Wednesday, December 31, 2014

झापा, मोरड र सुनसरीका लागी प्रधानमन्त्रीलाई ज्ञापनपत्र


 

पुर्वी तराईका झापा, मोरड र सुनसरीलाई मधेश प्रदेशमै राख्नका लागी केही दिन अगाडी गठन गरिएको संघर्ष समितीले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन । झापा, मोरड र सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत पठाईएको ज्ञापन पत्र मार्फत समितीले ती तीन जिल्लालाई पहाडमा नगाभ्न समेत चेतावनी दिएका छन । संघर्ष समितीले पुर्व ती तीन जिल्ला मधेश आन्दोलनको महत्वपुर्ण भु भाग भएको भन्दै मधेशमै राख्न आग्रह गरेका छन ।
 
झापा, मो्रड र सुनसरीमा केही दिन अघि देखि सक्रिय संघर्ष समितीले स्थानिय स्तरमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन । मधेशी पार्टीहरुको त्यस क्षेत्रवाट प्रतिनिधित्व गर्ने नेताहरुको अगुवाईमा सुरु गरिएको यो अभियानमा त्यस क्षेत्रका अन्य संगठनहरु पनि सामेल हुन थालेका छन ।
 
पढनुस ज्ञापन पत्र

Tuesday, December 30, 2014

आन्दोलनमा जानु पर्ने मधेशी वुद्धजिवी तथा युवा नेताहरुको भनाई


 
नयां संविद्यानमा मधेश आन्द्योलनको मर्म अनुसार संघियता दिन काग्रेस एमाले तयार नरहेको भन्दै मधेशी वुद्धजिवीहरु तथा मधेशी पार्टीहरुका युवा नेताहरुले बताएका छन । मंगलवार काठमाडौमा ‘स्वाभिमान मधेश विचार समुह’ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वुद्धजिवीहरु तथा युवा नेताहरुले संघियता आन्दोलन विना आउन नसक्ने निष्कर्षमा आफुहरु पुगीसकेको बताए ।
 
अन्तरक्रिया कार्यक्रममा बोल्दै मधेशी जनअधिकार फोरम नेपालका युवा नेता तथा सभासद अभिषेक प्रताप शाहले काग्रेस एमालेले संख्याको मातमा मधेश आन्दोलन लगायतको क्रममा भएको सहमतीलाई उल्टाउन खाजेको आरोप लगाए । शाहले भने, विगतमा जे जती सहमती भएको छ, त्यो कार्यन्वयन गर्न पनि आन्द्योलनको विकल्प छैन ।

Sunday, December 28, 2014

तमलोपाले मनायो ७ औ बार्षीकोत्सव


 

तराई मधेश लोकतान्त्रिक पार्टीले आईतवार आफनो स्थापनाको दिवसको अवसरमा ७ औ बार्षीत्वसत्व मनाएको छ । बार्षीकोत्सवको अवसर तमलोपाले आईतवार दिउसो काठमाडौको डिल्लीवजारमा आयोजना गरेको चियापान कार्यक्रममा उपाष्टपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरु, पार्टीहरुका शिर्ष नेताहरु, नेपाल स्थित विदेशी कुटनितिज्ञहरु लगायतका उपस्थिती थियो । तमलोपाको चियापानमा पुगेका प्रमुख पार्टीहरुका शिर्ष नेताहरुले भने पुरानै कुराहरु पत्रकारहरु माझ दोह्याएका थिए ।

Friday, December 19, 2014

झापा, मोरड र सुनसरीमा जिल्ला स्तरीय संघर्ष समिती गठन हुदै


 कोशी पुर्वका तीन जिल्लाहरु सुनसरी, मोरड र झापाको वारेमा मधेशी पार्टीहरु तथा अन्य पार्टीहरु विच मतभेद देखिन्छ ।


पुर्ववाट प्रतिनिधित्व गर्ने मधेशी पार्टीहरुको नेताको अगुवामा सुरु गरिएको झापा, मोरड र सुनसरी केन्द्रित संघर्ष कार्यक्रम अन्र्तगत जिल्ला स्तरमा समेत समितीहरु गठन हुन थालिएको छ । गएको आईतवार मात्रै विराटनगरमा भेला गरेर सबै मधेशी पार्टीहरुको त्यस क्षेत्रवाट प्रतिनिधित्व हुने गरी बनाईएको संघर्ष समितीले विहिवार सुनसरीमा र शुक्रवार झापामा जिल्ला स्तरीय समितीहरु निर्माण गरेका छन ।
 
