताहरु दिल्ली भ्रमणमा गए पछि स्थानिय स्तरमा आन्दोलनका अगुवाहरु समेत अन्योलमा देखिन थालेका छन । मोर्चाका शिर्ष नेताहरुले दिल्ली भ्रमण वाट फर्किए लगतै आन्दोलनको कुनै पनि कार्यक्रममा हेरफेर नभएको भन्दै आन्दोलन यथावत रहेको बताए पनि स्थानिय स्तरमा शिर्ष नेताहरु के गर्न लाग्यो भनेर मधेशका चौक चौराहामा चर्चा हुन थालेका छन । खासगरी पछिल्लो समयमा परराष्टमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराज विचको सहमती अनुसार ४ बुदे सहमतीय अवधारणा अघि आए पछि मोर्चाका शिर्ष नेताहरु  त्यो नमान्ने सहितको आशय सहित दिल्ली पुगेर भरतीय पक्षहरुलाई जारी आन्दोलनको वारेमा बिफ्रिग गरेका थिए । तर उता वाट फर्किए चार दिन भइस्कदा पनि मोर्चाका सवै शिर्ष नेताहरु आन्दोलनको कुनै ठोस केन्द्रिय कार्यक्रम समेत अघि सारेका छैनन । वरु राजमार्ग केन्द्रित राखिएका आमसभाहरु दिल्ली जाने पुर्वसन्धयामा स्थगीत गरेका थिए । उता आन्दोलनको कुनै पनि कार्यक्रममा हेरफेर नभएको दावी गरे पनि विरगंज वाहेकका अन्य नेपालभारत नाकाहरु पछिल्लो समयमा राम्ररी सुचारु हुन थाले पछि स्थानिय स्तरमा आन्दोलनकारीहरु थप अन्योलग्रस्त देखिन्छ ।

जनकपुर क्षेत्रको आन्दोलनलाई नजिकवाट नियालीरहेका स्थानिय युवा अभियानी अनुज मिश्रा भन्छन, मोर्चाका शिर्ष नेताहरु दिल्ली गए पश्चात आन्दो्लनको रौनकतमा व्यापक कमी देखिन थालेका छन भने स्थानिय आन्दोलनकारीहरुमा व्यापक अन्योलता देखिन थालेका छन । आन्दोलन जारी नै छ, अहिलmे पनि विरोधका कुनै कुनै कार्यक्रम हरेक दिन चाही नभएको होईन, मिश्रा भन्छन, तर केन्द्रित स्तरवाट देखिनु पर्ने संयोजनको व्यापक कमी देखिन थालेका छन, त्यसैले कतै न कतै स्थानिय आन्दोलनका अगुवाहरु संशकित देखिन्छन । यस सगै मोर्चाका शिर्ष नेताहरु माथी विभिन्न आशंका सहितको टिकाटिप्पणीहरु समेत भईरहेको मिश्राको भनाई छ ।

Friday, December 11, 2015

मानवअधिकारकर्मीहरु माथी पनि शंका उब्जीएकै हुन - मोहना अन्सारी ।

हिजो विहिवार मात्रै अन्तराष्टिय मानवअधिकार दिवस मनाइएको छ । गएको चार महिना देखि आन्दोलनमा रहेको नेपालको तराई मधेशमा त्यस यता मानव अधिकारको अवस्था झनै नाजुक बन्दै गएको विभिन्न अन्तराष्टिय मानवअधिकारवादी संघ संस्थाहरुले बताउदै आएका छन । यसै सन्दर्भमा हिजो नेपालले पनि मनाएको अन्तराष्टिय मानवअधिकार दिवसको सन्दर्भमा मधेश आन्दोलनको निरन्तर अनुगमणमा रहेकी राष्टिय मानव अधिकार आयोग कि प्रवक्ता मोहना अन्सारी शुक्रवार दलानसंग कुराकानी गर्दै यस क्षेत्रको अवस्थालाई यसरी व्यख्या गरिन । प्रस्तुत छ उनी संग गरिएको कुराकानीको सम्पादित अंश - 


राष्टिय मानव अधिकार आयोग कि प्रवक्ता मोहना अन्सारी

तपाई स्वयंम  जारी मधेश आन्दोलनको अनुगमनमा हुनुहुन्छ । हामीले हिजो मात्रै अन्तराष्टिय मानवअधिकार दिवस मनाएका छौ । यस सन्दर्भमा भन्नु पर्दा अहिले तराई मधेशको अवस्था के छ ?
 
- सवै भन्दा पहिला त गएको चार महिना देखिको लागतार बन्दका कारण तराई मधेशका बासिन्दाहरुका दैनिकीमा अनेकन समस्याहरु सिर्जना भएका छन । नागरिकहरुको दैनिकीमा अनेकन अप्ठायाराहरु देखिन थालिएको छ । विद्याँलयहरु पुर्ण रुपमा सुचारु छैन । ज्यालामा काम गर्ने मानिसहरुको दैनिकी झनै अप्ठायारामा पर्दै गईरहेको छ । आन्दोलनको क्रममा मारिएका व्यक्तिहरुको परिवारमा झनै विचल्ली छाएको छ । व्यापारहरु ठप्प छन । त्यसैले सम्रगमा अहिले तराई मधेशको मानव अधिकारको अवस्था अत्यन्तै नाजुक छन ।
 
तपाईले गरेको यी कुराकानी त आम मानिसको दैनिकी भयो ? तर गएको चार महिना देखि जारी मधेश आन्दोलन र त्यस संग राज्यले गरीरहेको व्यहवारले कस्तो अवस्था उत्पन्न भएको छ ?  

- हो । यो कुरा साह्ै महत्वपुर्ण छ । म स्वयंम जारी आन्दोलनको सुरु देखि नै अनुगमनमा छू । र साच्चिकै भन्ने हो भने आज तराई मधेशमा राज्यको प्रहरी वाहेक अरु कुनै निकाय काम गरीरहेको छैन । अर्थात तराई मधेशमा  राज्य विहिनताको अवस्था सिर्जना भएको छ । प्रहरीहरुको अवस्था पनि अत्यद्यिक चुनौतीपुर्ण बन्दै गएको छ । गएको चारमहिना देखि आन्दोलनकारीहरु संग भिडदा भिडदा उनीहरु पनि तनावमा काम गरीरहेको छ । यसले थप समस्याहरु सिर्जना गरीरहेको छ । आन्दोलनकारीहरु तर्फको कुरा गर्नु हुन्छ भन्ने पनि, उनीहरु आन्दोलन भन्दा पनि शक्ति प्रर्दशन गरिरहेको भान हुन्छ । त्यसैले मानव अधिारको उल्घंन दुवै तर्फवाट भईरहेको छ । तर मेरो बुझाईमा स्थिती अहिल पनि धेरै विग्रीसकेको छैन । यसलाई चाडो भन्दा चाडो वार्ता मार्फत हल गर्नु पर्छ ।

Thursday, December 10, 2015

मधेशी मोर्चा काठमाडौ केन्द्रित आन्दोलन चर्काउने रणनिती बनाउदै ।

झण्डै चार महिना पुग्न लागेको जारी मधेश आन्दोलनका नेतृत्वकर्ताहरुले काठमाडौमा पनि आन्दोलन चर्काउने रणनिती वारेमा आन्तरिक गृहकार्यहरु थालेका बताएका छन ।

झण्डै चार महिना पुग्न लागेको जारी मधेश आन्दोलनका नेतृत्वकर्ताहरुले काठमाडौमा पनि आन्दोलन चर्काउने रणनिती वारेमा आन्तरिक गृहकार्यहरु थालेका छन । यसका लागी मोर्चाले विभिन्न पक्षहरु संगको कुराकानीहरुलाइ अघि वढाएका छन । सरकारी पक्ष वाट दिल्लीको सहमतीमा एउटा सहमतीय खाका अघि सारे पछि आन्दोलनरत मोर्चाका शिर्ष नेताहरु हिजो राती मात्रै चार दिने दिल्ली भ्रमणवाट फर्केका छन । सरकारी पक्षले अघि सारेका सहमतीय खाकाको आधारमा वार्ता प्रक्रिया अघि वढन नसक्ने बताएका मोर्चाका नेताहरुले सरकारलाई ११ बुदे मागको वारेमा प्याकेजको खाका प्रस्तुत गर्न माग गरेका छन । तराई मधेश सदभावना पार्टीका नेता तथा वार्ता टोली सदस्य राम नरेश राय भन्छन, हामीले आज सरकारी पक्षलाइ यो कुराको जानकारी गराएका छौ ।
 
