Thursday, November 20, 2014

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण रद्ध


 
सार्कमा भाग लिन आउदा जनकपुर भएर आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम रद्ध भएको नेपाल सरकारका मन्त्री विमलेन्द्र निधिले बताएका छन । निधिले एक प्रेस विज्ञप्ति जारी गर्दै आफुलाई भारतीय राजदुतावासले मोदीको जनकपुर भ्रमण रद्ध भएको जानकारी गराएको जनाएको छ । मोदी ९ मंसीरमा जनकपुर हुदै काठमाडौ आउने कार्यक्रम थियो ।
 
निधिले जारी गरेको प्रेस विज्ञिप्तिमा वुधवार मात्रै एमाओवादी तथा मधेशी पार्टीहरुले मोदीले बाह्विद्यामा सम्बोधन गर्न पाउनु पर्ने मागका लागी गरेको प्रर्दशनलाई आलोचना गरिएको छ । निधिले भनेको छ, एकिकृत माओवादीको नेतृत्वमा केही मधेशी पार्टीहरु जिल्ला प्रशासन कार्यलयमा उग्र नारावाजी गरेर समानान्नतर मंच बनाउने र सुरक्षा घेरा नमान्ने चेतावनी दिएको तथा कुटनितिक मर्यादा विपरित विरगंज स्थित भारतीय महावाणिज्य दुतावासमामा ज्ञापन पत्र दिएर गैर जिम्मेवार काम गरेको प्रति म घोर आपति जनाउन चाहन्छू ।
 
पछिल्लो समयमा जनकपुरमा मोदीको सम्बोधनलाई लिएर विवाद चल्दै आएको थियो । सरकारले तयारीको जिम्माको लगाएका मन्त्री निधीले जानकी मन्दिरमै सम्बोधन गराउन तयारी गरेपछि जनकपुरमा काग्रेस वाहेकका अन्य दलहरु त्यसको विरुद्धमा उत्रिएको थियो । एमाओवादी सहित मधेशी पार्टीहरुले वाह्विद्यामा मोदीको सम्बोधन हुनु पर्ने माग गर्दै आन्दोलन नै गर्दै आएका थिए ।
 
मोदी आफैले गएको साउनमा गरेको पहिलो भ्रमणको क्रममा संविद्यानसभामा दिएको सम्बोधनमा सार्कको वेला जनकपुर र लुम्बिनी जाने बताएका थिए । मोदीको जनकपुर भ्रमणलाई लक्षित गरेर त्याहाको जानकी मन्दिरलाई सजाउनुको साथै अरु अन्य तयारीहरु पनि भईसकेको थियो । हुनत मोदीले जनकपुरमा नागरिक सम्बोधन गर्ने भनिए पछि सरकारले त्यसप्रति असहजता व्यक्त गरेको समाचारहरु समेत प्रकाशित भएको थियो । एमाले पार्टी र त्यसका नेता समेत रहेका गृहमन्त्री वामदेव गौतमले सार्वजनिक रुपमै मोदीले जनकपुरमा सम्बोधन गर्न नपाउने विचार राखेका थिए । तर मोदी स्वयंमको त्यस्तो इच्छा भएको भन्दै पछि काग्रेस नेतृत्वले त्यसलाई सच्चयाउदै मोदीले चाहेमा जनकपुर, लुम्बिनी लगायतका ठाउमा भ्रमणमा जादा नागरिक सम्बोधन गर्न सक्ने बताएका थिए ।

No comments:

Post a Comment