विहिवार सुनसरीमा सर्वपक्षिय भेला गरेर फोरम नेपालका जिल्ला अध्यक्ष भगीरग खत्वेको संयोजकत्वमा जिल्ला स्तरीय संघर्ष समिती बनाइएको थियो भने शुक्रवार झापामा आयोजना गरिएको सर्वपक्षिय भेला झापा जिल्ला स्तरीय समिती बनाएको छ । सर्वपक्षिय भेलाले झापा, मोरड र सुनसरीलाई मधेश प्रदेशमै राख्नका लागी विभिन्न स्तरमा दबाब मुलुक कार्यक्रमहरु गर्ने छन । झापामा शुक्रवार आयोजना गरिएको सर्वपक्षिय भेलाले यो अभियानमा ती जिल्लाहरुमा काग्रेस एमाले भित्र रहेका मधेशी नेताहरुलाई समेत यस अभियानमा सहभागी गराउने निर्णय गरेको यो अभियानका अगुवा तथा सदभावना पार्टीका प्रवक्ता संतोष मेहताले बताए ।

Wednesday, December 17, 2014

मोर्चाका नेतृत्वहरुले उपेन्द्र यादवलाई भने - नचाहिने कुरा नबोल्नुस


 

पछिल्लो समयमा मधेशी मोर्चामा आफना प्रतिनिधी पठाए पनि मोर्चाको तीव्र आलोचना गर्दै आएका मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अन्य नेतृत्वहरुले भनेका छन, नचाहिने कुरा वाहिर नबोल्नुस ।
 
गएको सोमवार तमलोपाको संसदीय दलको कार्यलयमा बसेको मोर्चाको बैठकमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले फोरम नेपालका प्रतिनिधीहरु लालबाबु राउत र राम सहाय यादवलाई भने, तपाई मार्फत हामी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई विशेष अनुरोध गर्छौ, मोर्चा र मोर्चाका अन्य नेतृत्वहरुको वारेमा नचाहिने टिपिण्णी नहोस । महतो र गच्छदारले फोरम नेपालका  प्रतिनिधिहरु सम्बोधन गर्दै भने, तपाईहरु गएर आफना अध्यक्षज्यू लाई भन्नुस कि मोर्चाको बैठकमा आएर जे असन्तुष्टि छ, त्यो व्यक्त गर्न ।

Monday, December 15, 2014

झापा, मोरड, सुनसरी जिल्लाका लागी संघर्ष समिती गठन


 

पुर्वका झापा, सुनसरी र मोरड जिल्लालाई मधेश प्रदेश भित्रै राख्नु पर्ने माग सहित मधेशी दलहरुमा त्यस क्षेत्रवाट प्रतिनिधित्व गर्ने नेताहरुले संघर्ष समितीको घोषणा गरेका छन । आईतवार विराटनगरमा भेला गरेर घोषणा गरिएको संघर्ष समितीले पुर्वका झापा, मोरड र सुनसरीमा अहिले देखि नै त्यसका लागी विभिन्ने खाले कार्यक्रमहरु समेत गर्ने जनाएका छन ।
 
सदभावना पार्टीका केन्द्रिय प्रवक्ता संतोष मेहताको पहलमा केही दिन अगाडी देखि नै छलफलमा रहेको यो अभियानमा सबै मधेशी पार्टीहरुको प्रतिनिधिहरु सहभागी छन । सदभावना पार्टीका मेहता सहित फोरम नेपालका मृत्युन्जय झा, फोरम लोकतान्त्रिकका दिलीप धाडेवा लगायतका नेताहरु संघर्ष समितीमा सहभागी छन । संघर्ष समितीमा तीनै जिल्लाका मधेशी पार्टीहरुको अध्यक्षहरु समेत सहभागी छन ।

Sunday, December 14, 2014

स्वायत्त मधेश प्रदेशका लागी मात्रिका यादवले जनकपुरमा भेला गर्ने


 

