Wednesday, November 19, 2014

मोदीको जनकपुर भ्रमण - सम्बन्धको नयां आयाम




मंसीर ९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि त्यसको विभिन्न दृष्टिकोण विश्लेषणहरु गरिरहेको पाईन्छ । भारतको पहिलो प्रधानमन्त्री आउने भएपछि जनकपुरमा पनि त्यसको तयारी जोडतोडका साथ भईरहेको देखिन्छ ।
 
जनकपुर स्थित वरिष्ठ साहित्यकार राजेन्द्र विमल मोदीको जनकपुर भ्रमणलाई नेपाल भारतको सम्बन्धकै नयां आयामको संज्ञा दिए । विमल भन्छन, यसलाई समान्य रुपमा विश्लेषण गर्नु हुदैन । विमलका अनुसार नेपालमा दुई ओटा सभ्यता सबै भन्दा मजवुत छन, एउटा जनकपुरको सभ्यता अर्को लुम्बिनीको सभ्यता, यी दुवै ठाउमा भारतीय प्रधानमन्त्री मोदी आफैले इच्छाएर आउनुलाई सम्बन्धको एउटा नया युगको सुरुवातको रुपमा लिनु पर्छ । मैथिल साहित्यको मुर्धन्य जानकार समेत रहेका विमल नेपाल भारतको समाजिक तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार मिथिला अवद्यको सम्बन्ध भएको बताए । समयले यी दुवै भुभागलाई सिमाले दुई देशमा विभाजन गरे पनि समाजिक परम्परा र संस्कृतिक वैभवता अझै पनि समान छ , विमल भन्छन, याहा निर एउटा विश्वकै शक्तिशाली तथा सबै भन्दा ठुलो प्रजातान्त्रिक देशका प्रधानमन्त्री आउनुलाई चानचुने ठान्नु हुदैन ।

नेपाल नाटय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत रहेका मैथली संस्कृतिकर्मी रमेश रन्जन मोदीको जनकपुर भ्रमणले जनकपुर र भारतविचको र्सास्कृति सम्बन्धले राजनितीक उचाई पाएको बताए । रन्जन भन्छन, मिथिला र भारतको सम्बन्ध वारे भनिराख्नु पर्दैन, तर मोदीको जनकपुर भ्रमणले सधै उपेक्षाको सिकारमा रहेको जनकपुरले राजनिती महत्व पाएको छ ।

संस्कृतिकर्मी रन्जनका अनुसार जनकपुर परापुर्वकाल देखि पुरै पुर्वी सभ्यताको केन्द्र रहदै आएको छ । तर पछिल्लो समयमा विकसित राजनितीक वातावरणले आफनो स्वार्थका लागी सधै जनकपुरलाई ओझेलमा पार्दै आयो, रन्जन थप्छन, तर हाम्रो संस्कृति कडी नै यती मजवुत छ कि त्यसले सबै घटनाक्रमलाई चुनौति दिदै आए ।
 
राजेन्द्र विमलका अनुसार जनकपुरको भारतको संगको सम्बन्धलाई नेपाल भारतको सम्बन्धमा एउटा ठुलो भुमिका भए पनि पछि विभिन्न स्वार्थका कारण जनकपुर नै ओझेलमा पर्न गयो । विमल भन्छन, ईतिहास साक्षी छ, जनकपुर र भारतको आफनै सांस्कृति, व्यापारिक र राजनितीक सम्बन्ध छ, मोदीको जनकपुर यात्रालाई यी सबै पक्षको पुर्नजागरणमा एउटा इटा थप्ने छ ।

 

सम्बोधन वारेमा जनकपुरमा विवाद


भारतीय प्रधानमन्त्री मोदी मंसीर ९ मा जनकपुर आए पछि गर्ने भनिएको नागरिक सम्बोधन जानकी मन्दिरमा गर्ने कि वाह्विद्यामा गर्ने वारेमा विवाद उत्पन्न भएको छ । खासगरी सरकारले मोदीको स्वागतको लागी जिम्मेवारी दिएको मन्त्री निधीले जानकी मन्दिरमै नागरिक अभिन्नदन गराएर सम्बोधन गराउने तयारी गरे पछि विवाद उत्पन्न भएको हो । मंगलवार जनकपुरमा आयोजित सार्वजनिक भेलामा उक्त विवाद छताछुल्ल भएका थिए र मन्त्री निधी आक्रोशको निशानामा परे । उक्त वैठक लगतै एमाओवादी तथा मधेशी पार्टीहरुको मोर्चाको स्थानिय संयन्त्रको बैठक बसेर मोदीको सम्बोधन वाह्विद्यामा गराउनका लागी अभियान नै चलाउने निर्णय गर्यो । साथै मोर्चा सम्बद्ध केही नेताहरुले स्थानिय प्रशासन तथा भारतीय राजदुतलाई ज्ञापन पत्र समेत बुझाए ।
 
खासगरी जनकपुर मन्त्री निधीको केही पहिला नै देखि नै एडिबी प्रोजेक्टलाई लिएर विरोध हुदै आईरहेको थियो । त्यही मेलोमा मोदीको तयारीमा जिम्मा पाए पछि उनको थप विरोधहरु भईरहेको देखिन्छ ।
 
बृहतर जनकपुर विकास परिषदका अध्यक्ष तथा एमाओवादी नेता राम कुमार शर्मा भन्छन, मन्त्री निधी र पुरै सरकार सुनियोजित रुपमा मोदीको भ्रमणलाई जनकपुरमा विवादित बनाउन खाजेका छन । शर्मा भन्छन, यो सुनियोजत षडयन्त्र नै हो । उनका अनुसार जनकपुरमा सरकारले जानकी मन्दिरमा मोदीको लागी तयारी गरिरदा उता वाह्विद्याँमा पनि स्थानिय स्तरमा तयारीहरु भईरहेको छ । उनी भन्छन, सरकार स्पष्टताका साथ एउटा योजनाको अनुसार अघि वढनु पथ्र्यौ तर अहिले सम्म नागरिक अभिनन्दन समिती समेत वनिसकेको छैन । वाह्विद्यामा नागरिक सम्बोधन हुनु पर्ने माग गर्दै आज एमाओवादी तथा मधशी दलहरुको मोर्चा सम्बद्ध नेताहरुले जानकी मन्दिरमा धर्ना समेत दिएको थियो ।

No comments:

Post a Comment