Monday, November 24, 2014

स्तब्ध जनकपुर




विहिवार जनकपुरको सबै भन्दा ठुलो मेला विवाह पन्चमी भए पनि जनकपुरमा खासै त्यसको रौनक देखिएको छैन । विवाहपन्चमी को अवसरमा हरेक पांच बर्षमा भारतको अयोध्यावाट आउने विशेष जयन्ती पनि आज अपरान्ह जनकपुर आईपुगेका छन । यो भन्दा पहिला पहिला जयन्ती आउदा दिन देखि नै जनकपुरको त्यसको भव्य स्वागत देखि नाचगान हुन्थ्यो । तर आज त्यस्तो केहि देखिदैनन उद्योग वाणिज्य संघ धनषाका सभापति तथा मोदीको जनकपुर स्वागत समितीका सदस्य शिवशंकर साह भन्छन, जनकपुर अहिले स्तब्ध छ, एक प्रकारको शोकमा छ । यद्यपी हामी विवाहपन्चमीको तयारीमा छौ । साहका अनुसार मोदीको जनकपुर भ्रमण अन्तिम समयमा स्थगीत भएपछि त्यसको प्रभाव विवाहपन्चमीमा पर्ने लगभग निश्चित छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आईतवार विहानै टिविटर मार्फत मोदी सार्कको क्रममा नेपाल जादा जनकपुर, लुम्बिनी र मुस्ताड गर्ने भनिएको भ्रमण नहुने बताएका थिए ।
 
गएको साउनमा भारतीय प्रधानमन्त्री मोदी काठमाडौ आउदा संविद्यानसभामा सम्बोधन गर्ने क्रममा स्वयंम आफैले जनकपुर आउने घोषणा गरेपछि जनकपुर उत्साहित भएका थिए । मोदीले सार्कको क्रममा आफु जनकपुर र लुम्बिनी आउने बताएका थिए । सार्क सम्मेलन आउदो बुधवार र विहिवार काठमाडौमा हुदै छ । त्यसलाई लक्षित गरेर जनकपुरमा मोदीको स्वागतको तयारी दशैकै सेरोफेरो देखि सुरु गरिएको थियो । काठमाडौवाट भारतीय दुतावासका अधिकारीहरु समेत आएर मोदीको जनकपुर भ्रमणवारे छलफल गरेपछि जनकपुरका अधिकारीहरु थप हौसिएका थिए ।

सदभावना पार्टीका धनुषा सभापति संजय सिंह भन्छन, मोदीको जनकपुर भ्रमण सरकारीको सुनियोजित डिजाईन अनुसार मन्त्री विमलेन्द्र निधिले स्थगीत गराएको छ । उनी भन्छन, यसमा सरकार, नपालका कुटनितिज्ञ देखि मन्त्रीको निधि खलनायक भएर रोल खेलेको छ । २२ दलीय मोर्चा मोदीको जनकपुर भ्रमण स्थगीत भएपछि आईतवार जनकपुर लगायत मधेशका जिल्लाहरुमा विरोध प्रर्दशन समेत गरेका छिन । सिंह भन्छन, आईतवार जनकपुरमा २२ दलीय सयन्त्रको स्थानिय अधिकारीहरुको भएको बैठकले विवाहपन्चमी पछि यसका लागी आन्दोलन गर्ने छन । सिंह भन्छन, यो जनकपुरको एकिकृत विकासको विरुद्धको एउटा सुनियोजित ऐतिहासिक परिघटना हो ।

किन जनकपुरमा विवाद सिर्जना भयो ? 

 



धनुषा काग्रेसका सचिव कोमल कान्त झा भन्छन, मोदीको जनकपुरको जानकी मन्दिरमा अभिनन्दन गर्ने कार्यक्रम सबैको सहमतीमा बनाइएको थियो । उनका अनुसार जुन बैठक सरकारका मन्त्री तथा काग्रेस नेता निधिको आयोजन गरेका थिए र त्यसमा एमाओवादी नेता रामचन्द्र झा समेत सहभागी थिए । झा भन्छन, तर तीनै झा त्यसको विरुद्धमा आनन्दोलन गरेर जनकपुरलाई भडकाउने काम गरे ।  एकिकृत माओवादी सहित २२ दलीय मोर्चा सुनियोजित रुपमा मोदीको जनकपुर भ्रमण विरुद्ध उत्रिए पछि मोदीको भ्रमण रद्ध भएको झा बताउछन ।
 
