Tuesday, December 9, 2014

पदमरत्न तुलाधर र मधेशी/जनजाती विच मोर्चा घोषणाको तयारी


 
जनजाती अगुवा पदम रत्न तुलाधर र मधेशी नेताहरु र जनजाती विच मोर्चा घोषणाको तयारी तीव्र रुपमा भईरहेको त्यससंग आवद्ध अगुवाहरु भन्छन । गएको १७ गते राजधानीमा भएको तुलाधर र मधेशी तथा जनजातीहरु विचको छलफलले पुषको पहिलो साता सम्म त्यस्तो मोर्चाको घोषणा गर्ने लक्ष्य लिएको छ ।

यस बैठकमा आदिवासी जनजाति नेताहरु पद्मरत्न तुलाधार, शुरेष आलेमगर, परशुराम तामाङ, खगेन्द्र माखिम, शान्ति जिरेल, पासाङ सेर्पा, अमरध्वज लामा तामाङ, निरज गोले, मल्ल के सुन्दर सहभागी थिए  । यसरी नै मधेशको तर्फवाट मातृका यादव, देवेश झा , देवेन्द्र यादव, घनश्याम यादव, भरतप्रसाद शाह, शिवराम यादव, जयप्रकाश यादव, गोपाल ठाकुर, सुजन, डा। राम केवल शाह र महेन्द्र पासवान सहभागी थिए ।

बैठकमा सहभागी मातृका यादवका अनुसार पुष ३ गते सम्म मातृका तथा जेपी गुप्ता लगायतका केही मधेशी नेताहरु तथा अगुवा विच मोर्चाको घोषणाको तयारी भईरहेको छ । त्यस पछि तुलाधर र मधेशीह्रुको उक्त मोर्चा तथा जनजाती विच नयां मोर्चाको घोषणा हुने यादवले बताए ।
यादवका अनुसार पहिचान सहितको संघियता र संघियता सहितको संविद्यानका लागी यो मोर्चाले आन्द्योलन गर्ने छ । 

No comments:

Post a Comment