Wednesday, December 17, 2014

मोर्चाका नेतृत्वहरुले उपेन्द्र यादवलाई भने - नचाहिने कुरा नबोल्नुस


 

पछिल्लो समयमा मधेशी मोर्चामा आफना प्रतिनिधी पठाए पनि मोर्चाको तीव्र आलोचना गर्दै आएका मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अन्य नेतृत्वहरुले भनेका छन, नचाहिने कुरा वाहिर नबोल्नुस ।
 
गएको सोमवार तमलोपाको संसदीय दलको कार्यलयमा बसेको मोर्चाको बैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले फोरम नेपालका प्रतिनिधीहरु लालबाबु राउत र राम सहाय यादवलाई भने, तपाई मार्फत हामी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई विशेष अनुरोध गर्छौ, मोर्चा र मोर्चाका अन्य नेतृत्वहरुको वारेमा नचाहिने टिपिण्णी नहोस । महतो र गच्छदारले फोरम नेपालका  प्रतिनिधिहरु सम्बोधन गर्दै भने, तपाईहरु गएर आफना अध्यक्षज्यू लाई भन्नुस कि मोर्चाको बैठकमा आएर जे असन्तुष्टि छ, त्यो व्यक्त गर्न ।

पछिल्लो समयमा फोरम नेपालका अध्यक्ष यादवले मोर्चा सरकारमा जान सुरसार गरीरहेको आरोप लगाउदै आएका छन । सोमवारको बैठकमा मोर्चाका अन्य घटकहरुले उक्त प्रसंगलाई समेत निकालेका थिए र फोरम नेपालका प्रतिनिधीलाई त्यसवारेमा अवगत गराएका थिए । महतो र गच्छदारले आफनो सम्बोधनमा भनेका थिए, मोर्चा पुन घोषणा हुनु भन्दा अगाडी नै हामीले सरकारमा नजाने कुरा प्रष्ट पारी सकेका छौ, त्यसव पछि उपेन्द्रजीले जसरीलाई मोर्चाका अरु नेताहरुलाई प्रस्तुत गरेर आफनो राजनिती गरीरहनु भएको छ, त्यो ठिक तरीका भएन ।

सोमबारको मोर्चाको बैठकमा नेताहरुले यी कुरा गरुरिहदा फोरम नेपालका अध्यक्ष यादव भने काठमाडौमै एउटा पत्रकार साक्षात्कार कार्यक्रमको आयोजना गरेर मोर्चाका अन्य नेताहरु जसमा मुख्य गरी गच्छदारको आलोचना गर्दै थिए ।
 
जानकारहरुको बुझाईमा फोरम नेपालका अध्यक्ष यादव पछिल्लो समयमा मोर्चालाई रणनितीक रुपमा प्रयोग गरेर मधेशमा आफनो राजनितीलाई सुढृढ पार्न सकिन्छ कि भन्ने दाउमा लागी परेको छ । 
 
उपेन्द्र यादव मोर्चाको बैठकम सहभागी नभईदा मोर्चाको सचिवालय देखि अन्य केही महत्वपुर्ण कामहरु हुन नसकेको नेताहरु बताउछन ।

No comments:

Post a Comment