राम चन्द्र झा नेतृत्वको एमाओवादीको स्थानिय समिती देखि २२ दल जानकी मन्दिरमा मोदीको गरिने भनिएको अभिनन्दनको विरोधमा जिल्ला प्रशासन कार्यलय जनकपुर र विरगंज स्थित महावाणिज्य दुतावासमा ज्ञापन पत्र दिदै जनकपुरको वाह्विद्यामा उक्त अभिनन्दन समारोह हुनु पर्ने माग गरे । उनीहरु ज्ञापन पत्र बुझाएकै भोली पल्ट सरकारका मन्त्री तथा जनकपुरमा मोदीको स्वागतको तयारीको जिम्मा पाएका निधीले विज्ञप्ति निकाल्दै मोदीको जनकपुर भ्रमण रद्ध भएको सुचना सार्वजनिक गरेका थिए । तर निधिको सुचनालाई सरकारले स्वयंमले खण्डन गर्दै मोदीको जनकपुर भ्रमण रद्ध नभएको बताए । नेपालका लागी भारतीय राजदुत रन्जित रे ले समेत पत्रकार सम्मेलन गरेर मोदीको जनकपुर भ्रमण रद्ध भएको जानकारी आफुलाई नभएको बताए । परराष्टमन्त्री महेन्द्र पाण्डेले त काठमाडौमा गरेको पत्रकार सम्मेलनमा सरकार र आफुलाई निधिले निकालेको विज्ञप्ति वारे जानकारी समेत नरहेको उल्लेख गरे । मन्त्री निधिले चाही आफु भारतीय दुतावासको अधिकारी र परराष्ट मन्त्रालयका अधिकारीकै सुचनाको आधारमा उक्त विज्ञप्ति निकालेको बताए । 
 
स्थानिय स्तरमा २२ दलका अगुवाको रुपमा देखिएका रामचन्द्र झा र विमलेन्द्र निधि विचमा मोदीको जनकपुर भ्रमणलाई लिएर द्धन्द देखियो । केही महिना अधि देखि नै जनकपुरमा सुरु भएको विमलेन्द्र निधि विरुद्धको अभियान । एडिबीको जनकपुर सम्बन्धीको परियोजनामा जनकपुर भित्र उत्पन्न भएको स्थितीलाई झाले मोदीको भ्रमणमा उपयोग गरेको देखिन्छ । जनकपुरका नागरिक अगुवा मुरली मनोहर मिश्र भन्छन, मोदीको जनकपुर भ्रमणमा जे द्धन्द देखियो त्यो नितान्त रुपमा निधि र झाको व्यक्तिगत राजनिती टकराव हो । मिश्रका अनुसार जनकपुरमा निधि र झाको पुरानो राजनिती दुस्मनी छ, जुन वेला वखत विभिन्न स्वरुपमा प्रगट भईराख्छन । तर कतिपय भित्रियाहरुका अनुसार मोदीले जनकपुरको वाह् विद्या मैदान सम्बोधन गर्न पाउनु पर्ने चाहना भारतीय पक्षको पनि सुरु देखि नै प्रवल रुपमा थियो । तर नेपाल सरकार मोदी जनकपुरमा सम्बोभन नरोस र जानकी मन्दिरमा पुजापाठ मात्र गरोस भन्ने चाहना राखेका थिए ।
 

सुरक्षा माथी पनि शंका 

 



मोदीको जनकपुर भ्रमणलाई लिएर सुरु देखि नै भारत याहाको सुरक्षा अवस्था वारे पनि चासो राखेका थिए । नेपाल सरकारले त्यसको पुर्ण आश्वासन पनि दियो । तर पनि भारतीय पक्ष आफनै ढंगले त्यसको अनुगमन गरिरहेको सुचना स्थानिय प्रहरी अधिकारीहरु संग पनि छ । मोदीले गएको साउनमै काठमाडौमा संविद्यानसभामा सम्बोधन गर्दा जनकपुर जाने इच्छा व्यक्त गरेपछि स्थानिय प्रहरी प्रशासनले याहाका लागी मोदीको सुरक्षा व्यवस्था वारे छलफल गरेका थिए । दशै पछि गृहमन्त्रालयले बनाएको विशेष सुरक्षा अवधारणा पश्चात जनकपुरमा पनि मोदीको भ्रमणको लागी त्यही अनुरुपको सुरक्षा अवधारणा तय भयो । जस अन्र्तगत नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान मिलेर एकिकृत सुरक्षा लागु गरियो । जनकपुरमा मोदीको भ्रमणमा मात्रै ३००० सुरक्षा जवान खटिने प्रवन्ध गरियो । जसमा ५०० सेना, ७०० सशस्त्र प्रहरी र १८०० नेपाल प्रहरीका जवानलाई मोदीको भ्रमणका लागी तयार पारिएको स्थानिय सुरक्षा अधिकारीहरु बताउछन ।
 
