Saturday, December 6, 2014

उपेन्द्र यादवको रणनितीक प्रयोगमा ‘मधेशी मोर्चा’


 

मधेशी मोर्चालाई पुर्न व्युताउने निर्णय भएकै हप्ता सिंहदरवार स्थित एमाले संसदीय दलको कार्यलयमा एमाले अध्यक्ष केपी शर्मा ओली र मोर्चाका छ ओटै अध्यक्षहरुको बैठक भयो ।  ओलीले राष्टिय सहमतीको सरकारका लागी मधेशी पार्टीहरुलाई सरकारमा सहभागी गराउने वारे छलफल गरे ।
 
उक्त छलफलकै भोली पल्ट संवाद समितीको बैठकमा उपेन्द्र यादवले फोरम नेपालको तर्फवाट विवादित मुद्धाहरुमा छुटै अवधारणा प्रस्तुत गरे । दुई दिन अगाडी मात्रै मोर्चा व्युताउने बैठकमा यादवले संयुक्त रुपमा सबै काम गर्ने बताएका थिए । तर यादवले संवाद समितीमा प्रतिवेदन प्रस्तुत गरे पछि वाकी पांच ओटा मधेशी अध्यक्षहरु तीनछक परे ।

संवाद समितीमा यादवले अवधारण प्रस्तुत गरेको भोली पल्टै विहान फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको निवास पुगेर र महतोलाई भने, ‘उपेन्द्रले बर्बाद पार्यो ।’ त्यसपछि गच्छदार र महतो विच कुराकानी भएको आधारमा त्यसमा तमलोपा अध्यक्ष महन्थ ठाकुर पनि सामेल भए र तीन ओटै अध्यक्षहरुले मोर्चाको तर्फवाट सक्दो चाडो आफनो छुटै अवधारणा प्रस्तुत गर्ने निचोड निकाले । पछि मोर्चाका अन्यसंगको छलफलको आधारमा उपेन्द्र यादव वाहेक अरु सबैको सहिछाप गराएर मोर्चाको अवधारणा प्रस्तुत गर्ने कुरा भयो । र त्यही आधारमा शुक्रवार मोर्चाले राजकिशोर यादव सहितको हस्ताक्षरमा अवधारणा प्रस्तुत गरे । जुन अवधारणा बनाउने देखि बुझाउने सम्ममा उपेन्द्रलाई कुन सोधपुछ गरिएनन । यती सम्म कि शुक्रवार एमाले अध्यक्ष केपी ओलीको निवासमा भएको दिवा भोजमा समेत यादवलाई मोर्चाका अध्यक्षज्यूहरुले जानकारी गराएन । एक नेताका अनुसार उपेन्द्र यादवलाई ओलीले आफैले फोन गरेका थिए । तर उनी मोर्चाका अन्य घटक संगको दुरीका कारण त्यसलाई मौन वहिष्कार गरे ।
 
संवाद समितीमा उपेन्द्र यादवले छुटै प्रतिवेदन बुझाए पछि सबै भन्दा तीनछक खानेमा परेका थिए विजय गच्छदार । गच्छदारले आफना केही निकटवर्तीहरु संग यसमा वारे सोधपुछ समेत गराए । उनी निकवर्तीहरुका अनुसार पछिल्लो समयमा सरकारको वारेमा भईरहेको विभिन्न गोप्य बैठकहरुको सुत्रधार नै थिए गच्छदार र यादव । ओलीसगको मोर्चाको सामुहिक छलफल अघि नै गच्छदार यादव वालुवाटमा प्रधानमन्त्री सुशिल कोईराला संग यस वारेमा लामो छलफल गरेको केही भित्रियाहरुको दावी छ ।
 
त्यही भएर हुन सक्छ दोस्रो संविद्यानसभाको निर्वाचन पुर्व गच्छदारको नाम समेत सुन्न नचाहने यादव पछिल्लो समयमा दुवै जनको हिमचेम खुवै वढेको देखिन्थयो ।
 
यसरी उपेन्द्रले मोर्चालाई एक्कासी धोका दिए पछि रिसाएका गच्छदार सहितका ४ अध्यक्षले राजकिशोर यादव र अनिल झा समेत मोर्चामा विधिवत सहभागी गराउने चाजोपाजो मिलाए । मोर्चा व्युताउने प्रथम बैठकमा उपेन्द्र यादवले नै विरोध गरेपछि अनिल झा र राजकिशोर यादवलाई सहभागी नगराइएको केही नेताहरुको भनाई थियो ।
 
मोर्चाको अवरणमा भएको पछिल्लो घटनाक्रमलाई कतिपयले उपेन्द्रले सम्भावित मधेशी पार्टीहरुको निकट भविष्यको सतारोहणमा आफुलाई कमजोर देखेपछि उनी मोर्चालाई नै रणनितीक रुपमा प्रयोग गर्ने दाउ खोजे ।
 
दोस्रो संविद्यानसभाको निर्वाचनमा आफनो र पार्टीको हैसियतवारे राम्रो जानकारी हासिल गरीसकेका यादवले पार्टी पुर्ननिर्माणका लागी यसलाई उपयोग गर्ने निती अख्तीयार गर्न पुगे । र काठमाडौवाट मधेश झरेर मधेशी मोर्चा सरकारका लागी भएको भन्दै आफु त्यसमा नरहेको भन्दै अरु मधेशी पार्टीहरुका नेता कार्यकर्तालाई फोरममा भित्राउन लागी परेको देखिन्छ । तर उनको यो रणनिती कति सफल हुन्छ त्यो आफैमा प्रश्नवाचक चिन्हको घेरामा छ ।

1 comment:

  1. भ्रामक तथ्यहीन काल्पनिक एवं पूर्वाग्रही समाचार । वाहियात

    ReplyDelete