काठमाडौ केन्द्रित आन्दोलन वारे आन्तरिक गृहकार्य सुरु

Wednesday, December 9, 2015

दिल्ली संकेत - आन्दोलन रोकिन्न, 'अवरुद्ध नाका' अहिले नै खुल्दैनन ।

आइतवार दिल्ली पुगेका आन्दोलनरत मधेशी मोर्चाका शिर्ष नेताहरु त्याहा भारतीय उच्च अधिकारीहरु संग लामो लामो छलफलहरु गरेका छन ।

चार दिने दिल्ली भ्रमणमा गएको मधेशी मोर्चाका शिर्ष नेताहरु आज अवेर राती काठमाडौ फर्केका छन । गएको आइतवार दिल्ली पुगेका आन्दोलनरत मधेशी मोर्चाका शिर्ष नेताहरु त्याहा भारतीय उच्च अधिकारीहरु संग लामो लामो छलफलहरु गरेका छन । भारतीय विदेशमन्त्री संग तीन घण्टा लामो डिनर कुराकानी गरेका मोर्चाका शिर्ष नेताहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा सुरक्षा सल्लाहकार अजित डोभेल र भारतीय विदेश सचिव जयशंकर संग १ घण्टा लामो कुराकानी गरेका छन । त्यसको संग हाल सतारुढ भारतीय जनता पार्टीको नेपाल हेर्ने जिम्म पाएका राम माधव संग लन्च मिटिंग संैगै पुर्वराजदुतहरु संगको छलफल देखि त्याहाका विपक्षी नेताहरु सम्म मोर्चाका शिर्ष नेताहरुको कुराकानी भयो । आफनो चार दिने दिल्ली भ्रमण वाट काठमाडौ फर्केका मोर्चाका शिर्ष स्रोतका अनुसार परराष्टमन्त्री वाट अघि सारिएको तीन बुदे प्रस्ताव बमोजिम वार्ता अगाडी वढने छैन । र हाल चर्चामा आएको अवरुद्ध नाका पनि खुल्ने छ्रैन । भारतीय विदेशमन्त्री संगको अनौपचारिक डिलको आधारमा भनिएको परराष्टमन्त्री थापाको उक्त प्रस्ताव वारे मोर्चाको दिल्ली भ्रमण पश्चात त्याहा पनि कुरा परिर्वतन भएको दिल्ली कुटनितीक उच्च स्रोतको दावी छ ।

सम्भवतह मोर्चाका शिर्ष नेताहरु भोली वा पर्सी औपचारिक रुपमै संघियताको सिमांकनको छिनोफानो नहुन्जेल आन्दोलनमा कुनै परिर्वतन नआउने  र सहमतीको अन्य कुनै प्याकेजमा सहमती समेत नजनाउने धारणा सार्वजनिक गर्दै छन । खासगरी परराष्टमन्त्री थापा दिल्ली वाट गएको विहिवार फर्के देखि नै काठमाडौले भनिदै आएको अघोषीत नाका अव खुल्ने सहितको समाचारहरु आएका थिए । त्यसै लगतै आन्दोलनरत मोर्चाका शिर्ष नेताहरु दिल्ली गए पछि यसले थप व्यापकता पाएका थिए । दिल्ली भ्रमणको क्रममा मोर्चाका नेताहरुलाई सवै पक्षहरु वाट नाका अवरुद्ध खुल्ला गर्ने सल्लाह आएको भन्दै समाचारहरु आएका थिए । तर मोर्चा दिल्ली वाट काठमाडौ फर्कने सुरसारमा गरीरहदा दिल्ली कुटनितीक स्रोतले बताएका अनुसार भारतीय पक्ष अव यसवारेमा तटस्थ बस्ने लाईनमा जाने छन । मधेशी मोर्चाले परराष्टमन्त्री थापाले अघि सारेको खाका अनुसार आफुहरु सहमत हुन नसक्ने अडान दिल्लीमा दोह्याए पछि स्थितीमा आकाश जमीनको परिर्वतन आएको छ । एक मोर्चाका शिर्ष नेता भन्छन, दिल्ली पहिला जस्तो अब रहेन, संघियता सहितको प्याकेजमा सहमती नहुन्जेल जारी आन्दोलन चलीरहन्छ, ढुक्क होउ ।

Tuesday, December 8, 2015

दिल्लीमा मोर्चाका शिर्ष नेताहरुको राजनितीक भेटघाट जारी

गएको अइतवार वेलुकि मोर्चाका शिर्ष नेताहरु र भारतीय विदेशमन्त्री स्वराज विचको भेटवार्ता


गएको आइतवार देखि दिल्ली भ्रमणमा रहेका आन्दोलनरत मधेशी मोर्चाका शिर्ष नेताहरु विभिन्न तहका राजनितीक भेटघाटमा मंगलवार वेलुकि सम्म व्यवस्त छन । जारी मधेश आन्दोलनलाई सम्बोधन गर्न परराष्टमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री विच एउटा सहमती भए पश्चात मोर्चाका शिर्ष नेताहरु दिल्ली पुगेका हुन । गएको शुक्रवार विहानै मोर्चाका एक घटक तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई परराष्टमन्त्री थापाले उक्त सहमतीको दस्तावेज उपल्बध गराए पछि मोर्चाका शिर्ष नेताहरु सरकारी पक्ष संगको वार्तामा सहभागी समेत नभई दिल्ली उडेका थिए ।

Monday, December 7, 2015

जब महन्थ ठाकुरको हाथमा कमल थापाको चार बुदे पर्यो । कसरी र किन गए मोर्चाका शिर्ष नेताहरु दिल्ली ?

दलानलाइ प्राप्त परराष्टमन्त्री कमल थापाका सहयोगीले तमलोपा अध्यक्ष ठाकुरलाई बुझाएको चार बुदे प्रस्ताव ।
गएको शुक्रवार एका बिहानै परराष्टमन्त्री कमल थापाको एक जना सहयोगीले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेर एउटा सदा पानामा चार ओटा बुदाहरु उल्लेख गरेको कागज थमाउन पुगे । एउटा सादा पानामा कसैको नत नाम थियो नत हस्ताक्षर । ठाकुरको हाथमा कागज थमाएर थापाका सहयोगी त्याहा वाट निस्कने वितिकै ठाकुरको मोबाईलमा परराष्टमन्त्रीको फोन पनि आयो । पराराष्टमन्त्री थापाले ठाकुरलाई भने, तपाई काहा पुर्याएको चार बुदे भारतीय विदेशमन्त्री सुष्मा स्वराज र हाम्रो प्रधानमन्त्री केपी ओली तथा मेरो विचमा भएको सहमती छ । आज वेलुकी निर्णयक वार्ता गरौ र जारी आन्दोलन टुगाएर मिलौ अव । ठाकुर अक्नवक्क भए । ठाकुरले थापालाई केहि भनेनन । ठाकुरले त्यो चार बुदा पढे । त्यस पछि उनी मोर्चाका चारै अध्यक्षहरुलाई फोन गरे । मोर्चाको शिर्ष तहमा खैल्लावैला नै मच्चियो ।

के थियो त्यो चार बुदाहरु ?

मोर्चा उच्च स्रोतले दलानलाई उपल्ब्ध गराएको परराष्टमन्त्री कमल थापाको सहयोगी द्धारा तमलोपा अध्यक्ष ठाकुरलाई पठाएको चार वुदे पत्रमा संघियताको सिमांकनको विवादलाई हल गर्ने संवैद्यानिक वा राजनितीक समिती वनाएर तीन महिना भित्र टुग्याउने प्रस्ताव थियो , त्यस पछि समावेशी समानुपातिक, तेस्रो जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र चौथौ नागरिकताको सवालमा संविद्यान संशोधन गर्ने उल्लेख गरिएको थियो ।

Sunday, December 6, 2015

दिल्लीमा मधेशी मोर्चाका शिर्ष नेताहरु राजनितीक भेटघाटमा व्यस्त

मधेशी मोर्चाका नेता शरद यादव संग

आइतवार विहानै दिल्ली पुगेका आन्दोलनरत मधेशी मोर्चाका शिर्ष नेताहरु राजनितीक भेटघाटमा व्यस्त छन । मोर्चाका चारै घटकका अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादव दिल्ली पुगेका हुन । राजेन्द्र महतो र महेन्द्र यादव हिजो राती भारतको पटना हुदै दिल्ली पुगेका थिए । ठाकुर र उपेन्द्र यादव आज विहान काठमाडौ वाट दिल्ली गएका हुन । दिल्लीमा पुगे लगतै राजनितीक भेटघाट सुरु गरेका यी नेताहरु आज साझ भारतीय विदेशमन्त्री सुष्मा स्वराज संग भेटवार्ता गरेकी छिन । भारतीय विदेश मन्त्री स्वराजले मोर्चाका शिर्ष नेताहरुलाई डिनर सहितको रात्रि भोज समेत आयोजना गरेकी छिन ।