स्वायत्त मधेश प्रदेशका लागी आन्दोलनको आवश्यकता रहेको भन्दै मात्रिका यादवले आउदो २ र ३ पुषमा जनकपुरमा त्यसको अवधाणा वारे भेलाको आयोजना गर्दै छन । भेलाले स्वायत मधेश प्रदेशको अवधारणा तयार पार्नुको साथै आन्द्योलनलाई कसरी अगाडी वढाउने वारेमा विस्तृत छलफल गरिने तयारी गरिएको छ । उक्त भेलाले मधेश प्रदेशका आन्दोलनको खाका तयार पारेपछि जनजाती अगुवा पदमरत्न तुलाधर संग मोर्चाको घोषणा गरिने कार्यक्रम छ । भेलामा मात्रिका यादव संगै गोपाल ठाकुर, भरत साह, धनश्याम यादव लगायतका व्यक्तिहरुको विशेष सहभागीता रहने छ ।
 
मात्रिका भन्छन, आन्दोलन विना स्वायत्त मधेश प्रदेश आउने सम्भावना हामी देख्दैनौ । यादवका अनुसार मधेश आन्दोलन विदेशीहरु दबाब र कम्युनिष्टहरुको अन्धराष्टवादका कारण कमजोर भएर आजको स्थितीमा आईसकेको छ । यादव भन्छन, यसलाई नया शिरावाट उचाईमा लग्नुको विकल्प छैन ।

Saturday, December 13, 2014

ओली र मधेशी मोर्चा विच आज पनि छलफल - उपेन्द्र यादव द्धारा वहिष्कार


 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मधेशी मोर्चाका शिर्ष नेताहरु विच शनिवार विहान फेरी छलफल भएको छ । पछिल्लो केही समय यता ओली र मधेशी मोर्चा विच लागातार बैठकहरु भईरहेको छ । ८ माघ नजिकिदै जादा ओली र मोर्चाका शिर्ष नेताहरु विचको छलफललाई अर्थपुर्ण रुपमा लिन थालिएको छ । ओली निवास वालकोटमा शनिवार भएको छलफलमा मधेशी मोर्चाको तर्फवाट फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहभागी थिए भने एमालेको तर्फवाट अध्यक्ष ओली संगै नेताहरु माधव नेपाल पनि सहभागी थिए । आजको छलफलमा मोर्चाका घटक फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोलाईएको थियो तर यादव छलफलमा सहभागी भएन ।
 
छलफलमा सहभागी नेताहरुका अनुसार आज पनि कुनै खासै ठोस परिणाम चाही निस्केन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, आज फेरी एमालेले आफनो पुरौ सात प्रदेशमा सहमती जनाउन हामीलाई आग्रह गर्यो, हामीले त्यसलाई मान्न सकिन्न भनेर आयौ । महतोका अनुसार छलफलमा सहभागी तीनै शिर्ष मधेशी नेताहरुले झापा, मोरड, सुनसरी, चितवन, कैलाली र कन्चनपुरलाई मधेशमै राख्नु पर्ने आफनो पुर्ववत अडान राखेका थिए ।

Wednesday, December 10, 2014

असमावेशी नियुक्तिको विरुद्धमा मधेशी प्राध्यापकद्धारा त्रिवीमा तालावन्दी


 


त्रिभुवन विश्वविद्यालयले विगतको सम्झौता विपरित हालै गरेको विभिन्न नियुक्तीहरु समावेशी नभएको भन्दै लोकतान्त्रिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन ।
 
गएको आइतवार लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष उदय किशोर तिवारीको नेतृत्वमा गरिएको तालावन्दी त्रिवीले आफनो निर्णय नसध्याए सम्म जारी रहने संघले जनाएको छ । ०६८ सालमा प्रधानमन्त्रीको उपस्थितीमा त्रिवी पदाधिकारी र संघ विच भएको सम्झौता अनुसार त्रिवीले गर्ने हरेक नियुक्तीहरु समावेशी हुनु पर्ने हो, संघका अध्यक्ष तिवारीले भने, तर हालै त्रिवीले गरेको महत्वपुर्ण निर्यायहरुमा मधेशी, दलीत, जनजातीहरुलाई उपेक्षा गरिएको छ । त्रिवीले हालै डिन लगायतका केही महत्वपुर्ण नियुक्तीहरु गरेका थिए । संघका अनुसार नव नियुक्तहरु पुरै काग्रेस, एमाले र एमाओवादीको भागवण्डावाट भएको थियो ।

