Friday, November 28, 2014

मधेशमा नयां शक्तिको खोजी


 
दोस्रो संविद्यानसभाले हालै आफनो एक बर्ष पुरा गरेको छ । पहिलो संविद्यानसभा वाट काठमाडौको सत्तामा पहुच बनाएको मधेशी राजनितीले दोस्रो संविद्यानसभामा लज्जाजनक हार व्योहोरनु पर्यो । यद्यपी सबै मधेशी पार्टीहरुको मत प्रतिशत पहिलो संविद्यानसभा भन्दा अली वढी नै देखिन्छ दोस्रो संविद्यानसभामा ।  यसले मधेशी मनोविज्ञान कमजोर नभएको वरु थप वढदै गईरहेको प्रष्ट हुन्छ । तर पनि मधेशी पार्टीहरुको कन्त विजोगका कारण मधेशको मुद्धामा अहिले पुर्ण रुपमा ओझेलमा परेको देखिन्छ । किनकी प्रमुख भनाउने पार्टीहरु त्यसलाई अत्मसाथ गरेको देखिदैनन ।
 
दोस्रो संविद्यानसभामा मधेशी पार्टीहरुले हार व्योहोरे संगै मधेशमा एक किसिमको निराशको वातावरण देखियो । पछि मधेशी पार्टीहरुले समानुपातिक सभासदको छनौटमा गरेको व्यापार प्रर्दशनले मधेशी नेतृत्वप्रति तीव्र आक्रोश पैदा गर्यो र विगतको ५ बर्षमा सरकारमा रहेर गरेको घृणित खेलले सम्पुर्ण मधेशी नेतृत्वहरुको राजनितीक हैसियत माथी मधेशका दुरदराजका गाउलेहरुले प्रश्न गर्न थाले । यी र यस्तै सन्दर्भमा मधेशको राजनितीक मनोविज्ञानमा सुरु भयो् अब मधेशमा नयां शक्तिको विकल्प छैन भनेर ।

मधेशी नेतृत्वहरुले त्यो कुरावाट नाबुझ थिएन, त्यही भएर होला आफनो युवा जमातको आक्रोश रोक्न उनीहरु एकिकरणको नाटक सुरु गरे र अन्तोगत्वा एमाओवादी संग मोर्चाबन्दी गर्न पुगे । झण्डै नौ दश महिना यही खेल वित्दै जादा आक्रोशित युवा जमात केही सिथिल देखिए र वढो आवेगमा आउन सक्ने नयां शक्ति पर धकेलियो । तर आजको मितीमा पनि एउटा कुरा के निश्चित छ भने मधेशमा नयां शक्तिको विकल्प छैन । मधेश राजनिती अब महन्थ ठाकुर, विजय गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, अनिल झा, राज किशोर यादव वाट अगाडी वढने वाला छैन । गएको पांच बर्षमा मधेशी पार्टीका नेतृत्व होस वा मन्त्री बनेका सबै मधेश जनताको नजरवाट वहिष्कृत भईसकेको आभास मधेशमा धुम्दा सहजै पाइन्छ ।

वर्तमान मधेशी नेतृत्व प्रति मधेशमा रति पनि चासो नभएको कुरा हालै ६ ओटा मधेशी पार्टीले मोर्चा घोषणा गरेको दिन मधेशको मुटु मानिने जनकपुरमा देखियो । जनकपुरमा आधा दर्जन भन्दा वढी दैनिक पत्रिकाहरु प्रकाशन हुने गर्छन । काठमाडौमा छ ओटा  मधेशी अध्यक्षहरुले मधेशका लागी मोर्चा पुर्नगठन गर्दा ती सबै दैनिक मध्ये एउटाको मात्र प्रथम पृष्टमा उक्त समाचारले स्थान पाएको देखियो । नत्र त सबै पत्रिकाहरुले भित्रि पृष्टमा समान्य समाचारको रुपमा उक्त कुरालाई प्रकाशन गरेको देखियो । यो तथ्यले मधेशमा वर्तमान मधेशी नेतृत्वहरु कति चासो छ भन्ने कुराको उजागर गर्छ । 
 
मधेशमा अहिले राजनितीक उकुस मुकस देखिन्छ । त्यही उकुस मुकसमा आफुलाई नयां शक्तिको रुपमा प्रस्तुत विभिन्न पात्र देखि प्रवृतिहरु पनि लागी परेको देखिन्छ । तर अहिले पनि मधेशमा कसै प्रति ठोस धारणा चाही बन्न सकिरहेको छैन । काठमाडौको एउटा तप्का सि के राउत वा जेपी गुप्ताले मधेशमा त्यो स्थान पाउछ कि भन्ने वहस गरीरहदा मधेशमा चाही राउत वा गुप्ता प्रति खासै ठोस धारणा अहिले सम्म देखिदैनन ।
 
गुप्ता विगतको पहिलो संविद्यानसभामा स्वयंम सहभागी भएकाले उनको विश्वसिनियता सोचो जती सजिलो छैन भने सि के राउतको प्रवृति संग आम मधेशी नागरिक जुटने छाटकाट छैन । गुप्ताले विगतको आफनो वारे केही ठोस रुपमै घोषणा गरे त्यसले एउटा वातावरण बनाउन सक्छ भने सि के राउतले चाही आफनो वारेमा धेरै कुराको प्रष्टीकरण दिदै स्पष्ट पार्नु पर्ने हुन्छ ।
 
मधेशको वर्तमान मनस्थिती हेर्दा अर्को निर्वाचन पुर्व एउटा राजनितीक ध्रवीकरण गर्ने मनस्थितीमा देखिन्छ । जुन तत्काल भन्दा पनि आउदा तीन चार बर्षको अन्तरालमा हुने छ । तर मधेश त्यसका लागी मनस्थिती बनाउने काम चाही सुरु गरिसकेको देखिन्छ ।

No comments:

Post a Comment