Saturday, December 5, 2015

संघियताको छिनोफानो नहुन्जेल ‘अवरुद्ध नाका’ नखुल्ने


आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रमुख दलहरु र सरकारले संघियताको मागलाई सम्बोधन नगरे सम्म अवरुद्ध पारिएको नेपाल भारत नाकाहरुलाई कुनै पनि हालतमा खुल्न नदिने आन्तरिक निष्कर्ष निकाले छन । पछिल्लो तीन दिन यता सरकार पक्ष र प्रमुख दलहरुका नेताहरुले चाडै नाकाहरु खुल्न लागेको भनाईहरु सार्वजनिक भईरहदा मोर्चाले यस्तो निष्कर्षमा पुगेका छन । प्रमुख दलहरु जारी मधेश आन्दोलनको मागहरुलाई वेवास्ता गर्दै सार्वजनिक गरेको तीन वुदे साझा अवधारणालाई समेत मोर्चाले नमान्ने बताएका छन । खास गरी परराष्टमन्त्री कमल थापा भारत भ्रमणवाट नफर्कदै काठमाडौमा नाका खुल्लने हल्ला चलाए पछि मोर्चा आन्तरिक रुपमा सशंकित भएका थिए । त्यस लगतै आन्तरिक रुपमा विभिन्न सरोकार वालाहरु संग लागातार छलफलमा रहेका मोर्चाका शिर्ष नेताहरुले जारी मधेश आन्द्योलन उत्कर्षमा पुगेको र प्रमुख दलहरु तथा नेपाल सरकारलाई नझुकि विकल्प नै नभएको निष्कर्ष निकाल्दै अवरुद्ध नाका केन्द्रित विरोध कार्यक्रमहरु जारी राख्ने निचोड निकालेका छन ।
 
खासगरी परराष्टमन्त्री कमल थापाको दिल्ली भ्रमण पछि काठमाडौमा सुरु भएको हल्लाखल्ला पश्चात मोर्चाले यस वारेमा भारतीय पक्ष समकक्ष समेत गम्भिर चासोहरु राखेका छन । मोर्चाका शिर्ष नेताहरु हिजो वेलुकि मात्रै काठमाडौ स्थित भारतीय राजदुत संग सामुहिक छलफल गरेका छन । यसै गरी मोर्चाका चारै अध्यक्षहरु भोली देखि दिल्ली भ्रमणमा समेत जादै छन ।
 
मोर्चाको ठम्याइ

Friday, December 4, 2015

‘दिल्ली साक्षी’ मा मधेश सहमतीको खोजी । चार दिने दिल्ली भ्रमणमा मधेशी मोर्चाका नेतृत्वहरु आइतवार जाने ।

चार दिने दिल्ली भ्रमणमा मधेशी मोर्चाका नेतृत्वहरु आइतवार जाने । 


 
‘दिल्ली साक्षी’ बनाएर प्रमुख दलहरु र गएको १ सय दिन भन्दा वढी देखि आन्दोलनमा रहेको मधेश विच सहमतीको खाजी तीव्र रुपमा भईरहेको छ । हिजो मात्रै नेपालका परराष्टमन्त्री कमल थापा दिल्ली भ्रमण वाट फर्किए पछि आज प्रमुख तीन दलले जारी आन्दोलनको लागी साझा अवधारणा तया गरे पछि पछिल्लो अवस्थाको विकासक्रम भएको कतिपय स्रोतहरुले जनाएका छन । प्रमुख दलहरुको अवधारणा प्रति पुर्ण सन्तुष्ट नरहेको मधेशी मोर्चाका शिर्ष नेताहरु चार दिने दिल्ली भ्रमणमा आईतवार जादै छन । दिल्ली स्रोतका अनुसार ६ देखि ९ डिसेम्बर सम्म आन्दोलनरत मधेशी मोर्चाका शिर्ष नेताहरु कार्यतालिका तय भएको छ । जस अनुसार आउदो आइतवार देखि वुधवार सम्म मोर्चाका शिर्ष नेताहरु दिल्ली भ्रमणमा रहने छ । दिल्ली स्रोतका अनुसार दिल्ली भ्रमणको क्रममा मोर्चाका शिर्ष नेताहरु भारतीय प्रधानमन्त्री, विदेश मन्त्री, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार सहित केहि भारतीय वुद्धजिवीहरु संग भेटघाट गर्ने छन । काठमाडौमा शुक्रवार वेलुकि मात्रै मोर्चाका शिर्ष नेताहरु र भारतीय राजदुत विच छलफल भएको छ ।
 
‘दिल्ली साक्षी’ को खोजी

Thursday, December 3, 2015

न हामी थाकेका छौ, न त हामी हार्ने छौ - मोर्चाका अगुवा नेताहरु

विराटनगर, भैरहवा र नेपालगंजमा सम्प्रदायीकता फैलाउन सताधारीहरुले १० करोड रुपैया पठाएर योजना बनाएको तमलोपा नेता त्रिपाठीको दाबी 



गएको १ सय दिन भन्दा वढी देखि जारी मधेश आन्दोलनका दुई जना अगुवा नेताहरु मधेशको मुद्धा सम्बोधन नहुन्जेल नाका अवरुद्ध र आन्दोलन फिर्ता नहुने बताएका छन । काठमाडौमा जारी मधेश तथा थरुहट आन्दोलन प्रति नागरिक एक्यवद्धता कार्यक्रमलाई सम्बोधन गर्दै मधेशी मोर्चाका दुई घटक तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठी र सदभावना सहअध्यक्षक लक्ष्मण लाल कर्ण जारी आन्दोलन अधिकार प्राप्तिको आन्दोलन भएको भन्दै मधेशी, थारुको मुद्धा सम्बोधन विना नयां संविद्यान लागु हुन नसक्ने ठोकुवा गरे । तमलोपा नेता त्रिपाठीले भने, प्रमुख दलहरु संघियतालाई समाप्त पार्ने गम्भिर खेल रच्ने आन्तरिक तयारीमा जुटेको सुचना हामी संग पनि छ, तर त्यो तीनीहरुको दिवास्वप्न वाहेक अरु केहि हुदैन  । त्रिपाठीले भने, यदी मधेशीको माग संघियता लागु भएन भने संघियता संगै आएका कुनै पनि मुद्धालाई हामीले लागु हुन दिने छैनौ । केहि खास व्यक्तिहरुको इच्छाले वनाइएको हालको संघियताको खाका कुन आधार वनाइएको भनेर प्रशन समेत त्रिपाठीले गरे । उनले भने, केहि सताधारीको अनुमानमा हामी थाकेर आन्द्योलनमा पछि हटछौ भन्ने छ, तर म यही वाट सवैलाई भन्ने चाहन्छौ, हामी मधेशी नत थाकेका छौ नत हार्ने छौ । 

Wednesday, December 2, 2015

फिल्मी शैलीमा ठाकुर द्धारा ‘बदला’ । किन भएन ‘निर्णायक वार्ता’ ?

कतिपय उनी निकटस्तहरु भन्छन, २ मंसीरको वार्ता क्रममा ठाकुरलाई ओलीले यसरी अपमानित गरेका थिए, कि शायद त्यही भएर होला आफनै उपस्थिीतीमा तोकिएको निर्णयक भनिएको वार्तामा आफु सहभागी हुन नसक्ने सुचना समेत उनी आफै प्रमुख दलहरुलाई दिन आवश्यक ठानेनन । 
आज वेलुकि ६ वजे आन्दोलनरत मधेशी मोर्चा, प्रधानमन्त्री र नेपाली काग्रेस विच भनिएको निर्णयक वार्ता अन्तिम समयमा आएर स्थिगीत भयो । मोर्चाका तर्फ वाट तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठीको नेतृत्वमा मोर्चाको वार्ता टोली सदस्यहरु वार्ताका लागी जान दुई घण्टा पुर्व दिउसो चार वजे प्रधानमन्त्रीको कार्यलय वाट सवै सदस्यहरु लाई फोन आयो, आजको वार्ता प्रधानमन्त्रीज्यूले स्थिगीत गर्नु भएको छ । कतिपय मोर्चाका वार्ताटोली सदस्यले किन स्थिगीत भयो भनेर समेत सोध्न भ्याए । प्रतिउत्युरमा फोन कर्ता प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दहालको एक लाईनको जवाफ थियो, केहि टेक्निकल कुराहरु मिल्न बाकी छ, त्यही भएर । के प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने जस्तै केहि टेक्निल कुरा नमिलेरै आजको वार्ता स्थिगीत भएको हो त ? प्रधानमन्त्री स्वयंम आफनो टिवटर मार्फत आजको वार्ता स्थिगीत भएको र भोली विहान काग्रस, एमाले र एमाओवादीको बैठक बस्ने र बैठकले मोर्चाको ११ बुदे माग वारेमा साझा धारणा वनाउदै वार्ताको अर्को समय तोकिने उल्लेख गरेका छन । गएको सोमवार वालुवाटारमा भएको मोर्चा र प्रमुख तीन दलको वैठकमा मोर्चाले आफनो ११ बुदे मागको वारेमा तीन दलको प्रष्ट धारणा नआए वार्ताका लागी वस्नुको कुनै औचित्य नभएको बताएका थिए । त्यस पछि काग्रेस, एमाले र एमाओवादी तीनै पार्टीले वुधवार आफुहरु ठोस अवधारणा सहित आउने बताउदै निर्णयक वार्ता गर्ने भनेर उठेका थिए । कतिपय भित्रियाहरुका अनुसार मोर्चा र प्रमुख तीन दलहरु विच चलीरहेको अनौपचारिक कुराकानीमा संघियताको मुद्धामा कुरा नमिलेकै कारण वार्तामा यसरी बिलम्व भईरहेको देखिन्छ । कतिपय स्रोतका अनुसार आज विहानै पनि प्रधानमन्त्रीको तर्फवाट एमालेका केहि नेताहरु मोर्चाका केहि नेताहरु संग यस वारेमा सम्वाद गरेका थिए । 

ठाकुरको बदला

Tuesday, December 1, 2015

भोली - कि मिल्छन, कि भिडछन !