Tuesday, December 9, 2014

पदमरत्न तुलाधर र मधेशी/जनजाती विच मोर्चा घोषणाको तयारी


 
जनजाती अगुवा पदम रत्न तुलाधर र मधेशी नेताहरु र जनजाती विच मोर्चा घोषणाको तयारी तीव्र रुपमा भईरहेको त्यससंग आवद्ध अगुवाहरु भन्छन । गएको १७ गते राजधानीमा भएको तुलाधर र मधेशी तथा जनजातीहरु विचको छलफलले पुषको पहिलो साता सम्म त्यस्तो मोर्चाको घोषणा गर्ने लक्ष्य लिएको छ ।

यस बैठकमा आदिवासी जनजाति नेताहरु पद्मरत्न तुलाधार, शुरेष आलेमगर, परशुराम तामाङ, खगेन्द्र माखिम, शान्ति जिरेल, पासाङ सेर्पा, अमरध्वज लामा तामाङ, निरज गोले, मल्ल के सुन्दर सहभागी थिए  । यसरी नै मधेशको तर्फवाट मातृका यादव, देवेश झा , देवेन्द्र यादव, घनश्याम यादव, भरतप्रसाद शाह, शिवराम यादव, जयप्रकाश यादव, गोपाल ठाकुर, सुजन, डा। राम केवल शाह र महेन्द्र पासवान सहभागी थिए ।

Sunday, December 7, 2014

मधेशी मोर्चाले औपचारिक रुपमै भन्यो - संविद्यान नबने सम्म सरकारमा जान्नौ


 
छ ओटा प्रमुख मधेशी पार्टीहरु सम्मलीत संयुक्त लोकतान्त्रिक मोर्चाको आईतवार बसेको बैठकले औपचारिक रुपमै निर्णय गर्दै भनेका छन, ‘नयां संविद्यान नबने सम्म कुनै पनि वाहानामा सरकारमा सामेल हुने छैनौ ।’
 
आईतवार सिंहदरवार स्थित फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यलयमा भएको मोर्चाको बैठकले मोर्चाको अवधारण तथा कार्यसंचालन पद्धती समेत बनाएको छ । यस अघि बसेको मोर्चाको बैठकले ६ सदस्यीय कार्यदल बनाएर उनीहरुलाई अवधारणा तथा कार्यसंचालन पद्धती बनाउने जिम्मा दिइएको थियो । आज बसेको मोर्चाको बैठकले पारित गरेको अवधारणाको सुरु मै संविद्यान नबने सम्म सरकारमा सहभागी नहुने कुरा प्रष्टाईएको छ ।  मोर्चाले भनेको छ, पहिचान सहित संघियता र संघियता सहितको संविद्यानका लागी मोर्चाले दबाब समेत सिर्जना गर्ने छ ।
 
मोर्चाले यस अघि नै संवाद समितीमा बुझाई सकेको अवधारण अनुरुप राज्य पुर्नर्संरचना आयोगको रिर्पोट बमोजिमको संघीयताको पक्षमा उभिने जनाएको छ । मोर्चाको एक घटक फोरम नेपालले संवाद समितीमा छुटै एक मधेश एक प्रदेशको अवधारणा पस्तुत गरेपछि फोरम नेपाल प्रति मोर्चाका अन्य घटक सशंकित भएका थिए । राज्य पुर्नसंरचना आयोगको रिर्पोटमा मधेशमा दुई प्रदेशको अवधारणा उल्लेख गरिएको छ ।

Saturday, December 6, 2014

उपेन्द्र यादवको रणनितीक प्रयोगमा ‘मधेशी मोर्चा’


 

मधेशी मोर्चालाई पुर्न व्युताउने निर्णय भएकै हप्ता सिंहदरवार स्थित एमाले संसदीय दलको कार्यलयमा एमाले अध्यक्ष केपी शर्मा ओली र मोर्चाका छ ओटै अध्यक्षहरुको बैठक भयो ।  ओलीले राष्टिय सहमतीको सरकारका लागी मधेशी पार्टीहरुलाई सरकारमा सहभागी गराउने वारे छलफल गरे ।
 
उक्त छलफलकै भोली पल्ट संवाद समितीको बैठकमा उपेन्द्र यादवले फोरम नेपालको तर्फवाट विवादित मुद्धाहरुमा छुटै अवधारणा प्रस्तुत गरे । दुई दिन अगाडी मात्रै मोर्चा व्युताउने बैठकमा यादवले संयुक्त रुपमा सबै काम गर्ने बताएका थिए । तर यादवले संवाद समितीमा प्रतिवेदन प्रस्तुत गरे पछि वाकी पांच ओटा मधेशी अध्यक्षहरु तीनछक परे ।

