Sunday, December 7, 2014

मधेशी मोर्चाले औपचारिक रुपमै भन्यो - संविद्यान नबने सम्म सरकारमा जान्नौ


 
छ ओटा प्रमुख मधेशी पार्टीहरु सम्मलीत संयुक्त लोकतान्त्रिक मोर्चाको आईतवार बसेको बैठकले औपचारिक रुपमै निर्णय गर्दै भनेका छन, ‘नयां संविद्यान नबने सम्म कुनै पनि वाहानामा सरकारमा सामेल हुने छैनौ ।’
 
आईतवार सिंहदरवार स्थित फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यलयमा भएको मोर्चाको बैठकले मोर्चाको अवधारण तथा कार्यसंचालन पद्धती समेत बनाएको छ । यस अघि बसेको मोर्चाको बैठकले ६ सदस्यीय कार्यदल बनाएर उनीहरुलाई अवधारणा तथा कार्यसंचालन पद्धती बनाउने जिम्मा दिइएको थियो । आज बसेको मोर्चाको बैठकले पारित गरेको अवधारणाको सुरु मै संविद्यान नबने सम्म सरकारमा सहभागी नहुने कुरा प्रष्टाईएको छ ।  मोर्चाले भनेको छ, पहिचान सहित संघियता र संघियता सहितको संविद्यानका लागी मोर्चाले दबाब समेत सिर्जना गर्ने छ ।
 
मोर्चाले यस अघि नै संवाद समितीमा बुझाई सकेको अवधारण अनुरुप राज्य पुर्नर्संरचना आयोगको रिर्पोट बमोजिमको संघीयताको पक्षमा उभिने जनाएको छ । मोर्चाको एक घटक फोरम नेपालले संवाद समितीमा छुटै एक मधेश एक प्रदेशको अवधारणा पस्तुत गरेपछि फोरम नेपाल प्रति मोर्चाका अन्य घटक सशंकित भएका थिए । राज्य पुर्नसंरचना आयोगको रिर्पोटमा मधेशमा दुई प्रदेशको अवधारणा उल्लेख गरिएको छ ।

तर आजको बैठकमा फोरम नेपालका नेताहरु समेत सहभागी भएकाले उनीहरु माथी देृखएको आशंका मेटिएको मोर्चाका अन्य नेताहरुले बताएका छन । आजको बैठकमा फोरम नेपालको तर्फवाट सभासद शिवजी यादव सहभागी भएका थिए । फोरम नेपालका अध्यक्ष उपेन्द्र काठमाडौ वाहिर रहेकाले यादवले आजको बैठकमा उपस्थिती जनाएका थिए । मोर्चाले आज पारित गरेको अवधारणा तथा कार्यसंचालन पद्धतीमा समेत फोरम नेपालका नेता शिवजी यादवले हस्ताक्षर गरेका छन ।

मोर्चाले आज पारित गरेको कार्यसंचालन पद्धतीमा मोर्चा चक्रिय प्रणालीको नेतृत्व अनुसार चल्ने सदभावना पार्टीका महासचिव मनिष सुमनले बताए । सुमनका अनुसार मोर्चाको अर्को बैठक अब तराई मधेश लोकतान्त्रिक पार्टीले आयोजना गर्ने छ । सुमनका अनुसार मोर्चाले १४ बुदे मागहरु समेत आफनो अवधारणा पत्रमा समेटेका छन । र सरकार संग तराई मधेशका विभिन्न सशस्त्र समुहहरु भएको वार्ता प्रक्रियालाई ठोस रुपमा टुगाउने समेत माग गरिएको छ ।
 
साथै मोर्चाले हिजो मात्रै काठमाडौको अनामनगरमा मधेशी मुलकी एक जना युवतीको दिउसो छुरा प्रहारवाट भएको मृत्यू वारेमा समेत छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

No comments:

Post a Comment