अनौपचारिक रुपमा ठाकुरले प्रमुख दलहरु सामु मोर्चाको सवै वटम लाइनहरु वताइ सकेका छन । हेर्न वाकी छ, भोली प्रमुख दलहरु मिल्ने आधार लिएर आउछन कि भिडने वातावरणको सिर्जना गर्ने छन । 

भोली वुधवार प्रमुख तीन दल र आन्दोलनरत मधेशी मोर्चा विच वार्ता हुदैछन । हिजो सोमवार भएको वार्तालाई सौभाद्रपुर्ण बताएका नेताहरुले वुधवारको वार्ता ठोस निष्कर्ष उन्मुख हुने बताएका थिए । मोर्चाले आफुहरुले अघि सारेको ११ बुदे मागको वटम लाईनमा सरकारी पक्षको ठोस जवाफ नआए सम्म छलफल वा वार्ताको कुनै तुक नभएको बताए पछि प्रमुख दलहरु वुधवार ठोस जवाफ निष्कर्ष सहित आउने बताएका  छन । तर सोमवार दिउसो प्रमुख दलहरुले वार्ता भयो एका तर्फ वेलुकी अवेर साझ नेपालगंजमा सिमा नामामा धर्नामा बसेका मधेशी आन्दोलनकारीहरु माथी प्रहरीको क्रुरर अपरेशन भयो । अवेर राती सरकारी मिलोमतोमा बिजुली समेत काटेर आन्दोलनकारीको टेन्ट समेत कब्जामा लिएर प्रहरी आन्दोलनकारीहरु संग झण्डै तीन घण्टा दाहोरो झगडा गरे । मधेशी मोर्चा सोमवार रातीको नेपालगंज घटनाले फेरी एकचोटी नराम्ररी झस्कीएका छन । मोर्चाको वार्तामा सहभागी कतिपय नेताहरु भन्छन, जती जती वेला काठमाडौमा वार्ताको अली साकारात्मक संकेत देखा पर्यो कि प्रहरीले केहि न केहि उपद्रो देखाइ हाल्छन, आखिर यसले गर्न खोजेको के हो ?

Monday, November 30, 2015

बालुवाटार वैठक साकारात्मक । बुधवार सहमतीय प्याकेज बन्ने सम्भावना अत्यद्यिक

प्रधानमन्त्री निवास वालुवाटारमा आज प्रधानमन्त्री ओली सहित प्रमुख दलहरु र मधेशी मोर्चाका नेताहरु छलफल गर्दै ।


पहिलो पटक प्रधानमन्त्री केपी ओली सहित प्रमुख दलहरु र आन्दोलनरत मधेशी मोर्चा विच सोमवार वालुवाटारमा भएको बैठकले गएको १०७ दिन देखि जारी आन्दोलनलाई सम्बोधन गर्ने ठोस निष्कर्ष आन्तरिक रुपमा निकालेका छन । आज बैठक पश्चात प्रमुख दलहरु र मोर्चा पर्सी बुधवार ठोस वार्ता हुने भन्दै निस्कीएका थिए । आजको बैठकलाई सवैले अहिले सम्मकै सौभाद्रपुर्ण भएको बताए पनि राजनितीक एजेन्डामा खासै छलफल नै नभएको र अनौपचारिक कुराकानी गरेर पर्सी वुधवार अर्को बैठक निर्णयक ढंगले गर्ने बताएका थिए । तर सरकार, प्रमुख दलहरु र मधेशी मोर्चाको साइड टकमा सहभागी उच्च स्रोतले दलानलाई बताए अनुसार प्रमुख तीन दल र मधेशी मोर्चा सहमतीको अन्तिम विन्दूमा पुगीसकेको छ । पछिल्लो हप्ता देखि धनिभुत अनौपचारिक सम्वादमा रहेको प्रधानमन्त्री, मोर्चाको तर्फ वाट तमलोपा अध्यक्ष महन्थ ठाकुुर, तमलोपा नेता हृदेश त्रिपाठी र सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्ण विच सहित काग्रेस सभापति सुशिल कोईराला विच एकखाले विशेष आन्तरिक समझदारीमा पुगेकै कारण आजको बैठक डाकिएको थियो । गएको ३ असोजमा जारी भएको नयां संविद्यानको कयौन कुराहरु सहित मुख्यगरी संघियता प्रति असुन्तुष्टि जनाउदै मधेशी मोर्चा आन्दोलनमा होमिएका थिए । मोर्चा जारी भएको नयां संविद्यानको सम्पुर्ण प्रक्रियालाई वहिष्कार गरेका थिए ।

जारी आन्द्योलनको क्रममा सवै भन्दा वढी पेचिलो देखिएको संघियताको मुख्य मुद्धामा दलहरु हेरफेर गर्ने तयार भए पछि मोर्चा र प्रमुख दलहरु विच सहमती बन्न लागेका हुन । उच्च स्रोतका अनुसार प्रमुख दलहरु विच संघियताको सन्दर्भमा पर्सा देखि सप्तरी सम्मको् २ नम्बर प्रदेश पुर्वमा तन्काउने तथा नवलपारसी देखि वर्दीया सम्मको प्रदेशमा कैलालीको थारु भाग जोडने आन्तरिक सहमती भएको छ । पुर्वमा मधेशी मोर्चाले भन्दै आएको अनुसार सुनसरी र मोरड सम्मको मधेशी भाग जोडन तर्फ प्रमुख दलहरु अन्तोगत्वा साकारात्मक संकेतहरु दिएका छन भने पश्चिममा नवलपरासी देखि वर्दीया सम्मको प्रदेशमा कैलालीको थारु भाग जोडने तर हाल त्यस प्रदेशमा जोडिएको पहाडी भुभाग यथावत रहने छन । यसले पश्चिममा थारुको भावनालाई धेरै हद सम्म सम्बोधन गर्ने र पुर्वमा मोर्चाको अडानमा सुनसरी र मोरड भुभाग जोडन दलहरु तयार भएको बुझिएको छ ।

Sunday, November 29, 2015

विराटनगरमा मधेशी मोर्चाको विशाल सभा । इटहरी घटना पछि तातिए पुर्वका मधेशी पेशाकर्मीहरु

विराटनगरमा आज ओर्लिएका मधेशी मानव सागर

मधेशी मोर्चाले मोरडको विराटनगरमा आज विशाल आमसभा गरेका छन । दुई दिन अगाडी सुनसरीको इटहरीमा मोर्चाको कार्यक्रम विथोलिए पछि त्यसको चौतर्फी आलोचनाहरु भइरहदा मोर्चाले आज पुर्व घोषीत कार्यक्रम अनुसार नै विरागनगरमा वृहत शक्ति प्रर्दशन गरेका छन । मोर्चाले इटहरी, विराटनगर सहित पुर्व देखि पश्चिम सम्मको ११ ओटा ठाउहरु शक्ति प्रर्दशनहरु गर्न निर्णय छठ लगतै गरेका थिए । छठ पछि आन्दोलनलाई राजमार्ग केन्द्रित गरेका मोर्चाले आन्दोलनलाई कडा समेत बनाएका छन । विराटनगरमा आज आयोजना गरिएको विशाल आम सभालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना अध्यक्ष राजेन्द्र महतो र तमसपाका अध्यक्ष महेन्द्र यादव सहितका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरु ले प्रमुख दलहरु सुनियोजित रुपमा सम्प्रदायीकता फैलाउन लागेको भन्दै इटहरी घटनाको भत्सर्ना गरेका थिए ।

