Wednesday, December 10, 2014

असमावेशी नियुक्तिको विरुद्धमा मधेशी प्राध्यापकद्धारा त्रिवीमा तालावन्दी


 


त्रिभुवन विश्वविद्यालयले विगतको सम्झौता विपरित हालै गरेको विभिन्न नियुक्तीहरु समावेशी नभएको भन्दै लोकतान्त्रिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन ।
 
गएको आइतवार लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष उदय किशोर तिवारीको नेतृत्वमा गरिएको तालावन्दी त्रिवीले आफनो निर्णय नसध्याए सम्म जारी रहने संघले जनाएको छ । ०६८ सालमा प्रधानमन्त्रीको उपस्थितीमा त्रिवी पदाधिकारी र संघ विच भएको सम्झौता अनुसार त्रिवीले गर्ने हरेक नियुक्तीहरु समावेशी हुनु पर्ने हो, संघका अध्यक्ष तिवारीले भने, तर हालै त्रिवीले गरेको महत्वपुर्ण निर्यायहरुमा मधेशी, दलीत, जनजातीहरुलाई उपेक्षा गरिएको छ । त्रिवीले हालै डिन लगायतका केही महत्वपुर्ण नियुक्तीहरु गरेका थिए । संघका अनुसार नव नियुक्तहरु पुरै काग्रेस, एमाले र एमाओवादीको भागवण्डावाट भएको थियो ।

विगतमा पनि त्रिवी भित्र समावेशी नियुक्तीको माग गर्दै संघ पटक पटक आन्द्योलन गर्दै आएका छन । लोकतान्त्रिक प्राध्यापक संघ, तराइ मधेश लोकतान्त्रिक पार्टीको प्राध्यापकहरुको संगठन हो । गएको आईतवार देखि गरिएको तालावन्दी त्रिवीले आफनो निणर्य नसच्याए सम्म जारी रहने संघले विज्ञप्ति मार्फत जनाएका छन । विगतमा त्रिवी, सरकार र संघ विच समोवेशी नियुक्ती गर्ने सहमती भएको थियो ।

No comments:

Post a Comment