Sunday, December 28, 2014

तमलोपाले मनायो ७ औ बार्षीकोत्सव


 

तराई मधेश लोकतान्त्रिक पार्टीले आईतवार आफनो स्थापनाको दिवसको अवसरमा ७ औ बार्षीत्वसत्व मनाएको छ । बार्षीकोत्सवको अवसर तमलोपाले आईतवार दिउसो काठमाडौको डिल्लीवजारमा आयोजना गरेको चियापान कार्यक्रममा उपाष्टपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरु, पार्टीहरुका शिर्ष नेताहरु, नेपाल स्थित विदेशी कुटनितिज्ञहरु लगायतका उपस्थिती थियो । तमलोपाको चियापानमा पुगेका प्रमुख पार्टीहरुका शिर्ष नेताहरुले भने पुरानै कुराहरु पत्रकारहरु माझ दोह्याएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविद्यानसभामा रहेका पुरै ६०१ विच सहमती हुने कुरा असम्भव भएकाले अधिकतम सहमती गरेर नयां संविद्यान जारी गर्न आफुहरु लागी परेको बताए । ओलीले भने, हामी अधिकतम सहमती गरेर ८ माघमै नयां संविद्यान जारी गर्ने पक्षमा छौं, ।

एनेकपा माओवादीका वरिष्ठ नेता तथा संवाद समितीका सभापति बाबुराम भटराईले माघ ८ मा संविद्यान जारी नहुदैमा धेरै अप्ठायारा नहुने वरु प्रमुख शक्तिहरु विच सहमती नभए राजनिती अप्ठायाराहरु सिर्जना हुने तर्क गरे । भटराईले भने, माघ ८ लाई अली पर धकल्न पनि सकिन्छ, त्यो ठुलो कुरा होईन, प्रमुख कुरा चाही शान्तिप्रक्रियाको सवै पक्षहरु विच सहमती हुनु पर्यो ।
 
नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमती नभए आफुहरु वहुमतीय प्रक्रिया वाट भए पनि ८ माघमा नयां संविद्यान जारी पक्षमा रहेको बताए ।
 
चियापान कार्यक्रममा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले आफुहरु विगतमा सरकार संग भएको सम्झौता कार्यन्वयनको पक्षमा रहेको बताए । ठाकुरले काग्रेस एमालेको गठवन्धन विगतको सहमतीलाई नयां संविद्यानमा समेटन नखाजेका कारण अहिलेको राजनिती गतिरोध देखिएको बताए । ठाकुरले भने, विगतको सहमती तथा सम्झौतालाई यली वर्तमान गठवन्धनले मानेनन भने्, हामी पनि उनीहरुले ल्याएको नयां संविद्यान मान्ने छैनौ ।
 
तमलोपाले आयोजनाको गरेको चियापान कार्यक्रममा मधेशी कालाकारहरुले संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । त्यस अघि आजै विहान तमलोपाको पार्टी कार्यलयमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ठाकुरले पार्टी कार्यलयमा नर्या झण्डा ठडयाएका थिए ।
 
१३ पुष ०६४ मा स्थापना गरिएको तमलोपा संविद्यानसभामा प्रतिनिधित्व गर्ने दोस्रो ठुलो मधेशी पार्टी हो ।
 

कसरी उदय भयो तराई मधेश लोकतान्त्रिक पार्टीको ?
 

पहिलो मधेश मधेश आन्द्योलनताका वार्ता गर्न अग्रसर काग्रेस नेता महन्थ ठाकुर ०६४ मंसीर २४ गते नेपाली काग्रेस परित्याग गरेको घोषणा गरे पछि १३ पुष ०६४ मा तराई मधेश लोकतान्त्रिक पार्टी उनकै नेतृत्वमा गठन भयो ।
 
फोरम नेपाल र सरकार विच भएको २२ बुदे जनकपुर सम्झौताको मधेशमै चौतर्फी विरोध भईरहेको बेला ठाकुरको यो कदम आएका कारण तत्कालिन फोरमका धेरै नेता कार्यकर्ताहरुको धाप पाए उनले ।
 
नेपाली काग्रेसवाट विद्रोह गर्ने ठाकुरको साथ काग्रेस तथा एमाले लगायतका अरु प्रमुख पार्टीहरुका तत्कालिन सबै प्रमुख मधेशी नेताहरु थिए । उता सदभावना वाट अल्लगीएका हृदेश त्रिपाठी लगायतका फोरमका पनि ठुलै जमातको साथ पायो ठाकुरले । ठाकुरको नेतृत्वमा तमलोपाको घोषणा संगै मधेशी जनअधिकार फोरम नेपाल, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी मिलेर मधे्शी मोर्चा बनाउन पुगे जसले दोस्रो मधेश आन्दोलनको जग हालेको थियो ।
 
कतिपयले उपेन्द्र यादवमा देखिएको जातीय हुंकार पनि तमलोपाको गठनमा महत्वपुर्ण भुमिका खेलेको बताउछन । भने कतिपयले छिमेकी शक्ति भारतले मधेशमा आफनो अनकुलको एउटा पार्टी खडा गर्न तमलोपा जन्माएको बताउने गरेका छन ।
 
यसरी ठाकुर तमलोपा घोषणा गरे संगै उपेन्द्र यादव र राजेन्द्र महतो विच भएको मोर्चाले सरकारले फेरी ११ बुदे अल्टीमेटन दियो । र सरकारले लागु नगरेपछि मधेश बन्दको आब्हान गरियो । त्यसैले दोस्रो मधेश आन्दोलन स्वरुप लिन गयो र अन्तोगत्वा सरकार र मधेशी विचको चर्चीत ८ बुदे् सहमती ०६४ फागुन १६ गते भयो । त्यही सहमतीको आधारमा सरकार सरकारले मधेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र थपेका थिए भने मधेशी पार्टीहरु पहिलो संविद्यानसभाको निर्वाचनमा भाग लिएका थिए ।
 
पहिलो संविद्यासभाको निर्वाचनमा तमलोपा चार महिनाको मात्र थियो । तर पनि उनले २१ सिट हाथ पार्दै पाचौ पार्टीको रुपमा उदायो ।
 
पहिलो संविद्यानसभाको निर्वाचन प्रचण्ड नेतृत्वको पहिलो सरकारमा सहभागी नजनाए पनि दोस्रो सरकारमा सहभागी भए । र पछि महेन्द्र यादव मन्त्री बन्ने किचलो कै साथ तमलोपा विभजन गरे । र तमलोपा पनि एक पटक फुटको पिडा खेप्न गयो । दोस्रो संविद्यानसभाको निर्वाचनमा तमलोपा ४ सिट प्रत्यक्ष तर्फ हाथ पारेको  छ ।



No comments:

Post a Comment