Saturday, November 28, 2015

मधेशलाई सम्बोधन गर भन्दै काठमाडौमा प्रर्दशन । जनकपुर र विरगंजमा विद्याँर्थीहरुको प्रार्थना सभा

मधेशलाई सम्बोधन गर भन्दै काठमाडौमा प्रर्दशन  गर्दै युवाहरु ।


गएको १ सय दिन भन्दा वढी देखि आन्दोलनरत मधेशीहरुको मागलाई राजनितीक रुपमा सम्बोधन गर्न माग गर्दै काठमाडौका युवाहरु शनिवार प्रर्दशन गरेका छन । नागरिक मार्च पास नाम दिइएको प्रर्दशन कार्यक्रम अन्र्तगत युवाहरुले काठमाडौको माइतीघरवाट नया वानेश्वर सम्म जुलुस निकाल्दै सरकार प्रति विभिन्न कटाक्ष समेत गरेका थिए । मार्चा पासमा नागरिक अगुवाहरु सहित पुर्व प्रधानमन्त्री बाबुराम भटराइ समेत सहभागी भएका थिए । युवा अधिकारकर्मीहरुको अगुवाइमा आयोजना गरिएको मार्चा पास कार्यक्रम नया वानेश्वरमा पुगेर कोणसभामा परिणत भएका भिए । कोणसभा लाई सम्बोधन गर्दै युवाहरुले लामो समय देखि मधेशमा जारी आनद्योलनलाई राजनितीक रुपमा सम्बोधन गर्न माग गर्दे देशमा देखि थालिएको संकटलाई सामाधान गर्न माग गरेका थिए ।

जनकपुर र विरगंजमा विद्याँर्थीहरुको प्रार्थना सभा 

Friday, November 27, 2015

के गर्न खोज्दै छन माधव नेपाल ? यसरी भयो इटहरी वितण्डा ।

सुनसरीको इटहरीमा मधेशी मोर्चाको कार्यक्रमका लागी बनाइएको मन्च जलाउदै

सुनसरीको इटहरीमा आज मधेशी मोर्चाको पुर्व निर्धारित विरोधसभाको कार्यक्रम विथोलिएको मात्रै छैन । त्यहा मोर्चाका शिर्ष नेताहरु सम्भावित स्थितीलाई मध्यनजर गर्दै पुग्नै सकेन ।  मोर्चाले विरोधसभाका लागी बनाएको कार्यक्रम मन्चमा शुक्रवार दिनभरीमा तीन पटक तोडफोड तथा आगजनी गरिएको छ भने दिउसो मोर्चाका केहि मधेशी पार्टी आबद्ध स्थानिय नेताहरुलाई कुटपिट समेत गरिएको छ । तमलोपाका स्थानिय नेता विनोद पाल, सदभावनाका वासुदेव साह लगायत दर्जनौ स्थानिय मधेशी नेताहरु गम्भिर धाईते भएको मधेशी पार्टीहरुले जनाएका छन ।
 
के गर्न खोज्दै छन एमाले नेता माधव नेपाल ? 

Thursday, November 26, 2015

यसरी खोजीदै छन मधेश आन्दोलनको व्यवस्थापन सुत्र ।

विजय जोली काठमाडौमा सक्रिय 

आन्दोलनको लामो समय भईसक्दा पनि सरकार गम्भिर नभएको भन्दै चौतर्फी दबाब पर्दै आएका छन ।
गएको १०० दिन भन्दा वढी देखि आन्दोलनमा रहेको मधेशी मोर्चा र सरकार विच सार्थक वार्ता गराएर जारी आन्दोलनको व्यवस्थापनका लागी यो हप्ताको सुरु देखि नै उच्च तह धनिभुत छलफलहरु भईरहेको उच्च स्रोतहरुको दावी छ । हाल सम्म कुनै ठास निष्कर्षमा नपुगे पनि उच्च तहमा भईरहेको साइड टकहरु साकारात्मक रुपमा अघि वढेको नेताहरुको भनाई छ । उच्च तहमा भईरहेको यस्तो धनिभुत साईड टकहरुमा प्रधानमन्त्री केपी ओली देखि मोर्चाका केहि शिर्ष नेताहरु, एमाओवादी अध्यक्ष प्रचण्ड र काग्रेसका केहि नेताहरु सहित नेपालका लागी भारतीय राजदुत रन्जित रे सामेल छन । यस सन्दर्भमा जारी आन्दोलनकै व्यवस्थापनमा मध्यस्ताको भुमिका निर्वाह गर्न पछिल्ला केहि दिन यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फवाट भाजपा नेता विजय जोली पनि काठमाडौमा सक्रिय रहेको स्रोतको भनाई छ ।

कसरी हुदै छ साईड टक

Wednesday, November 25, 2015

मधेशी मोर्चा भन्छन - जे सुकै होस, पछि हटने सवालै आउदैनन ।

प्रचण्ड संग छलफल गर्दै मोर्चाका नेताहरु

जारी मधेश आन्दोलनको १ सय दिन नाघी सक्दा पनि आन्दोलनरत मधेशी मोर्चा र सरकारी पक्ष विचको वार्ताको कुनै साकारात्मक छाटकाट नदेखिए पछि चौतर्फी चिन्ताहरु र चासोहरु व्यक्त भईरहेका छन । हिजो मात्रै एमाओवादी अध्यक्ष प्रचण्ड संग मोर्चाको शिर्ष तहमा तीन घण्टा लामो अनौपचारिक छलफल भएको थियो । उक्त छलफल पछि धेरैले चाडै नै सार्थक वार्ताको वातावरण बन्लान कि भनेर आश लिएका थिए । तर आज दिउसो मात्रै प्रधानमन्त्री ओलीले मोर्चाको बटम लाईन अनुसारको संघियतामा जान नसक्ने वताए पछि स्थितीमा सुधार नआएको आकंलन गरिएको छ । आज विहान मात्रै प्रचण्ड र प्रधानमन्त्री ओली विच हिजो मोर्चा संग भएको छलफलको सन्दर्भमा कुराकानी भएको थियो । तर मोर्चाका नेताहरु भन्छन, तत्कालै वार्ता हुन्छ जस्तो लाग्दैनन । फोरम नेपालका उपाध्यक्ष समेत रहेका वार्ता टोली सदस्य लालबाबु राउत भन्छन, प्रचण्डजी जता जानु हुन्छ त्यतैकै कुरा गर्नु हुन्छ, उहां संग त कम्तीमा २० औ पटक हामी छलफल गरी सक्यौ, त्यसले निकास निक्लान भनेमा हामीलाइ विश्वास छैन । राउतका अनुसार प्रमुख दलहरु खासगरी एमाले र काग्रेस दुवै संघियतलाई टुग्याउन चाहेका छैनन । उनी भन्छन, प्रचण्ड हामी संग कुरा गर्दा हुन्छ भनेर जान्छन तर एमाले र काग्रेस संग छलफल गरेपछि व्याक भएर आउनु हुन्छ, यसले कुरा प्रष्ट हुन्छ । यस्तो अवस्थामा अव मोर्चाले के रणनिती अख्तियार गर्लान त ?

Tuesday, November 24, 2015

वार्ता प्रक्रिया लम्बिदा वा नहुदा के हुन सक्छन ?

छलफलमा सरकारी वार्ता टोली र आन्दोलनरत मोर्चाका नेताहरु

गएको २ मंसीरमा सरकारी पक्षले निर्णयक भने वार्ता समान्य औपचारिकतामै सिमित हुन पुगे पश्चात आन्दोलनरत मधेशी मोर्चा र सरकारी पक्ष विचको वार्ता अनिश्चत देखिन थालेका छन । २ मंसीरको वार्ता पुर्व नै आन्दोलनरत मोर्चाले छठ पछि आन्द्योलनलाई थप सशक्क्त बनाउने घोषणा गरीरसकेका थिए । त्यही अनुरुप ३ मंसीरमा मोर्चाको बैठकले नाका संगै राजमार्ग केन्द्रित आन्दोलन लाई ५ मंसीर देखि कडा पार्ने निर्णय गरे । र भयो पनि त्यही, ५ मंसीर देखि नै राजमार्गमा कडा प्रतिरोधमा उत्रेका आन्द्योलनकारीहरु र प्रहरी विच सप्तरीमा दाहोरो भिडन्तको अवस्था सिर्जना भयो । प्रहरीले गरेको अत्यद्यिक वल प्रयोगका कारण ४ जनाको मृत्यु भएको मोर्चाको दावी छ । दर्जनौ धाईते छन । सप्तरीमा गएको शनिवार भएको उक्त घटना पश्चात पुर्वको विराटनगर देखि जनकपुर सम्मको राजमार्ग देखि सदरमुकाहरु फेरी उग्र आन्दोलनमा होमिएका छन ।

आन्द्योलन फेरी एक पटक नराम्ररी चर्किए पनि सरकारी पक्ष वार्ताका लागी कुुनै ठोस पहलकदमी चाडै लेला भन्ने संकेतहरु देखा परीरहेको छैन । सोमवार ओली सरकारका वार्ता टोली सदस्य अग्नि खरेलले सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई सम्पर्क गरेर मोर्चाले अघि सारेको ११ वुदे मागहरु मगाउनुले सरकारी पक्ष अहिले सम्म कति उदासिन छन भन्ने देखाउछन । वार्ता टेवलमै मोर्चा प्रस्तत गरीसकेको ११ बुदे वारे सरकारीका एक जना प्रभावशाली मन्त्रीले सरकारलाई उक्त ११ बुदे वारेमा अहिले सम्म कुनै जानकारी नै नभएको भन्दै उक्त डकुमेन्ट मगाउनुले सरकारी नियतलाई राम्ररी देखाउछन । अर्को तर्फ त्यही दिन भएको प्रमुख दिनको बैठकले आन्द्योलनरत मोर्चा संग छुटा छुटै छलफल गर्ने निर्णय गर्छन, यसले वार्ता प्रति उदासिनताको उचाईलाई अर्को तर्फ संकेत गर्छन ।

वार्ता नभए के हुन्छ ?