सुरक्षाकै ममाला भारतीय पक्षहरुको पनि दशै पश्चात लागातार भ्रमण हुन थालेको स्थानिय प्रहरी अधिकारीहरु बताउछन ।
 
स्थानिय सुरक्षाकर्मीहरुलाई सिधा निर्देशन दिने काम गर्थे नेपाल प्रहरीका प्रमुख उपेन्द्र कान्त अर्याल । अर्याल संगै नेपाली सेना, सशस्त्र प्रहरी र गृह सचिव लगायतका उच्च स्तरीय टोली पनि दुई पटक जनकपुर आएर मोदी भ्रमणको सुरक्षा चाजो पाजो मिलाएका थिए । स्थानिय सुरक्षा अधिकारी भन्छन, मोदी जनकपुर आउने ४ ओटा सम्भावित रुटहरु हामी पहल्याएका थियौ । पहिलो मोदीले पैदल मार्ग आउछ कि भनेर जटही वा भिठाभोडवाट जनकपुर हुदै, दोस्रो जनकपुर अन्चल प्रहरी कार्यलयमा मोदीको हेलिकप्टर ल्याण्ड गराएर जानकी मन्दिर पुर्याउने, तेस्रो जनकपुर विमानस्थलमा ल्याण्ड गराएर जानकी मन्दिर लग्ने र चौथौ वाह्विद्यामा ल्याण्ड गराएर जानकी मन्दिर पुर्याउने । पछिल्लो समयमा वाह्विद्यामा ल्याण्ड गराएर जानकी मन्दिर लग्ने र त्याहा वाट फेरी वाह्विद्या नै फर्काएर मोदी काठमाडौ उडने तयारी गर्दै थिए स्थानिय सुरक्षा अधिकारीहरु ।
 
स्थानिय सुरक्षा स्रोतका अनुसार गएको कार्तिक २५ गते दिल्लीवाट मोदीको जनकपुर भ्रमणको सुरक्षा अवस्था वुभन एउटा एसपीजीको २० सदस्यीय टोली जनकपुर आई पुगेका थिए । उनीहरु स्थानिय सुरक्षा अधिकारीहरुले बनाएको चार ओटै रुटहरुको स्थलगत निरक्षणहरु समेत गरे । विहान, दिउसो र राती गरी तीन चरण उनीहरुले ती चारै रुटको निरक्षण गरेको स्रोतले बताए । निरक्षण पश्चात उनीहरु स्थानिय प्रहरी तथा प्रशासनसंग छलफल गरेका थिए । छलफलमा ती अधिकारीहरुले थप रुटहरुको प्रसंग निकालेको स्थानिय सुरक्षा अधिकारीहरुको भनाई छ । ती अधिकारीहरुका अनुसार उनीहरुले खाजेको थप रुट नेपालका स्थानिय अधिकारीहरुले दिएन । एक सुरक्षाकर्मीका अनुसार धनुषाका स्थानिष् सुरक्षाकर्मीहरुले वाह्विद्या देखि जानकी मन्दिर जम्मा ७८० मिटर भएको र हामीले ३००० सुरक्षाकर्मी खटाउने तयारी गरेकाले कुनै शंका नगर्न आग्रह गरियो ।
 
मोदीको जनकपुर भ्रमणको सुरक्षा अवस्था बुझन आएका एसपीजी टोली जनकपुरवाट फर्किपछि कुनै सम्पर्क गरेन । स्थानिय सुरक्ष अधिकारीहरु त्यही वाट झस्कीएको बताउछन । तर भारतकै गुप्तचर निकायको डिआईजी नेतृत्वको एउटा टोली जनकपुरमै रहेकाले उनीहरु आफनो तयारीमा लागी रहे । ती डिआईजी नेतृत्वको भारती टोली पनि नेपाल सरकारका मन्त्री निधिले प्रेस विज्ञपित निकालेको भोली पल्टै जनकपुर छाडे पछि स्थानिय सुरक्षा अधिकारीहरु आन्तरिक रुपमा मोदीको जनकपुर भ्रमण नहुने निष्कर्षमा पुगीसकेको थियो ।

No comments:

Post a Comment