Tuesday, December 30, 2014

आन्दोलनमा जानु पर्ने मधेशी वुद्धजिवी तथा युवा नेताहरुको भनाई


 
नयां संविद्यानमा मधेश आन्द्योलनको मर्म अनुसार संघियता दिन काग्रेस एमाले तयार नरहेको भन्दै मधेशी वुद्धजिवीहरु तथा मधेशी पार्टीहरुका युवा नेताहरुले बताएका छन । मंगलवार काठमाडौमा ‘स्वाभिमान मधेश विचार समुह’ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वुद्धजिवीहरु तथा युवा नेताहरुले संघियता आन्दोलन विना आउन नसक्ने निष्कर्षमा आफुहरु पुगीसकेको बताए ।
 
अन्तरक्रिया कार्यक्रममा बोल्दै मधेशी जनअधिकार फोरम नेपालका युवा नेता तथा सभासद अभिषेक प्रताप शाहले काग्रेस एमालेले संख्याको मातमा मधेश आन्दोलन लगायतको क्रममा भएको सहमतीलाई उल्टाउन खाजेको आरोप लगाए । शाहले भने, विगतमा जे जती सहमती भएको छ, त्यो कार्यन्वयन गर्न पनि आन्द्योलनको विकल्प छैन ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य तथा युवा नेता सुरेश मंडलले वर्तमान काग्रेस एमालेको गठवन्धनले जनमतको मातमा जनताको अपेक्षालाई पछाडी धकेलिरहेको आरोप लगाए । मंडलले भने, काग्रेस एमालेलाई जनताले मौका दिएको छ, उनीहरु यसलाई एमाओवादी तथा मधेशी पार्टीहरु सदाको लागी पराजय भएको सम्झीरहेका छन, त्यो यीनीहरुको भ्रम हो । मंडलले मधेशी पार्टीहरु विगतमा व्योहोरेको फुटका कारण दोस्रो संविद्यानसभामा कम सख्या हासिल गरेको भन्दै यसलाई प्रमुख पार्टीहरुले पराजय सम्झनु उचित नभएको तर्क गरे ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै मधेशी वुद्धजिवी जयनिशान्तले संघियताकै लागी पनि आन्दोलनमा जानु भन्द्या पहिला मधेशी पार्टीहरु वार्ताको माध्यमवाट सक्दो प्रयास गर्नु पर्ने बताए । कम से कम ८ माघ सम्म वार्तामा बसेर मज्जाले काम गर्नु पर्यो, जयनिशान्तले भने, तर पनि पार लागेन भने मात्रै आन्द्योलनमा जानु पर्छ ।
 
अधिवक्ता तथा अधिकारकर्मी दिपेन्द्र झाले नयां संविद्यानका लागी विवादित भनिएका चार मुद्धाहरु मध्ये संघियतामा मात्रै विवाद रहेको भन्दै मधेशी पार्टीहरु सडकवाट दबाब सिर्जना गर्नु पर्नेमा जोड दिए । झाले विगत भन्दा सुरक्षा निकाय सुनियोजित रुपमा मधेशमा परिचालित भईसकेका आन्द्योलनमा अत्यधिक क्षती हुने सम्भावना रहेको बताए । उनले् भने, मधेशी पार्टीहरुले अव संघियताका लागी गर्ने आन्दोलन काग्रेस एमाले विरुद्ध हुने भएकाले अवस्था अत्यन्तै भयावह हुन सक्छ ।
 
कार्यक्रममा बोल्दै मधेशी वुद्धजिवी तुलानारायण साहले मधेश राजनितीले आन्दोलन संगै आफनो कार्यदिशा पनि अझ सशक्क्त पार्नु पर्नेमा जोड दिए । साहले भने, मधेशी पार्टीहरु अहिले कुनै पनि वाहानामा सरकारमा सहभागी हुनु हुदैन र संघियताको  साथै भवियष्मा आउने सक्ने अनेकन चुनौतिको वारेमा अहिले देखि नै सचेत भएर अघि वढनु पर्ने बताए ।
 
कार्यक्रममा तराई मधेश सदभावना पार्टीकी उपाध्यक्ष रानी तिवारी, तमलोपाका महामन्त्री गोविन्द चौधरी, राष्टिय समाजवादी पार्टीका प्रवक्ता केशव झा लगायतका युवा नेताहरु तथा वुद्धजिवीहरुले आ आफना विचार राखेका थिए ।

No comments:

Post a Comment