Monday, November 23, 2015

जारी मधेश आन्दोलनको १०० दिन

काठमाडौमा मोर्चाका शिर्ष नेताहरु जारी आनद्योलनमा सहिद भएकाहरु प्रति सामुहिक मौन धारण गर्दे


नयां संविद्यानमा सिमाकंन सहित मधेशको अधिकारका लागी सुरु भएको आन्दोलनको सोमवार १ सय दिन पुरा भएको छ । गएको साउन ३१ गते देखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आब्हान गरेको मधेश बन्द सहितको विरोध कार्यक्रमहरु आज सम्म मधेशै भरी चलीरहदा पनि सरकारी पक्षले त्यसलाई सम्बोधन गर्ने छाटकाट देखाएका छैन । आन्दोलनरत मधेशी मोर्चाले संविद्यान जारी हुनु एक महिना पुर्व देखि नै आफना मागहरुलाई नयां संविद्यानमा सुनिश्चिता गर्नु पर्ने भन्दै आन्दोलन थालेका थिए । तर प्रमुख दलहरुले त्यसलाइ वेवास्ता गर्दै ३ असोजमा नयां सविद्यान जारी गर्न पुगे । नयां संविद्यान जारी भए पछि मधेशमा थप आक्रोश पैदा भएको देखिन्छ ।

Sunday, November 22, 2015

राजमार्ग आन्दोलनको नेतृत्व गर्न मधेशी शिर्ष नेताहरु मधेश जादै । सप्तरीमा २४ घण्टा देखि तनाव जारी

राजमार्ग क्षेत्रमा हजारौको संख्यामा मधे्शी आन्दोलनकारीहरु अहिले पनि ठाउ ठाउमा प्रर्दशन गरीरहेका छन ।


छठ पछि तीन महिना लामो समय देखि जारी मधेश आन्दा्ेलनलाई राजमार्ग केन्द्रित गर्न पुगेका मधेशी मोर्चाका शिर्ष नेताहरु पुर्व देखि पश्चिम सम्मको राजमार्ग खण्डमा आन्दोलनको अगुवाई गर्न मधेश झर्दै छन । शनिवार राती सप्तरीको भारदह र रोपनी खण्डमा प्रहरी संग दाहोरो झडमा भिडन्त भए पछि मोर्चाले त्यस प्रति कडा आक्रोश पोखेका छन । मोर्चाका शिर्ष नेताहरुले आईतवार एक विज्ञप्ति निकाल्दै सप्तरीमा कम्तीमा चार जनाको मृत्यू भएको दावी गरेका छन । सप्तरीमो शनिवार अवेर राती देखि सुरु भएको दाहोरो भिडन्त आईतवार अवेर साझ सम्म जारी रहेको स्थानिय संचारकर्मीहरुले बताएका छन । शनिवार देखि नै मोर्चाले पुर्व पश्चिम राजमार्ग ठप्प पार्ने रणनिती अघि सारेका थिए ।

राजमार्ग केन्द्रित आन्द्योलनलाई थप प्रभावकारी बनाउन मोर्चाका शिर्ष नेताहरुको उपस्थितीमा आउदो ११ गते सुनसरीको इटहरी, १२ गते इनरवा, १३ गते विराटनगर, १६ गते धनुषाको ढल्केवर, १७ गते सर्लाहीको लालबन्दी, १८ गते वाराको निजगढ, १९ गते हेटौडा, २० गते नवलपरासी, २१ गते वुटवल, २२ गते दांग र २४ गते अतरीयाको राजमार्ग केन्द्रित आन्द्योलनमा सहभागी हुदै विशेष प्रर्दशनसभा गर्दै छन ।

Thursday, November 19, 2015

मधेशी मोर्चाको निष्कर्ष - आन्दोलन थप लम्बिने भयो, नाका संगै राजमार्ग कसौ ।




गएको ९७ दिन देखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार वार्ता मार्फत मधेशलाई सम्बोधन नगर्न तयार नरहेको निष्कर्ष निकाल्दै आन्दोलन थप लम्बिने आन्तिरक निष्कर्ष निकालेका छन । विहिवार काठमाडौमा मोर्चाको बसेको बैठकले गएको तीन महिना देखि जारी आन्दोलन तथा सरकारी पक्ष संग भएको अनौपचारिक तथा औपचारिक कुराकानीको वारेमा समिकक्षा गरेका थिए । बैठकमा मोर्चाले आन्दोलन लम्बिने निष्कर्ष निकाले पश्चात नै विद्यालय तथा क्याम्पसहरु विहान चलाउन दिने तथा औद्यषीका गाडीहरु विराटनगर नाकावाट भित्रिन दिने निर्णय गरेका थिए । विहिवारको मोर्चाको बैठकले सरकारी पक्ष वार्ता प्रति खासै गम्भिर नदेखिएको तथा जारी आन्दोलनलाई भारत संग जोडेर समाप्त पार्ने षडयन्त्रमा लागेको भन्दै नाका अवरुद्ध संगै राजमार्ग पनि कडा रुप अवरुद्ध पार्ने आन्तरिक तयारी गरेका छन । मोर्चाले निकालेको विज्ञप्तिमा भोली देखि अर्थात ५ मंसीर देखि राजमार्ग केन्द्रित आन्द्योलनहरु संचालन गर्ने उल्लेख गरिएको छ ।

आज देखि मधेशमा फेरी प्रर्दशनहरु सुरु । बजारहरु फेरी ठप्प

विरगंजमा आज विहानै आन्दोलनरत मधेशी मोर्चाले प्रर्दशन गर्दै

छठ पछि आन्दोलनमा फेरी होमिएको मधेशी आन्दोलनकारीहरुले विहिवार विहानै देखि मधेशका सहर बजारहरुमा प्रर्दशन गरीरहेका छन भने दिपावली देखि छठ सम्म खुलेको बजारहरु पुर्ण रुपमा बन्द गराएका छन ।  गएको ९७ दिन देखि आन्दोलनमय रहेको मधेशमा पछिल्लो केहि हप्ता यता चाडवाडका कारण बन्द, हडतालको प्रभाव कम देखिएका थिए । आनद्योलनकारीहरु  पुर्व नै घोषणा गरे अनुरुप छठ पछि आज देखि फेरी बजारहरु बन्द भएका छन भने आन्दोलनकारीहरुको तर्फ वाट ठाउ ठाउमा विभिन्न खालका जुलुसहरु फेरी निस्कन थालिएको छ ।

Wednesday, November 18, 2015

छठमा पनि घर आउन सकेनन प्रमुख दलका सभासदहरु । भोली देखि आन्द्योलन फेरि चर्कने

जनकपुरको भानु चौक स्थित काग्रेस नेता तथा सभासद आनन्द प्रसाद दुंगानाको घरमा मधेश अधिकार संघर्ष समिती, मासका  युवाहरु कालो झण्डा गाडेर प्रर्दशन गर्दै


