Monday, December 15, 2014

झापा, मोरड, सुनसरी जिल्लाका लागी संघर्ष समिती गठन


 

पुर्वका झापा, सुनसरी र मोरड जिल्लालाई मधेश प्रदेश भित्रै राख्नु पर्ने माग सहित मधेशी दलहरुमा त्यस क्षेत्रवाट प्रतिनिधित्व गर्ने नेताहरुले संघर्ष समितीको घोषणा गरेका छन । आईतवार विराटनगरमा भेला गरेर घोषणा गरिएको संघर्ष समितीले पुर्वका झापा, मोरड र सुनसरीमा अहिले देखि नै त्यसका लागी विभिन्ने खाले कार्यक्रमहरु समेत गर्ने जनाएका छन ।
 
सदभावना पार्टीका केन्द्रिय प्रवक्ता संतोष मेहताको पहलमा केही दिन अगाडी देखि नै छलफलमा रहेको यो अभियानमा सबै मधेशी पार्टीहरुको प्रतिनिधिहरु सहभागी छन । सदभावना पार्टीका मेहता सहित फोरम नेपालका मृत्युन्जय झा, फोरम लोकतान्त्रिकका दिलीप धाडेवा लगायतका नेताहरु संघर्ष समितीमा सहभागी छन । संघर्ष समितीमा तीनै जिल्लाका मधेशी पार्टीहरुको अध्यक्षहरु समेत सहभागी छन ।

आईतवार विराटनगरमा भेला भएर बनाईएको संघर्ष समितीले सोमवार विराटनगरमा पत्रकार सम्मेलन गरेर आफनो उदेश्य वारे सार्वजनिक जानकारी समेत गराएका थिए । संघर्ष समितीका अनुसार पुर्वका यी तीनै जिल्लाहरुमा अहिले अन्तरक्रिया, सार्वजनिक सुनवाई, कोणसभा लगायतका कार्यक्रमहरु गरिने छ ।

आईतवारको भेलाले बनाएको संघर्ष समितीले चाडै बैठक गरेर थप विभिन्न दबाब मुलुक कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी गरेको यो अभियानका अगुवा संतोष मेहताले बताए ।

No comments:

Post a Comment