Thursday, November 20, 2014

सार्कलाई लक्षित गरेर सिके राउत निस्कदै


 
मंसीर १० र ११ मा हुन गईरहेको सार्क सम्मेलन लाई मध्य नजर गर्दै सिके राउत डिल्लीवजार करागारवाट धरौटि बुझाएर निस्के तयारीमा जुटेको उनका सहयोगीहरुले बताएका छन । उनका सहयोगी तथा सिके राउत संघर्ष समितीका अगुवा दिपक कुमार साहका अनुसार राउतलाई ८ मंसीरमा निकाल्ने तयारी भईरहेको छ । साहले भने, आज देखि हामीले धरौटि बुझाउने प्रक्रिया सुरु गरेका छौ, ८ गते उहालाई डिल्लीवजार कारागारवाट वाहिर निकाल्ने तयारीमा हामी छौ ।
 
विशेष अदालतले राउतलाई ५० हजार धरौटिमा रिहा गर्न आदेश दिएको छ । राउतले धरौटि तिर्न नमाने पछि उनलाई डिल्लीवजार स्थित कारागार चलान गरिएको थियो । प्रहरीले राउतमाथी राज्य विपल्लवको मुद्धा लगाउदै आजीवन कारावासको माग गरेको थियो ।

डिल्लीवजार कारागारमा रहेका राउत ८ मंसीरमा कारागारवाट निस्केर काठमाडौमा सार्क सम्मेलनको दिनमा प्रर्दशन समेत गर्ने तयारी गरेको उनका सहयोगीहरुले बताएका छन । उनका सहयोगी साह भन्छन, हामीले काठमाडौमा सार्कको क्रममा आउने विदेशी राष्टप्रमुखहरुलाई मधेशमाथी भईरहेको विभेद माथी ध्यान जाओस भन्ने उदेश्यका लागी हामी प्रर्दशनको तयारी गरिरहेका छौं । राउतलाई रिहाईको क्रममा लाग्ने धरौटि रकम मधेशका विभिन्न जिल्लाहरुमा चन्दा संकलन गरेर ल्याईएको उनका सहयोगीहरु बताउछन ।

No comments:

Post a Comment