मधेशमा गएको ९६ दिन देखि आन्दोलनरत रहेको मधेशी पार्टीहरुको अवरोधका कारण तराइ मधेशको महापर्व छठमा समेत प्रमुख पार्टीहरुका सभासदहरु आफनो गृहनगरहरुमा आउन सकेका छैन भने अर्को तर्फ आन्दोलनरत मोर्चाले भोली देखि आन्दोलन थप चर्काउने जनाएका छन । दिवावली तथा छठका लागी आन्दोलनलाई खुकुलो बनाएका मोर्चाले भोली देखि फेरी बजारहरु बन्द गराउनुको साथै नाका र राजमार्ग के्न्द्रित आन्दोलन सश्क्क्त बनाउने जनाएका छन । मधेशका जिल्लाहरुमा स्थानिय स्तरमा आन्दा्लनकारीहरुले दिपावली तथा छठका लागी बजारहरु खुल्लाहरु गर्न छुट दिएका थिए भने सवारी साधनको आवतजवातमा समेत केहि नजरअन्दाज गर्दै आएका थिए । वुधवार विहान छठ पर्व सकिए पछि मधेशका जिल्लाहरुमा स्थानिय मोर्चाले धमाधम विज्ञप्ति निकाल्दै भोली देखि आन्द्योलनमा जुटन सवै पक्षहरमा अपिल गर्न थालीसकेका छन । गएको तीन महिना भन्दा वढी देख मधेशमा जारी आन्द्योलनलाई सतापक्षले उचित सम्बोधन नगरेको भन्दै स्थानिय स्तरमा विस्तारै आक्रोश पनि वढदै गईरहेको देखिन्छ । स्थानिय आन्दोलनकारीहरुका अनुसार भोली देखि फेरी चर्कन आन्दोलन एक दुई दिन भित्रै राजमार्ग क्षेत्रहरु मा समेत सशक्क्त रुपमा प्रस्तुत हुन थालिने छन ।

प्रमुख दलका सभासदहरु घर आउन सकेनन

Monday, November 9, 2015

मधेश राजनितीमा हस्तक्षेपको भुमिका खोज्दै युवा जमात

जनकपुर युवाहरु आईतवार मधेश आन्द्योलनको गितमा नृत्य गर्दै


जनकपुर -  
जाग जाग जाग रे
निन्द आव त्याग रे

 
आइतवार सांझ जनकपुरको जनक चौकमा युवाहरुको जमातले यो गित धन्काईरहदा वरपरको माहौल नै अर्कौ देखिन्थयो । जनकपुर क्षेत्रको प्राय जसो सार्वजनिक स्थलहरु अचेल लाउडस्पिकरहरु बजीरहेको देखिन्छन, ती सवैमा यी यस्तै मधेश आन्द्योलनको वारेमा रचिएका विभिन्न गितहरु गुन्जिरहेका हुन्छन । गएको ८५ दिन भन्दा लामो समय देखि जारी मधेश आन्दोलनको मुख्य उर्जाको रुपमा देखिएको मधेशका युवा जमातहरु भन्छन, हामी मधेश राजनितीमा सशक्क्त तथा साकारात्मक हस्तक्षेप गर्न चाहन्छौ । जनकपुरको आन्द्योलनको उठानमा महत्वपुर्ण भुमिका खेलेका मधेश अधिकार संघर्ष समिती मासका एक जना अगुवा युवा रियाज साफि भन्छन, आन्द्योलनमा हरेक क्षेत्रका मधेशी युवाहरुको देखिएको सक्रियताले भविष्यको आकंलन गर्न अव गाहे चाही छैन । धनुषा मुस्लिम युवा समाजका अध्यक्ष समेत रहेका साफि भन्छन, आन्द्योलनको क्रममा मधेशी युवाहरुमा देखिएको जागरण अव मधेश राजनितीको मुख्य उर्जा हुने छ ।

Sunday, November 8, 2015

सरकार र मधेशी मोर्चा विचको वार्ता अन्योलमा



गएको ८६ दिन देखि आन्दोलनमा रहेको मधेशी मोर्चा र सरकारी पक्ष विचको वार्ता प्रक्रिया पछिल्लो हप्ता देखि अघोषीत रुपमा अवरुद्ध हुन पुगेको छ । गएको १५ गते सरकारी वार्ता टोली र मोर्चाको वार्ता टोली विच काठमाडौमा वार्ता भएको थियो । उक्त वार्तालाई दुवै पक्षले अत्यन्तै साकारात्मक भएको टिप्पणी गरेका थिए । तर त्यसको भोली पल्ट विहान १६ कार्तिकमा विरगंज स्थित नाकामा प्रहरीले हस्तक्षेप गर्न पुग्यो । विरगंज घटना पछि काठमाडौमा मोर्चाको वार्ता टोलीले पत्रकार सम्मेलन गरेर नै वार्ता प्रहरी हस्तक्षेपको विरोध गर्दे वार्ता भंग गर्ने चेतावनी दिएका थिए । यद्यपी वार्ता वाट आफुहरु तत्कालै नभागेको उनीहरुको कथन थियो । तर त्यस यता सरकारी पक्ष र आन्दोलनरत पक्ष विच कुनै संवाद नभएको वार्ता टोली सदस्यहरुको दावी छ ।

Saturday, November 7, 2015

डा भटराइृले जनकपुरमा भने - मधेशको माग मलाई थाहा छ । मधेशको माग के हो भन्न पाईदैन ।

आज विहान प्रधानमन्त्री ओलीलाई मधेशको माग सम्बोधन गर्ने वारेमा ज्ञापन पत्र बुझाउदै भटराई ।


नयां शक्ति निर्माणको अभियानमा जुटेका पुर्व प्रधानमन्त्री डा बाबुराम भटराईले शनिवार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भनेका छन, आन्द्योलनरत मधेशीहरुको माग मलाई थाहा छ । मधेशीहरुको माग नै छैन वा जारी मधेश आन्द्योलनको माग के हो भन्न नपाईने उनले बताए ।  गएको तीन महिना देखि मधेशमा भईरहेको आन्दोलन प्रति आफनो पुर्ण समर्थन रहेको भन्दै भटराइले  प्रमुख दलका शिर्ष नेताहरुको तहमा चाडो भन्दा चाडो वार्ता गरेर मधेशको मुद्धालाई सम्बोधन गर्न समेत भने ।

शनिवार विहान मात्रै काठमाडौ ४५ जना नागरिक अगुवाहरुको हस्ताक्षर प्रधानमन्त्री केपी ओलीलाइृ वुझाएर जनकपुर आएका डा भटराईले भने, प्रधानमन्त्री ओलीलाई आज विहान पनि ज्ञापन पत्र दिन जादा उहाले मधेशीहरु कुन मागका लागी आनद्योलन गरीरहेको भन्ने कुरा आफुलाई थाहा नभएको बताएका थिए । उनले त्यस प्रति प्रश्न गर्दै भने, यो सरासर वइमानी हो, आफनो देशको आधा आवादी गएको तीन महिना देखि आन्द्योलन गरीरहदा त्याहाका  प्रधानमन्त्रीले आन्दोलन किन भईरहेको छ भनेर प्रश्न गरेर पन्छिन पाउदैन । भटराईले  जारी मधेश आन्दोलनको माग कुनै नया नभएको भन्दै विगतमा भएको सहमतीहरुवाट दलहरु पछि हटन नमिल्ने तर्क गरे ।

Friday, November 6, 2015

आन्दोलन संगै अराजकता वढदै - सचेतताको खाचो


जनकपुर - 
 
अघिल्लो हप्ता जनकपुरको शिवचौकमा राती रोशन कुमार ठाकुरको टयाक्टर ठक्करले मृत्यू हुन गयो । मृतकका परिवारले टयाक्टर चालकले छोरालाइ ठक्कर दिएर छोराको मारेको भन्दै प्रहरीलाइ गुहार गरे । प्रहरीले घटनाको अनुसन्धान गर्दै जादा मृतक रोशन ठाकुर राती १२ बजेको समयमा शिव चौकमा इटा बोकेर गईरहेको टयाक्टर संगै आफु आन्द्योलनकारी हु भनेर पैसा असुल गर्ने धम्की दिएका थिए । टयाक्टर चालक संग भनाभन पछि उनी चालकलाई कुटने उदेश्यका साथ टयाक्र माथी हाम फालेको देखिन्छ, त्यतीकै चालकले टयाक्रलाइ अगाडी वढाए पछि उनको मृत्यू हुन गयो ।

यसैगरी अघिल्लो हप्ता नै धनुषाको वेला विर्ता गाउमा ललीत दास आफनो मोटरसाइलमा सिमापारीवाट तेल भराएर आइरहेको समयमा गाउमै जमुना दासले आफु आन्द्योलनकारी हु भनेर उनको वाइक वाट तेल झिके । यो घटनाले विवाद सिर्जना उक्त गाउमा दुई पक्ष विच खुकुरी हानाहान सम्म हुन गयो । एक जनाको हाथमा नराम्ररी धाउ लाग्न गएको छ । घटनालाई गाउ मै पन्चायत गरेर सुल्झाउने प्रयास भए पनि घटना साम्य हुन सकेको छैन । घटनामा धाइते भएका एक जना प्रहरी काहा धाईरहेको छ ।

