Monday, December 1, 2014

मधेशमा नयां शक्तिको चुनौति


 
मधेश राजनिती देखिन थालेको सम्भावना युक्त नयां शक्ति कुन रुपमा कसरी र कहिले उदय हुन्छ त्यो त अहिले नै भन्न सकिन्न । तर भवियष्मा मधेशले खोजीरहेको नयां शक्ति निर्माणको यात्रा भन्ने कम चुनौती पुर्ण देखिदैनन । मधेश राजनितीको जनाधार नयां शक्तिको पक्षमा भए पनि अरु चुनौतिहरु त्यतीकै ठुलो पहाडको रुपमा देखिन्छ ।
 
वर्तमान मधेशी नेतृत्वहरु प्रतिको मधेशमा देखिएको विखराव नै नयां शक्तिको मुख्य आधार देखिन्छ । त्यसैले भविष्यमा नर्या शक्तिको सबै भन्दा ठुलो चुनौति पनि यीनै नेतृत्वहरु देखिनेमा कुनै दुईमत छैन । मधेश आन्दोलन पश्चात मधेश राजनितीले पाएको शक्तिको चरम दुरुपयोग गरेका वर्तमान मधेशी नेतृत्वहरुको कारण मधेशी युवा जमातमा देखिएको आक्रोश कसरी व्यक्त होला वा हुन नदिन विभिन्न प्रपन्च गरी रोकिने छ, त्यो हेर्न त अहिले बाकि नै छ । तर एउटा कुरा त के निश्चित छ भने यर्थातलाई रोक्दैमा रोकिन्न । त्यो कुनै न कुनै स्वरुप ग्रहण गरेर सतहमा प्रगट हुने नै छन ।

एक जना युवा मधेशी नेताको भनाईमा स्रोत साधन तथा पहुचको अभाववाट ग्रुजीरहेका मधेशी युवा नेताहरुलाई सम्भावित नयां शक्तिको लागी एकत्रित हुन नदिन नेतृत्वहरु विभिन्न प्रलोभन दिनुको साथै उनीहरु माथी नानाथरी योजनाहरु देखाउन थालेका छन । ती युवा अभियानीको बुझाईमा हालका लागी अन्तराष्टिय शक्ति केन्द्रहरु समेत त्यती सहज देखिएका छैन । तर मधेशको सतहमा देखिएको जनमतलाई कसरी आफनो ढंगले उपयोग गर्न सकिन्छ कि भन्ने दाउमा विभिन्न अध्यन विश्लेषन गर्दै बसीरहेका छन । जानकारहरुको बुझाईमा अन्तराष्टिय शक्ति केन्द्रहरुलाई अझै केही समय लाग्ने छ प्रष्ट हुन लाई ।

तर समयमा सधै चुक्ने केही प्रभावशाली शक्ति केन्द्रहरु फेरी एक चोटी चुक्ने छाटकाट देखिदै छन । उनीहरुको वुझाई र गराई विचको मतभिन्नताले उनीहरुलाई पछताउने वाहेकको विकल्प उनीहरु संग हुने छैन । मधेशी युवा जमातको बुझाईमा पुर्नजीवित भएको मधेशी मोर्चा फेरी कुनै न कुनै वाहानामा सरकारमा सामेल हुने छाटकाटहरु देखिन थालेका छन । मधेशी जनताले चाहेको वेला कहियै पनि एक नहुने मधेशी नेतृत्वहरु नयां सरकार बन्ने चर्चाको वेला जहिल्यै पनि एक हुने गरेको ईतिहास छ ।

No comments:

Post a Comment