Friday, December 5, 2014

ओलीले खसी काटेर बोलाए मधेशी मोर्चाका नेताहरुलाई


 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विहान आफना निवासमा खसी काटेर मधेशी मोर्चाका नेताहरु डाकेर छलफल गरेका थिए । ओली निवासमा मधेशी नेताहरुका लागी बनाईएको विषेश भोजनमा सहभागी भए फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमसपाका रानी तिवारी लगायतका नेताहरु सहभागी भए । उक्त विशेष भोजमा फोरम नेपालवाट केही पनि गएका थिएन ।
 
विशेष लन्चमा गएका मधेशी नेतृत्वहरुलाई ओलीले सुरुमै सरकारमा सहभागी हुन आग्रह गरेको एक नेताले बताए । छलफलमा एमालेको तर्फवाट अध्यक्ष केपी शर्मा ओली सहित नेताहरु झलनाथ खनाल, वामदेव गौतम, भिम रावल र विद्या भण्डारी सहभागी थिए ।
 
छलफल पछि एमाले अध्यक्ष ओली आफनो टिवटर मार्फत मधेशी मोर्चा संग निरन्तर छलफल गर्ने गरी छिटो भन्दा छिटो सहमतीमा पुग्ने गरी आजको बैठक सकिएको जनाएको छ ।

बैठकमा सहभागी मधेशी नेताहरुका अनुसार आजको छलफलमा पनि ओली लगायतका एमाले नेताहरुले सहमती सरकारमा सहभागी हुनका लागी मधेशी मोर्चालाई विशेष आग्रह गरेका थिए । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, हामीले उहाहरुलाई नयां संविद्यान नबने सम्म सरकारको कुरा नगर्न भन्यौ । महतोका अनुसार छलफलमा हालै ओलीले संघियतालाई थाति राखेर संविद्यान जारी गर्न सक्ने दिएको अभिव्यक्रिको वारेमा मधेशी नेताहरुले चासो राखेका थिए । महतोले भने, हामीले प्रष्ट रुपमा भन्यौ, संघियता विनाको संविद्यान कुनै पनि सर्तमा मान्न सकिन्न ।

एमालेले काग्रेस संग मिलेर अघि सारेको ७ प्रदेशको खाको विरुद्धमा मधेशी पार्टीहरु सुरु देखि नै उभिदै आएका छन । महतोका अनुसार मधेशी नेताहरुले पहिलो संविद्यानसभाले बनाएको राज्य पुर्नसंचना आयोगको सिफरिस अनुसार संघियतामा जान मधेशी पार्टीहरुले जोड दिएका थिए ।
 
हालै पुर्नजिवित भएको ६ ओटा मधेशी पार्टीहरुको  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविद्यान नबने सम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ । गएको सोमवार मात्रै एमाले अध्यक्ष ओलीले मधेशी मोर्चाका नेताहरुलाई भेटेर राष्टिय सहमतीको सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव गरेका थिए ।

No comments:

Post a Comment