माथीको यो दुई ओटा घटना प्रतिनिधिमुलुक घटना मात्रै हो । गएको ८३ दिन देखि आन्द्योलनयमय रहेको मधेशमा आनद्योलनकै आडमा अराजकता पनि त्यतीकै मौलाउन लागेको देखिन्छ । आन्दोलनको क्रममा प्रहरी माथी आम समाजीक स्तरमा फैलिएको वितृष्णाको फाइदा उठाउदै गतल काम गर्ने तत्वहरु पनि त्यतीकै सल्वलाइरहेको देखिनमा त्यतीकै आउछ । सरोकारवलाहरु यस प्रति सम्बन्धित पक्षहरु समयमै सचेत नभए समाज अराजकताको चपेठामा फसेर विभिन्न उपद्रोवाट परेशान नहोला भन्न सकिन्न ।

Thursday, November 5, 2015

अन्तराष्टिय फौजदारी अदालतमा मुद्धा दायर गर्ने मधेशी मोर्चाको तयारी

जेनेभा पुगेका सदभावना नेता देवेन्द्र यादव त्याहा विरोध प्रर्दशन गर्दै

जारी मधेश आन्दोलनमा सरकारी सुरक्षा अधिकारीहरु द्धारा व्यापक वल प्रयोग भएको प्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा अन्तराष्टिय फौजदारी अदालतमा मुद्धा दायर गर्ने तयारीम जुटेका छन । सुरक्षाकर्मीहरुको वल प्रयोगमा जारी आन्द्योलनमा अहिले सम्म ४५ जनाको मृत्यू भईसकेको छ भने दुई हजारको हराहारीमा धाईतेहरु छन । अघिल्लो साता मात्रै मोर्चाको जनकपुरमा भएको बैठकमा यस वारेमा गम्भिर छलफल भएको तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले बताए । लालका अनुसार मोर्चाको बैठकमा यस वारेमा गम्भिर छलफल भए लगतै सदभावना पार्टीका नेता देवेन्द्र यादव जेनेभामा हाल भईरहेको अन्तराष्टिय मानवअधिकार सम्बन्धी सम्मेलनमा पठाइएको छ । यादवले त्याहा मधेशको् पक्षमा सांकेतिक विरोध गर्नुको साथै मधेशमा जारी आन्द्योलन वारेमा विभिन्न पक्षहरु संग कुरा गरीरहेका छन । सम्मेलनमा भाग लिन पुगेका अधिवक्ता दिपेन्द्र झाले मधेशमा भएको व्यापक मानव अधिकारको उल्लघंन वारेमा रिर्पोट नै पेश गरेका छन ।

Wednesday, November 4, 2015

विरगंज घटना पछि मधेशमा फेरी कडा बन्द-हडताल

पछिल्लो समयमा चहलपहल वढेको जनकपुर बजार सोमवार दिउसो देखि पुर्णरुपमा ठप्प छन ।

पछिल्लो केहि समय यता शान्तीपुर्ण तर  आनद्योलनमय रहेको मधेशका विभिन्न सहरहरु सोमवारको विरगंज घटना पश्चात उग्र देखिन थालेका छन । सोमवार विहानै प्रहरीले विरगंज रक्सौल नाकामा हस्तक्षेप गरेपछि त्यसको विरुद्धमा प्रतिक्रिया स्वरुप पर्सा, वारा सहित मधेशका सवै जिल्लाहरु फेरी ठुला ठुला प्रर्दशनहरु हुन थालेका छन । पर्सा र वारा सोमवार देखि नै तनावग्रस्त छन भने मधेशका अन्य सहरहरुमा पनि पहिला भन्दा कडा रुपमा वन्द तथा विरोधजुलुसहरु हुन थालेका छन ।

Tuesday, November 3, 2015

के गर्लान मधेशी मोर्चा ?




गएको ८० दिन देखि मधेशमा आन्दोलनमय छ । आन्दोलनको रापले मधेशका गाउ गाउ जलीरहेको देखिन्छन । तर सरकारी पक्ष यसलाई अझै ठोस रुपमा सम्बोधन गर्न तयार देखिएका छैनन । यस्तो अवस्थामा ठुलो प्रश्न आउन, अब के गर्छन त आन्दोलनको नेतृत्वकर्ता मधेशी मोर्चा ? मोर्चाका शिर्ष नेताहरु भन्छन, यो हाम्रो अस्तित्वसंग पनि  जोडिएकाले जे परे पनि आन्दोलन चलीरहन्छन । एक न एक दिन सरकारी पक्ष झुक्नै पर्छ । मोर्चाको आन्दोलन नाका र राजमार्गमा केन्द्रित  भए पछि मधेशमा हिंसात्मक घटनाहरु बन्द देखिएका थिए । तर अचानक सोमवार एक विहानै विरगंज नाकामा धर्नामा बसेका आन्द्योलनकारीहरु माथी प्रहरीले धावा वोले पछि स्थिती फेरि भडकावमय देखिएका छन । सोमवार दिउसो नेपाली सुरक्षा वलको गोली लागेर एक भारतीय नागरिकको मृत्यू भए पछि स्थिती थप तनावपुर्ण देखिएका छन । सोमवारको विरगंज घटना लगतै मधेशका प्रायजसो सवै सहरहरु तनावपुर्ण वातावरणके सिर्जना भएको छ । सोमवार दिउसो देखि नै ठाउ ठाउमा आन्द्योलनकारीहरुले टायर वालेर उग्र नारावाजीहरुमा उत्रिएका छन ।

मोर्चाको विश्लेषण 

Monday, November 2, 2015

विरगंजमा फेरी वितण्डा । अवस्था तनावग्रस्त

आज विहानै देखि पर्सा, वारा लगायतका क्षेत्र प्रर्दशनहरु फेरी उग्र बनेको छ ।

गएको ८० दिन देखि आनद्योलनमा रहेको मधेशी पक्षहरु माथी आज विहानै विरगंज रक्सौल नाकामा प्रहरीले हस्तक्षेप गरे पछि  स्थिती फेरी भडकिएको छ । प्रहरीले विरगंज रकसौल नाकामा पर्ने मितेरी पुलमा हस्तक्षेप गरे पछि विरगंजको अवस्था विहानै देखि तनावपुर्ण बनेको थियो । प्रर्दशनकारीहरुले आज विहानै वाट प्रहरी हस्तक्षेपको विरुद्धमा पर्सा र वाराका गाउ गाउमा नारावाजी गर्दै विरोध प्रर्दशनहरु गरीरहेको स्थानिय संचारकर्मीहरुले बताएका छन । स्थिती तनावपुर्ण भए पछि विरगंजमा दिउसो ३ बजे वाट अनिश्चितकालिन क्फुर्य लगाइएको छ ।

Monday, October 19, 2015

बाबुरामको 'मधेश माहौल'

  


जनकपुर -

पार्टी तथा संसद सवै वाट राजिनामा दिएर नयां शक्तिको दौडमा उत्रेका पुर्वप्रधानमन्त्री डा बाबुराम भटराई धोती कुर्ता लगाएर पश्चिममा आन्द्योलनरत थारु होस वा पुर्वका मधेश सवै ठाउमा व्यापक दौडाहामा छन । व्यापक प्रतिकुलताका वावजुद पनि उनी पहिलो पटक जारी मधेश आन्द्योलनलाई सहि भन्दै गएको १२ असोजमा जनकपुर झरे । उनी पहिलो यस्ता शिर्ष तहका नेता थिए जो मधेश आन्दोलनमा समर्थन जनाउदै मधेश झरेका थिए । अत्यन्तै आक्रोशित रहेको मधेशमा उनको स्वागत पनि मौनता देखियो । कहि कतै आक्रोश पनि तर आम बौद्धिक स्तरमा भटराई प्रति व्यापक साहनभुति देखियो ।  भटराई जनकपुर आए पश्चात याहा बोल्ने क्रममा आफु जारी मधेश आन्द्योलनको व्यवस्थापनमा काठमाडौ संग पुलको भुमिका खोल्ने वचनवद्धता व्यक्त गरेका थिए । आम मधेशीहरुको अहिलेको बुझाईमा काठमाडौ अर्थात राज्यसताका हर्ताकर्ताहरु मुख्यगरी एमाले, काग्रेस र एमाओवादी मधेशीहरुको मागलाई सम्बोधन गर्न तयार छैन भन्ने देखिन्छ । यस्तो अवस्थामा भटराइको मुभलाई मधेशमा साकारातम्क रुपमा टिकाटिप्णीहरु भइरहेको पाइन्छ । यद्यपी उनले पनि जारी भएको नयां संविद्यानमा हस्ताक्षर गरेको भन्दै उनको कतिपय ठाउमा आलोचनाहरु समेत सुन्नमा पाइन्छ । तर हालै व्यवस्थापिका संसदमा भएको नयां प्रधानमन्त्रीको निर्वाचनमा आन्द्योलनरत मधेशी पार्टीहरु सहभागी भए पछि भटराईको पक्षको थप साकारात्मक टिकाटिप्पणीहरु हुन थालेको देखिन्छ ।