Saturday, December 13, 2014

ओली र मधेशी मोर्चा विच आज पनि छलफल - उपेन्द्र यादव द्धारा वहिष्कार


 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मधेशी मोर्चाका शिर्ष नेताहरु विच शनिवार विहान फेरी छलफल भएको छ । पछिल्लो केही समय यता ओली र मधेशी मोर्चा विच लागातार बैठकहरु भईरहेको छ । ८ माघ नजिकिदै जादा ओली र मोर्चाका शिर्ष नेताहरु विचको छलफललाई अर्थपुर्ण रुपमा लिन थालिएको छ । ओली निवास वालकोटमा शनिवार भएको छलफलमा मधेशी मोर्चाको तर्फवाट फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी थिए भने एमालेको तर्फवाट अध्यक्ष ओली संगै नेताहरु माधव नेपाल पनि सहभागी थिए । आजको छलफलमा मोर्चाका घटक फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोलाईएको थियो तर यादव छलफलमा सहभागी भएन ।
 
छलफलमा सहभागी नेताहरुका अनुसार आज पनि कुनै खासै ठोस परिणाम चाही निस्केन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, आज फेरी एमालेले आफनो पुरौ सात प्रदेशमा सहमती जनाउन हामीलाई आग्रह गर्यो, हामीले त्यसलाई मान्न सकिन्न भनेर आयौ । महतोका अनुसार छलफलमा सहभागी तीनै शिर्ष मधेशी नेताहरुले झापा, मोरड, सुनसरी, चितवन, कैलाली र कन्चनपुरलाई मधेशमै राख्नु पर्ने आफनो पुर्ववत अडान राखेका थिए ।

पछिल्लो समयमा यी विवादित केही जिल्लाहरुमा प्रमुख दलहरु सहित मधेशी पार्टीहरु विच सहमत हुन लागेको सुचनाहरु आईरहेका छन । तर प्राय सवै बैठकहरुमा सहभागी महतोले भने, अहिले सम्म कुनै साकारात्मक संकेत मैलै देखेको छैन ।

प्रधानमन्त्री निवास वालुवाटार पछिल्लो चार दिन देखि लगातार छलफलहरु भईरहेको कुरा साचो हो, महतोले भने, तर मुख्य विवादित देखिएका संघीयताको मुद्धामा अहिले पनि कुरा जाहाको त्यही छ । स्रोतहरुका अनुसार पछिल्लो समयमा मधेशी पार्टीहरु सहित प्रमुख दलहरु विच झापा, मोरड, सुनसरी, कैलाली कन्चनपुरलाई कसरी समाधान गर्ने वारेमा विभिन्न मोडेलहरु सहित छलफल भईरहेको छ । एमाआवादी सहित केही मधेशी नेताहरुले पुर्वको झापा र पश्चिमको कन्चनपुर र विचको चितवनलाई छाडेर वाकी सबै जिल्लाहरु मधेशमै पर्ने गरी दुई प्रदेशको प्रस्तावमा समेत कुराकानी भईरहेको छ । दलहरु विच  झापा, मोरड, सुनसरी, कैलाली कन्चनपुर जिल्लालाई विभाजन गरेर मधेशतिरको भाग मधेशमा र माथीको भाग पहाडमा जोडने गरी समेत कुराकानी भईरहेको छ । तर सदभावना पार्टीका अध्यक्ष महताको अनुसार आज सम्म पनि कुनै साकारात्मक संकेतहरु देखिएको छैन ।

 

मोर्चा सत्तामा जाने ञ्यांग नबनोस - यादव 

 



नेकपा एमालेका अध्यक्ष ओलीले मोर्चाको तर्फवाट प्रमुख चार ओटा नेताहरुलाई छलफल लागी आफनो निवासमा बोलाएका थिए । विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो र यालवलाई ओलीले बोलाएका थिए । तर यादवले आफु ओलीको निवासमा छलफलका लागी नजाने सुचना अन्य मधेशी नेतृत्वलाई गराएका थिए । ओली निवास नगए पछि यादव वालकोटमा छलफल चलीरहदा आफनो फेसबुक पेज मार्फत एक वक्त्व जारी गर्दै मोर्चा सता भन्दा पनि मधेशको मुद्धामा अडिनु पर्ने कुरामा जोड दिए । यादवले मधेशी पार्टीहरु तथा नेताहरु माथी सताको आरोपमा विगतमा लाग्ने गरेकाले अहिले समयमा मधेशी नेतृत्वहरुले त्यसलाई असत्य सावित गर्नु पर्नेमा जोड दिईएको छ ।

No comments:

Post a Comment