Friday, December 5, 2014

ओलीले खसी काटेर बोलाए मधेशी मोर्चाका नेताहरुलाई


 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विहान आफना निवासमा खसी काटेर मधेशी मोर्चाका नेताहरु डाकेर छलफल गरेका थिए । ओली निवासमा मधेशी नेताहरुका लागी बनाईएको विषेश भोजनमा सहभागी भए फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमसपाका रानी तिवारी लगायतका नेताहरु सहभागी भए । उक्त विशेष भोजमा फोरम नेपालवाट केही पनि गएका थिएन ।
 
विशेष लन्चमा गएका मधेशी नेतृत्वहरुलाई ओलीले सुरुमै सरकारमा सहभागी हुन आग्रह गरेको एक नेताले बताए । छलफलमा एमालेको तर्फवाट अध्यक्ष केपी शर्मा ओली सहित नेताहरु झलनाथ खनाल, वामदेव गौतम, भिम रावल र विद्या भण्डारी सहभागी थिए ।
 
छलफल पछि एमाले अध्यक्ष ओली आफनो टिवटर मार्फत मधेशी मोर्चा संग निरन्तर छलफल गर्ने गरी छिटो भन्दा छिटो सहमतीमा पुग्ने गरी आजको बैठक सकिएको जनाएको छ ।

Thursday, December 4, 2014

संघीयता सहितको विवादित मुद्धा वारे मधेशी मोर्चाले अवधारणा सार्वजनिक गर्ने


 
केही दिन अघि मात्रै पुर्नजिवित भएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संघियता सहितको विवादित मुद्धाहरुमा आफनो अवधारणा सार्वजनिक गर्ने तयारीमा छन ।
 
पुर्नजिवित भए संगै  संविद्यान नबने सम्म सरकारमा नजाने घोषणा गरेको ६ ओटा मधेशी पार्टीहरु सम्मलीत मोर्चाले मोर्चाको अवधारणा र कार्यसंचालन पद्धति वारे काम गर्न एउटा समिती नै बनाएको थियो । गएको ८ गते भएको मोर्चाको बैठकले लक्ष्मण लाल कर्ण, लालबाबु राउत, जितेन्द्र देव, हृदेश त्रिपाठी, रानी तिवारी, शेखर सिंह सम्मलीत ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
 
कार्यदलको बुधवार भएको बैठकले मोर्चाको अवधारणालाई अन्तिम रुप दिईसकेको त्यसमा सहभागी नेताहरुले बताए ।

Monday, December 1, 2014

मधेशमा नयां शक्तिको चुनौति


 
मधेश राजनिती देखिन थालेको सम्भावना युक्त नयां शक्ति कुन रुपमा कसरी र कहिले उदय हुन्छ त्यो त अहिले नै भन्न सकिन्न । तर भवियष्मा मधेशले खोजीरहेको नयां शक्ति निर्माणको यात्रा भन्ने कम चुनौती पुर्ण देखिदैनन । मधेश राजनितीको जनाधार नयां शक्तिको पक्षमा भए पनि अरु चुनौतिहरु त्यतीकै ठुलो पहाडको रुपमा देखिन्छ ।
 
वर्तमान मधेशी नेतृत्वहरु प्रतिको मधेशमा देखिएको विखराव नै नयां शक्तिको मुख्य आधार देखिन्छ । त्यसैले भविष्यमा नर्या शक्तिको सबै भन्दा ठुलो चुनौति पनि यीनै नेतृत्वहरु देखिनेमा कुनै दुईमत छैन । मधेश आन्दोलन पश्चात मधेश राजनितीले पाएको शक्तिको चरम दुरुपयोग गरेका वर्तमान मधेशी नेतृत्वहरुको कारण मधेशी युवा जमातमा देखिएको आक्रोश कसरी व्यक्त होला वा हुन नदिन विभिन्न प्रपन्च गरी रोकिने छ, त्यो हेर्न त अहिले बाकि नै छ । तर एउटा कुरा त के निश्चित छ भने यर्थातलाई रोक्दैमा रोकिन्न । त्यो कुनै न कुनै स्वरुप ग्रहण गरेर सतहमा प्रगट हुने नै छन ।